Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ७, २०८२

खोटाङ- यहाँको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिले आफ्नो तीनवर्षे कार्यकालका मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन् । जनताबाट निर्वाचित भएर कार्यभार सम्हालेको तीनवर्षे कार्यकाल पूरा भएको अवसरमा नगरपालिकाद्वारा आयोजित कार्यक्रममा जनप्रतिनिधिले मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा जनताका आधारभूत मागलाई सम्बोधन गर्दै आगामी दिनमा पर्यटकीय गन्तव्यको संरक्षण र प्रवर्द्धनका आआयोजना बनाइएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए  । उनका अनुसार भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले तीनवर्षको अवधिमा ९२ किलोमिटर नयाँ सडक निर्माण गरेको छ । नगरभित्रका ११ वटै वडामा निर्माण गरिएका सडकमध्ये दुई हजार ५०० मिटर ढलान तथा पाँच सय १२ किमी स्तरोन्नति गरेर बाह्रै महिना सञ्चालनमा ल्याइएको छ ।

नगरभित्रका आठ वटा वडाका पक्की कार्यालय निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ । हलेसी तुवाचुङ–७ का वडाध्यक्ष समेत रहेका नगर प्रवक्ता गिरीले वडा नं ५ दुर्छिममा जग्गा विवादका कारण निर्माण सुरु नभएको जनाउँदै वडा नं ९ सल्ले र वडा नं ११ राजापानीमा भवन निर्माण अन्तिम चरणमा पुगेको उल्लेख गरे  । खानेपानी तथा सिँचाइका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरिएको कार्यक्रममा सार्वजनिक गरिएको वृत्तचित्रमा जानकारी दिइएको छ ।

खानेपानीअन्तर्गत लोचाखोला, सहरबोटे मुहान, जुकेखोला लिफ्टिङ आआआयोजना सञ्चालन गरिएको छभने बृहत् हलेसी लिफ्टिङ आआआयोजना निर्माण अन्तिम चरणमा पुगेको नगर कार्यालयले जनाएको छ । सिँचाइ तथा पानीका मुहान रिचार्जका लागि नगरभित्र दुई सय ३० वटा पोखरी निर्माण गरेर सञ्चालनमा ल्याइएको नगर प्रवक्ता गिरीले बताए। घोपाटार माझीगाउँ सिँचाइ, दूधकोशी–हात्तीटार लिफ्ट सिँचाइ, टिमुरे लिफ्ट सिँचाइ, कुर्ले–रुपाटार सिँचाइलगायत २१ वटा आआआयोजना सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिए ।

Hardik health

“नगरभित्र सञ्चालित ९० वटा सामुदायिक तथा निजी विद्यालयमध्ये २६ मा नयाँ आरसिसी भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ । शैक्षिक क्षेत्रको गुणस्तर सुधार अभियानमा लागेको नगरले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म पूर्ण रूपमा निःशुल्क शिक्षा लागू गरेको छ”, गिरीले भने ।  उहाँका अनुसार स्वास्थ्य क्षेत्रको सुधार तथा स्तरोन्नतिअन्तर्गत पाँच श्ययाको नगर आधारभूत अस्पताल सञ्चालन, ११ वटै वडामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य सेवा प्रवाह, नगर आधारभूत अस्पतालमा २४सैँ घण्टा सेवा, गरिब, दलित र गर्भवतीका लागि निःशुल्क एम्बुलेन्सलगायत काम गरिएको छ । सङ्घीय सरकारको अनुदानमा निर्माण सुरु गरिएको १५ श्ययाको नगर आधारभूत अस्पताललाई तीव्रता दिइएको उनले बताए ।

नगरवासीको जीविकोपार्जन कार्यक्रमअन्तर्गत कृषकलानई १०० वटा भैँसी वितरण, बाख्रा तथा सुँगुरको पाठा वितरण, सुन्तला, तरकारी, केरा र लिची पकेट क्षेत्र घोषणा गरेर प्रवर्द्धन सुरु गरिएको नगर प्रवक्ता गिरीले उल्लेख गरे । उनका अनुसार ढाकाका कपडा तथा दुनाटपरी उद्योग, कृषि मार्ट सञ्चालन, रैथानेबाली प्रवर्द्धन, उद्यम गर्न चाहनेका लागि ब्याज अनुदानलगायत कार्यक्रम सञ्चालन गरिएका छन् ।

पर्यटन प्रवर्द्धनअन्तर्गत हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी, किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुम, बुङालुङ पार्क (ढुङ्गे बगैँचा उद्यान), मञ्जुश्री गुफा, सल्लेपोखरी, भुम्जुडाँडालगायत २६ वटा धार्मिकस्थलको स्तरोन्नति, होमस्टे (घरबास) सञ्चालन, पर्यटक गाइड (पथ प्रदर्शक) उत्पादनलगायत काम भएका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत बालिका बचत, स्वास्थ्य बिमा, विभिन्न जातजातिका लागि १४ वटा सामुदायिक भवन निर्माणलगायत कार्यक्रम सञ्चालनमा ल्याइएको नगरले जनाएको छ ।  

सुशासनका क्षेत्रमा नगरले छुट्टै नीति बनाएर अधिकांश मुद्दामा मेलमिलापको माध्यमबाट न्याय सम्पादन गर्दै आएको न्यायिक समितिका संयोजकसमेत रहनुभएका नगरउपप्रमुख रमेश राउतले जानकारी दिए । “जघन्य किसिमका बाहेक अधिकांश मुद्दा मेलमिलापको माध्यमबाट न्याय सम्पादन गर्ने अभ्यास गरिएको छ । यसमा दुवै पक्षको जित भएको महसुस हुन्छ”, उनले भने, “सुशासनको पक्षमा कसैले औँला उठाउने ठाउँ राखेका छैनौँ । पीडित र पीडक दुवै सन्तुष्ट छन् ।” 

निर्वाचित भएर आएको तीनवर्षे कार्यकालमा नगरवासीको आधारभूत आवश्यकता पूरा गर्न सफल भएको नगरप्रमुख विमला राईले बताए। शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटन गरी पाँच विषयलाई पहिलो प्राथमिकतामा राखेर सुधारका आआयोजनासहित काम गरिएको उहाँले जानकारी दिए । “हामीले निर्वाचनको घोषणापत्रबमोजिम काम गरिरहेका छौँ । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर सुधार गर्ने आआयोजना बनाएका थियौँ । यीमध्ये अधिकांश आआयोजना पूरा भइसकेका छन्”, नगरप्रमुख राईले भने, “आगामी दिनको एउटै लक्ष्य भनेको पर्यटन विकास हुनेछ । नगरभित्र रहेका पर्यटकीय क्षेत्रको स्तरोन्नति गरिसकेका छौँ । यसलाई प्रवर्द्धन गरेर आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यसहित अघि बढेका छौँ ।”

नगरपालिकाका जनप्रतिनिधिले गरेका उपलब्धि सार्वजनिकीकरण तथा शैक्षिक सम्मेलन कार्यक्रमको औपचारिक उद्घाटन जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालले गरेका थिएर् । कार्यक्रमका वक्ताहरूले हलेसी तुवाचुङ नगरपालिकाको कार्यसम्पादन उत्कृष्ट भएको भन्दै प्रशंसा गरेका छन् ।  महिलाको नेतृत्वमा रहेको नगरपालिकाले बेरुजु फछ्र्योटमा समेत उल्लेख्य प्रगति गरेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दश स्थानीय तह रहेको जिल्लामा यो नगरपालिका जिल्लामा प्रथम तथा १३७ वटा स्थानीय तह रहेको कोशी प्रदेशमा तेस्रो र देशभरका ७५३ स्थानीय तहमा दशौँ स्थानमा सफल भएको छ । 

महालेखापरीक्षक कार्यालयको ६२औँ वार्षिक प्रतिवेदनमा हलेसी तुवाचुङ नगरपालिकामा शून्य दशमलव १५ प्रतिशत मात्रै बेरुजु रहेको औँल्याइएको छ । आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार यस नगरपालिकाको बेरुजु रु २३ लाख ६७ हजार देखिएको छ ।  नगरले आआआयोजना गरेको सार्वजनिकीकरण कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, तीनवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकार भएका निकायका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवि, पत्रकारलगायतको सहभागिता थियो । कार्यक्रममा ‘सक्षम शिक्षक, स्तरीय शिक्षा परिस्कृत संस्कार, सार्वजनिक शिक्षा सवलीकरण हलेसी विकासको आधार’ भन्ने नारासहित शैक्षिक सम्मेलनसमेत आआआयोजना गरिएको थियो । 


प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’
‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’ आइतबार, मंसिर २८, २०८२
राजधानीमै छैन पर्यटक बसको बसपार्क
राजधानीमै छैन पर्यटक बसको बसपार्क आइतबार, मंसिर २८, २०८२
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन आइतबार, मंसिर २८, २०८२
पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’
पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’ शुक्रबार, मंसिर २६, २०८२
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’ शुक्रबार, मंसिर २६, २०८२
गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै
गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै बिहीबार, मंसिर २५, २०८२
आज अन्तरराष्ट्रिय पर्वत दिवस
आज अन्तरराष्ट्रिय पर्वत दिवस बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP