काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताउँदै कार्यकर्तालाई सोही अनुसारको निर्देशन दिएका छन् । आगामी जेठ १५ गते राजावादीहरूले काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेकोमा उनले कार्यकर्तालाई यस्ताे बताएका हुन् ।
कार्यकर्तालाई जेठ१५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनका लागि पनि तयारी थाल्न बताएका छन् । उक्त दिन दिउँसो ११ बजेदेखि २ बजेसम्मको आन्दोलनमा हस्तक्षेप गर्नेगरी तयारी गर्न अध्यक्ष समेत रहेका ओलीले निर्देशन गरेका हुन् ।
यसबारेमा पार्टीले आवश्यक निर्देशन पछि दिने भन्दै उनले काठमाडौंमा एमालेको नियन्त्रणमा हुनुपर्ने बताए ।