Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • स्पेनी आरोहीहरूको सम्मानसहित बार्सिलोनामा 'एभरेष्ट उत्सव'
स्पेनी आरोहीहरूको सम्मानसहित बार्सिलोनामा 'एभरेष्ट उत्सव'
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १८, २०८२

काठमाडौं -  नेपालको पर्यटन, संस्कृति र हिमाली सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्पेनको बार्सिलोनामा ‘एभरेष्ट उत्सव २०२५’ मनाइएको छ । नेपाली दूतावास, म्याड्रिड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सम्पन्‍न यस उत्सवले नेपाली तथा स्पेनी समुदायबीच सांस्कृतिक सेतु निर्माण मात्रै होइन, पर्वतारोहणको गौरवमय इतिहासप्रति सम्मान पनि प्रकट गरिएको छ ।

कार्यक्रममा विश्वप्रसिद्ध स्पेनी भूगर्भविद् तथा हिमाल आरोही प्रोफेसर जेरोनिमो लोपेज मार्टिनेजले ‘हिमाल चढ्नु मात्र जित नभएर हिमालको बुझाइ नै सफलता भएको बताएका हुन् । सन् १९७५ मा मनास्लु र पछि सगरमाथा आरोहण गरेर स्पेनी आरोहण इतिहासमा नाम लेखाएका लोपेजले नेपालसँगको पाँच दशक लामो सम्बन्धबारे पनि चर्चा गरेका छन् ।

उनले भने, ‘नेपाल केवल गन्तव्य होइन, त्यो त मेरो अध्ययनको प्रयोगशाला र आत्माको शरणस्थल हो ।’ दुई हप्ता अघि मात्र नेपाल भ्रमण सकेर स्पेन फर्किएका लोपेजले हिमालयमा बढ्दो जलवायु संकट, पर्यावरणीय प्रभाव र व्यवसायीकरणका जोखिमबारे चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा क्याटालोनियाका आरोही तथा इभरेस्ट-९३ नामक डकुमेन्ट्रीका निर्देशक जउमे अल्टाडिल क्लाउले पनि सगरमाथा क्षेत्रको संरक्षण र प्रबर्द्धनको महत्वबारे चर्चा गरेका छन् ।

Hardik health

कार्यक्रममा मेरी पुइग रेबुस्तेस र मेल बेल्भिस ई डेल रियोले पनि कार्यक्रममा सहजीकरण गरेका थिए । क्याटालोना सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका प्रमुख मार्क भकारोले स्पेनी आरोहीको मनमा नेपालले विशिष्ट स्थान ओगटेको बताएका हुन् । उनले भने, 'नेपालको पर्वतारोहण इतिहास र स्पेनी समाजबीचको गहिरो सम्बन्धको छ । नेपाल स्पेनी आरोहीहरूको हृदयमा विशेष स्थान ओगटेर बसेको छ ।’ नेपालका लागि स्पेनका राजदूत शनिल नेपालले कार्यक्रमको उद्घाटन गर्दै नेपालले संसारलाई हिमाल मात्रै नभएर अध्यात्म, साहस र आत्मीयता प्रदान गरेको बताए ।

उनले थपे, 'नेपालको विविध सांस्कृतिक धरोहर र भावनात्मक गहिराइबारे बुझ्‍न एकपटक नेपाल पुग्‍नुपर्दछ ।' नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्माले नेपालको पर्यटकीय सम्पदाबारे प्रस्तुतीकरण दिएका थिए । उनले नेपालको पदयात्रा मार्ग, सांस्कृतिक अनुभव, ग्रामिण पर्यटन, तथा सगरमाथा क्षेत्रमा जलवायु परिवर्तन र भीड व्यवस्थापनबारे भइरहेका प्रयासहरुबारे तथ्यांकसहित प्रस्तुत दिएका हुन् ।

कार्यक्रमको एनआरएनए स्पेनद्वारा सांस्कृतिक नृत्य र हस्तकला प्रदर्शनी गरिएको थियो । विविध जातजातिबाट प्रतिनिधित्व गर्ने कलाकारहरूले परम्परागत भेषभूषासहितको नृत्य प्रस्तुत गरेका थिए । यसका साथै कार्यक्रममा धातुका मूर्तिहरू, लोककला, र काठका शिल्पहरूसहितको नेपाली हस्तकला प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’
‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’ आइतबार, मंसिर २८, २०८२
राजधानीमै छैन पर्यटक बसको बसपार्क
राजधानीमै छैन पर्यटक बसको बसपार्क आइतबार, मंसिर २८, २०८२
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन आइतबार, मंसिर २८, २०८२
पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’
पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’ शुक्रबार, मंसिर २६, २०८२
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’ शुक्रबार, मंसिर २६, २०८२
गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै
गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै बिहीबार, मंसिर २५, २०८२
आज अन्तरराष्ट्रिय पर्वत दिवस
आज अन्तरराष्ट्रिय पर्वत दिवस बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP