Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जहिल्यै हौसिने ओली, अहिले छैन आँट
जहिल्यै हौसिने ओली, अहिले छैन आँट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ३१, २०८२

फूर्तिसाथ यो पनि गर्छु त्यो पनि गर्छु भनेर पहिलेजस्तो गरी आँट गरेको छैन । खल्तीमा हुँदा पो आँट गरिन्छ । राज्यको ढुकुटीमा नहुँदा आँट गर्न पनि गाह्रो हुन्छ नि ! धेरै मुस्किलले कताको रकम कता मिलाएर काम गर्नुपरेको छ ।
केपी शर्मा ओली
प्रधानमन्त्री

  • नेकपाकालमा ओलीले टावर निर्माणदेखि घरघरमा पाइपबाट ग्यास पु¥याउनेदेखि, रेल, पानीजहाज र स्याटालाइट परियोजनाका सपना बाँड्थे
  •  यसपटक प्रधानमन्त्रीमा फर्केर आउँदा राज्यको ढुकुटीमा पैसा नै नभएको ओलीको भनाइ
  •  त्यसै कारण फूर्तिसाथ यो पनि गर्छु त्यो पनि गर्छु भनेर पहिलेजस्तो गरी आँट नगरेको ओली बताउँछन्

काठमाडौं– दोस्रोपटक प्रधानमन्त्री हुँदा हौसियर एकैचोटि ३९६ अस्पताल उद्घाटन गरेका केपी शर्मा ओली अहिले भने बजेटको कारण देखाउँदै आफ्नो योजना अलपत्र भएको बताएका छन् । २०७७ साल मंसिर १५ मा तामझाम र हतारहतार शिलान्यास गरिएका अस्पतालहरुको अवस्था भद्रगोल भएपछि ओलीले यस्तो बताएका हुन् ।

मंगलबार बालुवाटारमा आयोजित ‘सिनेपा’ अत्याधुनिक इण्डोर छायांकन स्टुडियो निर्माण आरम्भ उद्घाटनमा अहिले हौसिने समय नरहेको बताएका हुन् । ‘जे पनि हुन्छ, भन्थेँ । जे पनि गर्नुपर्छ भन्थेँ । एकैचोटि ३९६ वटा हस्पिटल शिलान्यास गरेको हो नि,’ प्रधानमन्त्री ओलीले भने ।अहिले भने सरकारसँग बजेटकै अभाव भएकाले कुनै पनि योजना सुरू गर्दा विचार गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । ‘अघिल्लोचोटि प्रधानमन्त्री हुँदा अहिलेजस्तो त्यसबेला पैसाको हाहाकार थिएन,’ ओलीले भने । 

नेकपाकालमा ओलीले टावर निर्माणदेखि अपूरा कार्ययोजनासमेत उद्घाटन गर्थे । त्यतिबेला ओलीले घरघरमा पाइपबाट ग्यास पु¥याउनेदेखि रेल, पानीजहाज र स्याटालाइट परियोजनाका सपना बाँडेका थिए । पहिले आफूले सुरू गरेका योजनाहरु तीन वर्षसम्म अलपत्र भएका र ती सुरू गर्ने मन भए पनि पैसा नभएको ओलीको तर्क रह्यो । ‘तीन वर्षको ग्यापपछि म फेरि प्रधानमन्त्रीमा फर्केर आउँदा जहाँसम्म गाडी पुगेको थियो, त्यही रोकेको गाडी त्यहाँबाट अगाडि बढेको थिएन । फेरि सुरू गर्नुप¥यो । तर सुरू गर्नलाई पैसा नै छैन,’ प्रधानमन्त्री ओलीले भने ।

Hardik health

यसपटक उनी कार्यक्रमहरु अघि सार्न निकै हच्किएका सुनिन्छन् । ‘त्यसैकारण फूर्तिसाथ यो पनि गर्छु त्यो पनि गर्छु भनेर पहिलेजस्तो गरी आँट गरेको छैन,’ ओलीले भने, ‘किनकि खल्तीमा हुँदा पो आँट गरिन्छ । राज्यको ढुकुटीमा नहुँदा आँट गर्न पनि गाह्रो हुन्छ नि ! धेरै मुस्किलले कताको रकम कता मिलाएर काम गर्नुपर्ने छ ।’

देशको आर्थिक संकट गहिरिँदो छ । त्यसैले यसपटकको बजेट बनाउनअघि सरकारले निकै कसरत गरिरहेको छ । अर्थतन्त्रमा सरकारले लिएको गलत नीतिका कारण घरजग्गा व्यवसायदेखि बैंकिङ कारोबार कमजोर हुँदै गएको छ । यद्यपि, प्रधानमन्त्री ओलीले यो सरकारले ओरालो लागेको अर्थतन्त्रलाई ‘ब्रेक’ लगाइसकेको दाबी गरेका छन् । ‘तर हामीले ओरालो लागेको अर्थतन्त्रलाई ब्रेक लगाएका छौं । यो त्रिशूलीमा खस्नेवाला छैन । अब बाटोबाटै अगाडि बढ्छ,’ ओलीले भने ।

माओवादीलाई कटाक्ष– एक रुपैयाँमा पार्टी अफिस बन्दैन
कुनै पनि परियोजना बन्न निकै कठिन हुने उल्लेख गर्दै ओलीले नसक्ने काममा आँट गर्न नहुने सुझावसमेत दिए । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे ‘धुर्मुस–सुन्तली’को जोडीले चितवनमा निर्माण थालेको क्रिकेट मैदानको उदाहरण दिँदै ओलीले यस्तो सुझाएका हुन् । 

‘मैले यसो नगर बाबु, नानु, यो सम्भव छैन, भन्दाभन्दै गरे । धुर्मुस सुन्तलीले बहुत् दुःख पाए, माया लाग्छ,’ ओलीले भने । त्यसैगरी उनले एक रुपैयाँले पार्टी कार्यालय पनि नबन्ने तर्क गरे । ‘अस्ति हाम्रो पार्टी अफिस गएर एक–एक रुपैयाँमा हामी बनाउँछौं भन्ने पनि निस्किए,’ प्रधानमन्त्री ओलीले भने, ‘एक–एक रुपैयाँमा पार्टी अफिस बनाउने रे ! एक–एक रुपैयाँ दिन्छौं र पार्टी अफिस बनाउँछौं भन्नेलाई ‘ल ल्याऊ’ भन्दा वाचाबाट मुख फर्काए ।’

गत असोजमा विवादित व्यवसायी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमाले कार्यालयका लागि कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए । उक्त जमिनमा ओलीले एमाले केन्द्रीय कार्यालय बनाउन शिलन्याससमेत गरेका थिए । त्यसपछि नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेकपा एमालेको पार्टी कार्यालय बनाउन भन्दै एक रुपैयाँ संकलन अभियान चलाएको थियो । काठमाडौंमा चलाइएको अभियानमा सोह्रखुट्टे र माइतीघरबाट तीन हजार ४१३ रुपैयाँ संकलन भएको थियो ।
 


प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
चुनावी सहकार्यमा बढ्दै कांग्रेस-एमाले
चुनावी सहकार्यमा बढ्दै कांग्रेस-एमाले बिहीबार, पुस १७, २०८२
अन्योलमा कांग्रेस महाधिवेशन
अन्योलमा कांग्रेस महाधिवेशन बिहीबार, पुस १७, २०८२
‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’: महामन्त्री थापा
‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’: महामन्त्री थापा बुधबार, पुस १६, २०८२
प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै
प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै बुधबार, पुस १६, २०८२
नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस
नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस बुधबार, पुस १६, २०८२
पहिचानवादी नेता रास्वपामा ‘पलायन’
पहिचानवादी नेता रास्वपामा ‘पलायन’ बुधबार, पुस १६, २०८२
समानुपातिक सूचीमा पहुँचवालाकै हालीमुहाली
समानुपातिक सूचीमा पहुँचवालाकै हालीमुहाली बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP