Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जहिल्यै हौसिने ओली, अहिले छैन आँट
जहिल्यै हौसिने ओली, अहिले छैन आँट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ३१, २०८२

फूर्तिसाथ यो पनि गर्छु त्यो पनि गर्छु भनेर पहिलेजस्तो गरी आँट गरेको छैन । खल्तीमा हुँदा पो आँट गरिन्छ । राज्यको ढुकुटीमा नहुँदा आँट गर्न पनि गाह्रो हुन्छ नि ! धेरै मुस्किलले कताको रकम कता मिलाएर काम गर्नुपरेको छ ।
केपी शर्मा ओली
प्रधानमन्त्री

  • नेकपाकालमा ओलीले टावर निर्माणदेखि घरघरमा पाइपबाट ग्यास पु¥याउनेदेखि, रेल, पानीजहाज र स्याटालाइट परियोजनाका सपना बाँड्थे
  •  यसपटक प्रधानमन्त्रीमा फर्केर आउँदा राज्यको ढुकुटीमा पैसा नै नभएको ओलीको भनाइ
  •  त्यसै कारण फूर्तिसाथ यो पनि गर्छु त्यो पनि गर्छु भनेर पहिलेजस्तो गरी आँट नगरेको ओली बताउँछन्

काठमाडौं– दोस्रोपटक प्रधानमन्त्री हुँदा हौसियर एकैचोटि ३९६ अस्पताल उद्घाटन गरेका केपी शर्मा ओली अहिले भने बजेटको कारण देखाउँदै आफ्नो योजना अलपत्र भएको बताएका छन् । २०७७ साल मंसिर १५ मा तामझाम र हतारहतार शिलान्यास गरिएका अस्पतालहरुको अवस्था भद्रगोल भएपछि ओलीले यस्तो बताएका हुन् ।

मंगलबार बालुवाटारमा आयोजित ‘सिनेपा’ अत्याधुनिक इण्डोर छायांकन स्टुडियो निर्माण आरम्भ उद्घाटनमा अहिले हौसिने समय नरहेको बताएका हुन् । ‘जे पनि हुन्छ, भन्थेँ । जे पनि गर्नुपर्छ भन्थेँ । एकैचोटि ३९६ वटा हस्पिटल शिलान्यास गरेको हो नि,’ प्रधानमन्त्री ओलीले भने ।अहिले भने सरकारसँग बजेटकै अभाव भएकाले कुनै पनि योजना सुरू गर्दा विचार गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । ‘अघिल्लोचोटि प्रधानमन्त्री हुँदा अहिलेजस्तो त्यसबेला पैसाको हाहाकार थिएन,’ ओलीले भने । 

नेकपाकालमा ओलीले टावर निर्माणदेखि अपूरा कार्ययोजनासमेत उद्घाटन गर्थे । त्यतिबेला ओलीले घरघरमा पाइपबाट ग्यास पु¥याउनेदेखि रेल, पानीजहाज र स्याटालाइट परियोजनाका सपना बाँडेका थिए । पहिले आफूले सुरू गरेका योजनाहरु तीन वर्षसम्म अलपत्र भएका र ती सुरू गर्ने मन भए पनि पैसा नभएको ओलीको तर्क रह्यो । ‘तीन वर्षको ग्यापपछि म फेरि प्रधानमन्त्रीमा फर्केर आउँदा जहाँसम्म गाडी पुगेको थियो, त्यही रोकेको गाडी त्यहाँबाट अगाडि बढेको थिएन । फेरि सुरू गर्नुप¥यो । तर सुरू गर्नलाई पैसा नै छैन,’ प्रधानमन्त्री ओलीले भने ।

Hardik health

यसपटक उनी कार्यक्रमहरु अघि सार्न निकै हच्किएका सुनिन्छन् । ‘त्यसैकारण फूर्तिसाथ यो पनि गर्छु त्यो पनि गर्छु भनेर पहिलेजस्तो गरी आँट गरेको छैन,’ ओलीले भने, ‘किनकि खल्तीमा हुँदा पो आँट गरिन्छ । राज्यको ढुकुटीमा नहुँदा आँट गर्न पनि गाह्रो हुन्छ नि ! धेरै मुस्किलले कताको रकम कता मिलाएर काम गर्नुपर्ने छ ।’

देशको आर्थिक संकट गहिरिँदो छ । त्यसैले यसपटकको बजेट बनाउनअघि सरकारले निकै कसरत गरिरहेको छ । अर्थतन्त्रमा सरकारले लिएको गलत नीतिका कारण घरजग्गा व्यवसायदेखि बैंकिङ कारोबार कमजोर हुँदै गएको छ । यद्यपि, प्रधानमन्त्री ओलीले यो सरकारले ओरालो लागेको अर्थतन्त्रलाई ‘ब्रेक’ लगाइसकेको दाबी गरेका छन् । ‘तर हामीले ओरालो लागेको अर्थतन्त्रलाई ब्रेक लगाएका छौं । यो त्रिशूलीमा खस्नेवाला छैन । अब बाटोबाटै अगाडि बढ्छ,’ ओलीले भने ।

माओवादीलाई कटाक्ष– एक रुपैयाँमा पार्टी अफिस बन्दैन
कुनै पनि परियोजना बन्न निकै कठिन हुने उल्लेख गर्दै ओलीले नसक्ने काममा आँट गर्न नहुने सुझावसमेत दिए । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे ‘धुर्मुस–सुन्तली’को जोडीले चितवनमा निर्माण थालेको क्रिकेट मैदानको उदाहरण दिँदै ओलीले यस्तो सुझाएका हुन् । 

‘मैले यसो नगर बाबु, नानु, यो सम्भव छैन, भन्दाभन्दै गरे । धुर्मुस सुन्तलीले बहुत् दुःख पाए, माया लाग्छ,’ ओलीले भने । त्यसैगरी उनले एक रुपैयाँले पार्टी कार्यालय पनि नबन्ने तर्क गरे । ‘अस्ति हाम्रो पार्टी अफिस गएर एक–एक रुपैयाँमा हामी बनाउँछौं भन्ने पनि निस्किए,’ प्रधानमन्त्री ओलीले भने, ‘एक–एक रुपैयाँमा पार्टी अफिस बनाउने रे ! एक–एक रुपैयाँ दिन्छौं र पार्टी अफिस बनाउँछौं भन्नेलाई ‘ल ल्याऊ’ भन्दा वाचाबाट मुख फर्काए ।’

गत असोजमा विवादित व्यवसायी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमाले कार्यालयका लागि कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए । उक्त जमिनमा ओलीले एमाले केन्द्रीय कार्यालय बनाउन शिलन्याससमेत गरेका थिए । त्यसपछि नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेकपा एमालेको पार्टी कार्यालय बनाउन भन्दै एक रुपैयाँ संकलन अभियान चलाएको थियो । काठमाडौंमा चलाइएको अभियानमा सोह्रखुट्टे र माइतीघरबाट तीन हजार ४१३ रुपैयाँ संकलन भएको थियो ।
 


प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP