Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सुदूरपश्चिम प्रदेशको उद्योगमन्त्रीमा रामेश्वर चौधरी नियुक्त 
घर झगडाले नागरिक उन्मुक्तिमा लफडा सुदूरपश्चिम प्रदेशको उद्योगमन्त्रीमा रामेश्वर चौधरी नियुक्त 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, जेठ ५, २०८२
  •  कैलाश चौधरी र घनश्याम चौधरीलाई पन्छाउँदै रामेश्वर चौधरी मन्त्रीमा नियुक्त
  •  रेशम–रञ्जिताबीच विवाद हुँदा एक मन्त्रीका लागि दुई सांसदको नाम सिफारिस हुँदा लफडा
  •  नेतृत्व नै घर झगडामा रुमलिँदा संकटमा नयाँ दल
  •  रेशम–रञ्जिता झगडाले नागरिक उन्मुक्ति र जनमत एकतामा ढिलाइ

काठमाडौं– सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रामेश्वर चौधरी नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ बमोजिम चौधरीलाई आइतबार मन्त्रीमा नियुक्त गरेका हुन् । उनले आइतबार नै पद तथा गोपनीयताको शपथ लिए । 

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को तर्फबाट प्रदेशसभा सांसद चौधरी मन्त्री बनेका हुन् । पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीपक्षबीचको विवादले उनलाई चिट्ठा परेको छ । दुवै पक्षले यसअघि सिफारिस गरेका दुई सांसदले भने यो अवसर गुमाएका छन् ।

पार्टी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गर्न संसदीय दललाई निर्देशन दिएको थियो । संसदीय दलको बैठकले भने अध्यक्षको निर्देशनविपरीत संसदीय दलका नेता घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

तर घनश्यामले मन्त्री बन्न अस्वीकार गरे । र, आइतबार बसेको अर्को बैठकले रामेश्वरलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । दलकी प्रमुख सचेतक इन्दिरा गिरीले दलभित्र विवाद भएको स्वीकार गर्दै सहमतिमा अगाडि बढेको बताइन् । ‘दलमा विवाद हुन्छ, सहमति खोजेर अघि बढ्ने हो,’ उनले भनिन् ।

Hardik health

विवादास्पद ‘अडियो’ सार्वजनिक भएपछि उक्त पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारीमा रहेका लक्ष्मणकिशोर चौधरीले गत चैतमा पदबाट राजीनामा दिएका थिए । 

घरझगडाले पार्टीमा लफडा
सुदूरपश्चिम प्रदेश सरकारमा एक मन्त्रीका लागि दुई जना सांसदलाई अघि सारेका घटनाले नागरिक उन्मुक्ति (नाउपा) भित्र पारिवारिक विवाद पुनः सतहमा आएको छ । रेशम र रञ्जिता श्रीमान्–श्रीमती हुन् । उनीहरूबीच बेमेल छ । त्यही भएर रञ्जिताले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सांसद कैलाशलाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।

रञ्जिताको यो कदममा रेशम र उनी पक्षको गम्भीर असहमति थियो । उनले कैलाशलाई मन्त्री बनाउने निर्णयको विरोध गरे । मन्त्रीका लागि रेशम समूहले घनश्याम चौधरीलाई अगाडि सारेको थियो । तर नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका उनले मन्त्री बन्न अस्वीकार गरे । पूर्वमन्त्रीसमेत रहेका उनले विवादकै कारण मन्त्री बन्न अस्वीकार गरेका हुन् । संसदीय दलमा बहुमत पनि रेशम र उनको पक्षमा छ । तर, अध्यक्ष रञ्जिताले आफूनिकट कैलाशलाई सिफारिस गर्दा लफडा भएको थियो ।

उसो त नागरिक उन्मुक्ति पार्टीमा यो विवाद पहिलो न अन्तिम । रेशम–रञ्जिता कलहको एउटा परिघटना मात्रै हो । उनीहरूबीचको कलहले पश्चिम तराईबाट देशको राजनीतिमा उदाएको दल नाउपालाई संकटोन्मुख बनाएको छ । पुराना दलहरूको गढ भत्काउँदै राजनीतिमा उदय यो दलको स्थापनाकै बेलादेखि रञ्जिता र रेशम कमाण्डर हुन् । खुला मोर्चामा अध्यक्ष रञ्जिता र आन्तरिक मोर्चामा संरक्षक रेशम प्रभावी छन् । यी दुईबीच शक्ति संघर्ष विगतदेखि नै जारी छ । एकले अर्कालाई पार्टीको कार्यकारी भूमिकामा अस्वीकार गर्दै आएका छन् । 

नाउपा थारुवान आन्दोलन र ७ भदौ २०७२ मा भएको टीकापुर घटना र त्यसपछि भएका परिघटनाको जगमा स्थापित स्थापित भएको हो । यतिबेला भने उक्त दल रेशम–रञ्जिताको घर झगडाको सिकार भएको छ ।नाउपाका एक नेताका अनुसार नाउपा र जनमत पार्टीबीचको एकता ढिलाइमा पनि रेशम–रञ्जिता झगडा कारक छ । उनले भने, ‘रञ्जिता जनमतसँगको एकतामा अध्यक्ष सिकेकै हैसियतमा रहन चाहन्छिन् । नभए, पार्टी एकता गर्ने उनको चाहना छैन ।’

यसअघि २७ पुस २०८० मा टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट अध्यक्षमा रेशम निर्विरोध निर्वाचित भएका थिए । त्यसबेला रञ्जिता असन्तुष्ट हुँदै बन्दसत्र छाडेर हिँडेकी थिइन् । तर, निर्वाचन आयोगले दुई महिना नबित्दै २४ फागुनमा रेशम सदस्य हुन पनि अयोग्य भएको निर्णय गरेको थियो ।आयोगको सो निर्णयसँगै नाउपाको अध्यक्षमा रञ्जिता फर्किन् । तर, त्यसयता श्रीमान्–श्रीमतीको शक्ति संघर्ष पार्टी र सत्तामा देखिएको छ । मूलतः थारुहरूले पुराना दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपाजस्ता दलहरूविरुद्ध विद्रोह गर्दा स्थापित भएको दल नाउपालाई संकटतर्फ धकेलेको देखिएको ती नेता बताउँछन् । यसरी पश्चिम तराईबाट उदाएको दल नाउपामा श्रीमान्–श्रीमती झगडाको प्रभाव पार्टी र सत्तामा देखिएको छ ।
 


प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव
युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव शुक्रबार, असोज ३१, २०८२
नेकपा एमालेको बैठकमा अध्यक्ष ओलीको राजीनामा माग
नेकपा एमालेको बैठकमा अध्यक्ष ओलीको राजीनामा माग शुक्रबार, असोज ३१, २०८२
निर्वाचनमा जानेबारे कांग्रेस–एमाले दुईतिर
निर्वाचनमा जानेबारे कांग्रेस–एमाले दुईतिर शुक्रबार, असोज ३१, २०८२
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो शुक्रबार, असोज ३१, २०८२
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक सुरु शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP