Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • व्यवसाय र मानव अधिकारको विषयलाई सँगसँगै लैजानु पर्नेमा सरोकारवालाहरुले जोड
व्यवसाय र मानव अधिकारको विषयलाई सँगसँगै लैजानु पर्नेमा सरोकारवालाहरुले जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १२, २०८२

काठमाडौं - व्यवसाय र मानव अधिकारको विषयलाई संगसंगै लैजानु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र स्वीस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा व्यवसायमा मानव अधिकार सम्मान सम्बन्धी काठाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् ।  

सो अवसरमा कार्यक्रमका वक्ता तथा सहभागिहरुले राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सबैको समन्वयात्मक भूमिका आवश्यक रहने समेत बताए । नेपाल सरकारले “व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना”  तर्जुमा गरी गत वर्षदेखि लागु गरेको छ । यस कार्ययोजनामा श्रमिकको अधिकार, महिला तथा बालबालिकाको अधिकार, उपभोक्ताको अधिकार, समानता र भेदभावविरुद्धको अधिकार लगायतका विषयलाई  समावेश गरिएको छ ।

कार्यक्रमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा.कृष्णहरि पुस्करले यो कुनै नयाँ नीति वा कानुन नभई मानव अधिकार संरक्षण सम्बन्धी बनेका अन्य नीति तथा कानुन पालना गराउन बनेको कार्ययोजना भएको बताए । उनले मानव अधिकार संरक्षण राज्यको मुल दायित्व भएपनि विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानूनका हिसाबले अन्य सरोकारवालाहरुको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहने बताए  ।

Hardik health

“मुलुकको आर्थिक र सामाजिक विकासमा व्यवसायिक क्षेत्रको प्रभाव र भूमिका बढ्दै गएको छ । यस सन्दर्भमा व्यवसायिक क्षेत्रको पनि जिम्मेवारी बढ्दो छ । यसको कार्यान्वयनको भूमिकामा सबै सरोकारवालाहरु जिम्मेवार बन्न सक्नु पर्छ । तबमात्र यसको कार्यान्वयन सहज हुन्छ  ” उनले भने  । 

यस्तै महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्योग/व्यवसाय क्षेत्रले व्यवसाय र मानव अधिकारप्रतिको सजगता अपनाउँँदा आफ्नो व्यवसाय सञ्चालनबाट हुन सक्ने सम्भावित जोखिम पहिचान गर्न मद्दत पुग्ने बताए । यस्तै उनले व्यवसायले मानव अधिकारलाई आफ्नो व्यवस्थापन प्रणालीमा समाहित गर्दा कम्पनीको सुशासनमा सुधार र नयाँ अवसर सिर्जना हुन सक्ने धारणा राखे । उपाध्यक्ष वैद्यले व्यवसाय तथा मानव अधिकार राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयन गर्नमा पनि सकृय रहने प्रतिवद्धता व्यक्त गरे ।

युएनडीपीका पोर्टफोलियो म्यानेजर टेक टमाटाले व्यवसाय र मानव अधिकारको क्षेत्र बहुसरोकारको विषय भएको बताउँदै यसको कार्यान्वयनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहने बताए । उन्ले नेपाल विश्व बजारमा प्रवेश गर्दै गर्दा व्यवसाय र मानवअधिकार (विप्लस एचआर) लागु भएका देशहरुमा हाम्रो व्यापार व्यवसाय विस्तार गर्दा यो विषय आवश्यक पर्ने धारणा राखे । यस्तै उनले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि विकास साझेदारहरुको भूमिका पनि महत्वपूर्ण हुने बताए ।  

महासंघले व्यवसाय र मानव अधिकारका विषयमा जानकारी गराउन सातै प्रदेशमा सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिसकेको छ । नेपालमा रोजगारदाता संस्थाको रुपमा कार्य गरिरहेको सन्दर्भमा महासंघले नेपाल सरकार, रोजगारदाता र ट्रेड युनियनसंग त्रिपक्षीय सहमति र साझेदारीमा श्रम र श्रमिकसंग सम्बन्धित विभिन्न कार्य गर्दै आइरहेको छ ।


प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन सोमबार, माघ ५, २०८२
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात सोमबार, माघ ५, २०८२
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून आइतबार, माघ ४, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत बिहीबार, माघ १, २०८२
चिसापानी बजारको सडक निर्माण तीव्र
चिसापानी बजारको सडक निर्माण तीव्र बिहीबार, माघ १, २०८२
बैंकहरूको औसत ब्याजदर माघमा घट्याे
बैंकहरूको औसत ब्याजदर माघमा घट्याे बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP