Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • रारामा पर्यटकीय पूर्वाधारमा लगानी  गर्न माग
रारामा पर्यटकीय पूर्वाधारमा लगानी  गर्न माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ३०, २०८२

काठमाडौं -    पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकास र पूर्वाधारमा लगानीको वातावरण बनाउन पर्यटन व्यवसायी एवं स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् । काठमाडौँ–रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले आयोजित पर्यटन व्यवसायीहरूको रारा भ्रमणका क्रममा सोमबार मुगुको सल्लेरीमा गरिएको अन्तक्र्रियाका वक्ताहरूले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि गरिनुका साथै तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोग आवश्यक रहेको औँल्याए ।

कार्यक्रममा स्थानीय छत्र साउदले रारालाई प्राथमिकता दिएकामा आभार व्यक्त गर्दै यसले स्थानीय जीवनस्तर र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । राराका होटल व्यवसायी देवीकृष्ण रोकायाले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि आवश्यक रहेको बताए । उनले तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोग आवश्यक रहेको औँल्याए ।

बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले उत्कृष्ट गन्तव्य रारा संरचनागत रूपमा धेरै विकास भइसकेको बताए । नियमित हवाई उडान र सडक सञ्जालले रारालाई सुगम बनाएको र पाहुना व्यवस्थापनका लागि भरपर्दो व्यवस्था रहेको बताए । रारा इको–टुरिज्म र चलचित्र छायाङ्कन लागि उत्कृष्ट गन्तव्य भएकाले विश्वभरका पर्यटकलाई रारा लैजान पहल गर्नुपर्नेमा निर्देशक ऐरको जोड छ । टीवानका अध्यक्ष भीष्म न्यौपानेले रारा क्षेत्रमा पर्यटक बस सञ्चालन गर्दा केही चुनौती भएता पनि सङ्घ तयार रहेको बताए । उनले सडक छेउका होटल व्यवस्थित गर्न र स्थानीय बासिन्दामा हस्पिटालिटी सेवामा सुधार ल्याउन आवश्यक भएको बताए ।

Hardik health

काठमाडौँ–रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यल नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटक बस व्यवसायी सङ्घ नेपाल (टीवान)का २२ जना सदस्यहरूको टोलीले रारा क्षेत्रको अवलोकन भ्रमण सम्पन्न गरेको हो । उक्त टोलीम बोर्ड, पर्यटक बस व्यवसायी, स्थानीय समुदाय, मुगुका होटल व्यवसायी, रारा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायको सहभागिता थियो ।

नेपाल पर्यटन बोर्डले काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनको सम्भाव्यता र यससँग सम्बन्धित पूर्वाधार विकासमा आवश्यक समन्वय गर्न प्रतिबद्धता जनाएको छ । साथै, रारा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि होटल स्तरोन्नति, स्थानीय जनशक्ति तालिम, पर्यटक सेवा सुधार तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारलाई प्राथमिकताका साथ अघि बढाइने बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटक भन्छन्ः ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’
पर्यटक भन्छन्ः ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’ मंगलबार, कात्तिक ११, २०८२
उत्तरी गोरखामा हिमपातहुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित
उत्तरी गोरखामा हिमपातहुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित मंगलबार, कात्तिक ११, २०८२
कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमणमा ३०० विदेशी पर्यटक
कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमणमा ३०० विदेशी पर्यटक सोमबार, कात्तिक १०, २०८२
पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती
पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती आइतबार, कात्तिक ९, २०८२
पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिँदै
पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिँदै आइतबार, कात्तिक ९, २०८२
पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा १० घण्टा बेपत्ता हुँदा 
पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा १० घण्टा बेपत्ता हुँदा  आइतबार, कात्तिक ९, २०८२
शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे
शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP