Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • पतञ्जलीको जग्गा अनियमितता अनुसन्धानको जिम्मा अख्तियारलाई
पतञ्जलीको जग्गा अनियमितता अनुसन्धानको जिम्मा अख्तियारलाई
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, जेठ ९, २०८२
  • लेखा समितिले बिना छानबिन पतञ्जलीको जग्गा प्रकरणको अनुसन्धान गर्ने जिम्मा अख्तियारलाई दिने निर्णय गरेको छ 
  • अख्तियारले यही प्रकरणमा यसअघि अनुसन्धान गरिसकेको तर निर्णय लिन बाँकी 
  • पतञ्जलीलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएकोमा त्यतिबेला करिब ६ सय रोपनी जग्गा किनेको थियो

काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मुछिएको भनिएको पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितताको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने भएको छ । संसद्को सार्वजनिक लेखा समितिले छानबिन बिनै अख्तियारलाई अनुसन्धानको जिम्मा दिने निर्णय बिहीबार गरेको हो ।

यसअघि यो मुद्दामा अख्तियारले अनुसन्धान गरेको थियो । निर्णय लिन भने बाँकी छ ।यस्तोबेला लेखा समितिले थप अनुसन्धान गर्नेगरी अख्तियारलाई नै जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । समिति सदस्य तथा माओवादी सांसद अमनलाल मोदीले केही कागजात मगाएर अध्ययन गरिएको र अख्तियारलाई अनुसन्धानका लागि दिनुपर्ने स्थिति देखिएको बताए । 

‘हामीले पतञ्जलीबारे लेखा समितिमा जे–जे उजुरी परेका थिए, त्यसका आधारमा विभिन्न निकायबाट कागजात मगायौँ र सोधपुछ गर्यौँ तर त्यससम्बन्धी प्रतिवेदनमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियार पठाउने निर्णय भयो,’ मोदीले प्रभावसँग भने । 

Hardik health

पतञ्जली योगपीठको जग्गा काभ्रेमा छ । त्यहाँको जग्गा अनियमिततामा पूर्वमन्त्री डम्बर श्रेष्ठ, पूर्वसचिव छविलाल पन्तलगायत पनि मुछिएका छन् । पतञ्जलीले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । खरिद गरेकामध्ये केही जग्गा बिक्री गरेको फेला परेको छ । यसपछि अख्तियारले छानबिन थालेको थियो । निर्णय प्रक्रियामा संलग्न केही कर्मचारीसँग बयान लियो । बयान लिनेमध्येमा पूर्वप्रधानमन्त्री नेपालसँग पनि पर्छन् । तर, अख्तियारले थप निर्णय लिएको छैन ।

भूमिसम्बन्धी ऐन, २०२१ अनुसार कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुनेगरी जग्गा राख्ने सुविधा दिन्छ । त्यस्तो जग्गा बिक्री गर्न पाइँदैन । सोहीअनुसार भारतको पतञ्जली योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडबुडी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो । हदबन्दी भित्रको जग्गाले नपुग्ने भएपछि सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो ।

त्यही आधारमा माधव नेपाल प्रधानमन्त्री भएको सरकारको मन्त्रिपरिषद् बैठकले १८ माघ, २०६६ मा पतञ्जलीलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो । त्यतिबेला पतञ्जलीले करिब ६ सय रोपनी जग्गा किनेको थियो । जग्गा किनेको केही महिनामा नै उसले जग्गा बेच्ने निर्णय गर्यो । कानुनतः हदबन्दी छुटको जग्गा बेच्न नमिल्ने र त्यसबारे सर्वोच्च अदालतको नजीर पनि छ । तर, कानुन र नजीरलाई बेवास्ता गर्दै नेपालको मन्त्रिपरिषद्ले बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।

लामो समय यो विषय गुपचुप थियो । राज्य संयन्त्र चुपचाप थियो । तर, लेखा समितिमा उजुरी परेपछि मात्रै यो विषय सार्वजनिक भएको हो ।सुरुमा अख्तियारले जग्गा बिक्रीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको थियो । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी प्रालिको जग्गा बिक्री गर्ने निर्णयमा संलग्नहरूलाई कारबाही हुनुपर्ने र जग्गा बिक्रीको अनुमति रद्द हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा समेत रिट निवेदन दर्ता भएको छ ।

त्यतिबेला भूमि व्यवस्था तथा अभिलेख विभागले भक्तपुर मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारीको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । समितिले अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको छ । हाल त्यो प्रतिवेदन अख्तियारमै छ । समितिले साँगा, नासिका, गणेशस्थान वरपरका करिब ८८ रोपनी जग्गा बेचिएको फेला पारेको थियो । आर्थिक वर्ष २०६५/६६ मा किनिएको कतिपय जग्गा अर्को आर्थिक वर्ष सुरु हुनसाथ बेचेको पनि भेटिएको छ । पतञ्जलीले केही जग्गा २०६४ सालदेखि किनेर राखेको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP