Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • हिन्दु राष्ट्रको माग चर्काउँर्दै कांग्रेस, राजसंस्थाबारे ‘मुखामुख’
देउवा राजसंस्थाबारे सकारात्मक रहेको समाचारहरु फैलिएपछि कांग्रेसले विज्ञप्तिमार्फत भ्रामक समाचार भन्दै खण्डन हिन्दु राष्ट्रको माग चर्काउँर्दै कांग्रेस, राजसंस्थाबारे ‘मुखामुख’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ९, २०८२
  • कांग्रेसका नेताहरु डा शशांक कोइराला, डा शेखर कोइराला, महामन्त्री गगन थापा हिन्दु राष्ट्रको पक्षमा बोल्न शुरु
  • २०८० फागुन १० गते ललितपुरको गोदावरीमा भएको महासमितिमा हिन्दु राष्ट्र निर्माणका लागि भन्दै केन्द्रीय सदस्य शंकर भण्डारीले प्रस्ताव पेश गरेका थिए

काठमाडौं– शीर्ष दल नेपाली कांग्रेसले पछिल्लो दिन धार्मिक एजेन्डालाई जोडतोडका साथ उठाउन थालेको छ । भावी नेतृत्वको रुपमा हेरिएका डा शेखर कोइरालादेखि कांग्रेस महामन्त्री गगन थापाले हिन्दु राष्ट्रको एजेन्डा चर्काउन थालेका हुन् । 

१५ औं महाधिवेशनमा कांग्रेस नेतृत्व दाबीका लागि सबैभन्दा पहिले हिन्दु धर्मबारे जनमत संग्रह हुनुपर्ने आवाज पूर्व महामन्त्री डा शशांक कोइरालाले उठान गरेका थिए । शशांकले प्रकाशमान सिंह, विमलेन्द्र निधिलाई साथमा लिएर नेतृत्व दाबी गर्ने तयारी गरिरहेका छन् । 

महामन्त्री थापा पनि नेतृत्व दाबीका लागि देश दौडाहमा छन् र यस मुद्दामा वकालत गर्न थालेका हुन् । थापाले धर्मनिरपेक्ष राष्ट्र हुनै नसक्ने बताउँदै आउँदा कांग्रेस नेता डा शेखरले पनि हिन्दुवादी कार्ड अघि सारेका छन् । हिजोआज महामन्त्री गगन आइकनिक रुपमा फूलटीकाका साथ देखिन्छन् ।

२०८० फागुन १० गते ललितपुरको गोदावरीमा भएको महासमितिमा शंकर भण्डारीले हिन्दु राष्ट्र निर्माणका लागि भन्दै सभापति शेरबहादुर देउवालाई प्रस्ताव नै बुझाएका थिए । त्यसअघि पनि डा शशांकले यसबारे वकालत गर्दै आएका थिए । महाधिवेशनअघि डा शेखरले पनि हिन्दुवादी कार्ड प्रयोग गर्न थालेका हुन् केही दिनअघि कांग्रेसका एक असन्तुष्ट नेता लोकेश ढकालले सार्वजनिक रुपमै कांग्रेसले हिन्दु राष्ट्रको एजेन्डा लिने बताएका थिए । 

Hardik health

त्यतिमात्र हैन ढकालले राजा ल्याउन कांग्रेस तयार भइसकेको दाबी गरे । ‘मेरो पार्टी सभापति अहिले यङ किङमा आइसक्नुभएको छ । विस्तारै कांग्रेसले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आउँछ ।’ हृदयेन्द्र शाहलाई राजा बनाए राजसंस्था स्वीकार्ने अभिव्यक्ति देउवाले दिएको सूचना आफूले पाएको ढकालले दाबी गर्दै आएका छन् । नेपाली कांग्रेसलाई हिन्दु राष्ट्र र राजसंस्थाका लागि भारतले दबाव दिइरहेको बताइन्छ ।

देउवाको बचाउमा उत्रियो कांग्रेस
कांग्रेस सभापति देउवा आफैले यसबारे केही बोलेका छैनन् । यद्यपि उनले विज्ञप्ति जारी गर्न लगाउँदै यो विषय भ्रामक भएको दाबी गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यस्ता खालका समाचार कपोलकल्पित भएको जनाएको छ । ‘नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

देउवाले लोकतान्त्रिक व्यवस्थाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको तर्क गर्दै कांग्रेसले यस खालको सूचना छरिनु आपत्तिजनक काम भएको जनाएको छ । ‘कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँले कहि कतैं नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम संचारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो ।’

कांग्रेस प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले पनि राजसंस्थाबारे देउवाले बोल्दै नबोलेको विषय प्रचारमा आएको दाबी गरेका छन् । ‘उहाँले कहीकतै नबोलेको, नभनेको र नसोचेको कुरा मनगडन्ते ढंगले प्रचारमा ल्याउनु पत्रकारिताको क्षेत्र र धर्म होइन, कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राज संस्थाबारे उहाँको धारणा भनी मिडियामा गलत सूचना संप्रेषण गर्नु अनैतिक कार्य हो,’ विश्वकर्माले भनेका छन् । 

चैत १० गते कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा देउवाले ज्ञानेन्द्र शाह राजा हुन लायक पात्र नभएको ठोकुवा गरेका थिए । ‘संवैधानिक राजा हुन लायक पनि छैनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछि पछुताउँछ । राप्रपाले बरु पार्टी सभापति बनाए हुन्छ । पार्टीमा लाग्यो भने राप्रपाले पनि दुःख पाउँछ,’ देउवाले भनेका थिए ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP