Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ब्रुनाइ_लण्ड्री_कम्पनी
  • #योर लण्ड्री सर्भिसेज
  • #रेडियन्ट ओभरसिज
  • #इपिएस
  • #प्रतिनिधिसभा_बैठक
  • #सुक्खाबन्दरगाह
  • #वीरगञ्ज सुक्खाबन्दरगाह
  • #चारसुरे डाँडा
  • #समाधिस्थल
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • हिमालको संरक्षण हाम्रो साझा दायित्व हो :  सीईओ जोशी
हिमालको संरक्षण हाम्रो साझा दायित्व हो :  सीईओ जोशी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १६, २०८२

काठमाडौं- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डले हिमाली क्षेत्रको संरक्षण, दिगो विकास र पर्वतारोहण संस्कृतिको प्रवर्द्धनमा जोड दिएका छन् । 

७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा ‘वर्ल्ड समिटर्स समिट–२०२५’ को अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै सीईओ जोशीले भने, “हिमालप्रति जिम्मेवार भावना र साझा उत्तरदायित्वको भावना विकास गर्नु अहिलेको सबभन्दा ठूलो आवश्यकता हो ।”

उनका अनुसार हिमालय क्षेत्र हाल जलवायु परिवर्तन, अत्यधिक पर्यटन, वातावरणीय क्षति र पहाडी समुदायको सामाजिक–आर्थिक असुरक्षाजस्ता जटिल समस्याहरूको चपेटामा परेको छ । उनले थप भने, “यी चुनौतीहरूको समाधानका लागि हामी सबैले ढिलो नगरी साझा प्रयास गर्न जरुरी छ ।”

नेपालले हिमाली पहिचानलाई आत्मसात गर्दै ‘वर्ल्ड समिटर्स समिट’ को आयोजना सुरु गरेको जोशीले बताए । उनका अनुसार हरेक दुई वर्षमा हुने यस शिखर सम्मेलनले अन्तर्राष्ट्रिय र राष्ट्रिय पर्वतारोही, अनुसन्धानकर्ता, नीति निर्माता र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउनेछ ।

“यो सम्मेलन केवल शिखर आरोहणको उत्सव मात्र होइन, हिमालय क्षेत्रको साहसिक पर्यटन, सांस्कृतिक समृद्धि र पारिस्थितिकीय महत्त्वको संरक्षण र प्रवर्द्धनको अभियान हो,” उनले भने।सीईओ जोशीले हिमाली समुदायको महत्त्वबारे पनि जोड दिए । उनले थपे, “हिमालका असली संरक्षक त्यहाँका स्थानीय समुदाय हुन् । तिनको अनुभव, आवाज र भविष्यलाई केन्द्रमा राखेर मात्रै हिमालयको दीर्घकालीन संरक्षण सम्भव छ ।”

‘वर्ल्ड समिटर्स समिट’ मार्फत नेपालले ‘जिम्मेवार पर्वतारोहण, साझा दायित्व र प्रकृति तथा समुदायप्रति सम्मान’ को परम्परा विकास गर्ने लक्ष्य लिएको स्पष्ट पारे । उनले थप भने, “हामी सबै हिमालहरूले जोडिएका छौं । आउनुहोस्, हिमालको उज्ज्वल भविष्यका लागि एकसाथ अघि बढौँ  ।” नेपाल पर्यटन बोर्डको नेतृत्वमा आयोजित यो सम्मेलनले हिमालप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नयाँ चेतना सिर्जना गर्ने सिईओ जोशीको विश्‍वास छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप पर्यटन
सगरमाथा विश्‍वको गौरव हो:मन्त्री पाण्डे 
सगरमाथा विश्‍वको गौरव हो:मन्त्री पाण्डे  शुक्रबार, जेठ १६, २०८२
पर्यटन विकासका लागि नीतिगत सुधार गर्छौँ : पर्यटनमन्त्री पाण्डे
पर्यटन विकासका लागि नीतिगत सुधार गर्छौँ : पर्यटनमन्त्री पाण्डे शुक्रबार, जेठ १६, २०८२
अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै
अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै बिहीबार, जेठ १५, २०८२
बुटवल–नारायणघाट सडकखण्ड स्तरोन्नतिमा ढिलाइ हुँदा सौराहाको पर्यटन व्यवसाय प्रभावित
बुटवल–नारायणघाट सडकखण्ड स्तरोन्नतिमा ढिलाइ हुँदा सौराहाको पर्यटन व्यवसाय प्रभावित बुधबार, जेठ १४, २०८२
‘हिमालले न्याय पाइन भन्ने अवस्था नआओस्, आगामी बजेटमा हिमाल देख्न पाइयोस्’
‘हिमालले न्याय पाइन भन्ने अवस्था नआओस्, आगामी बजेटमा हिमाल देख्न पाइयोस्’ बुधबार, जेठ १४, २०८२
पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनर्पाक’ निर्माण
पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनर्पाक’ निर्माण मंगलबार, जेठ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
गणतन्त्र दिवसमा सडक कब्जा !
गणतन्त्र दिवसमा सडक कब्जा !
स्राेह सयले घट्याे सुनकाे मूल्य
स्राेह सयले घट्याे सुनकाे मूल्य
सोमबारको तुलनामा घट्याे सुनचाँदीको मूल्य
सोमबारको तुलनामा घट्याे सुनचाँदीको मूल्य
सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य : लगेज किन्दा ४० प्रतिशत छुट 
सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य : लगेज किन्दा ४० प्रतिशत छुट 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP