Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि
कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २६, २०८२

खोटाङ-  दोस्रो संस्करणको ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि कात्तिके फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीले जितेको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित टुँडिखेल मैदानमा आज सम्पन्न फाइनल खेलमा मेर्ला फुटबल क्लब इन्द्रेणी पोखरीलाई ५–० गोलअन्तरले पराजित गर्दै कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले प्रथम उपाधि जितेको हो ।

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले रु एक लाख नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता मेर्ला फुटबल क्लबले नगद रु ५० हजार तथा सेमिफाइनलिस्ट दुईवटा टिम पारूहाङ फुटबल क्लब इन्द्रेणी पोखरी र कट्टा फुटबल क्लब सावाकटहरेले नगद रु २५–२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

खोटेहाङ खेलकुद विकास समिति खोटहाङ गाउँपालिकाले सञ्चालन गरेको दोस्रो संस्करणको प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीका सौजन राई घोषित भएका छन्  । गाउँपालिकाभित्रका १९ टिम (समूह)को सहभागिता रहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका सौजनलाई नगद रु तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

Hardik health

प्रतियोगिता अवधिभरका सर्वाधिक गोलकर्तामा कात्तिके फुटबल क्लबका शुभराजहाङ राई, उत्कृष्ट गोलरक्षकमा कात्तिके फुटकल क्लबका शुभराज राई, उत्कृष्ट डिफेन्डरमा मेर्ला फुटबल क्लबका महेश राई (खोटेहाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत), उत्कृष्ट प्रशिक्षकमा कात्तिके फुटबल क्लबका सजन राई र अनुशासित टिममा पारूहाङ फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरी घोषित भएका छन् । अनुशासित टिमलाई रु १० हजार तथा विधागत पुरस्कार विजेता खेलाडीलाई नगद रु दुई–दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको वडा नं ३ सावाकटहरेका वडाध्यक्ष जेफर राईले जानकारी दिए ।

वैशाख २२ गतेदेखि सुरू भएको ‘खोटेहाङ फुटबल कप–२०८२’ अन्तर्गत प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई गाउँपालिका प्रमुख उदिमबहादुर राई  र उपप्रमुख रूपेश राईले पुरस्कार वितरण गरे । गत वर्षदेखि सुरू गरिएको ‘खोटेहाङ फुटबल कप’को प्रथम संस्करण मेर्ला फुटबल क्लब इन्द्रेणी पोखरीले जितेको थियो ।

फुटबल खेलको विकास गर्दै गाउँपालिकामै व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको ‘खोटेहाङ फुटबल कप’ अन्तर्गतको प्रतियोगितामा सम्बन्धित वडाका खेलाडीले मात्र सहभागी हुन पाउने व्यवस्था मिलाइएको खेलकुद विकास समितिले जनाएको छ । गाउँपालिकाले प्रत्येक वर्ष सञ्चालन हुने ‘खोटेहाङ फुटबल कप’ स्थापना गरेपछि खेलाडीहरू उत्साहित भएका छन् । 


प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट माघ १२ देखि
प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट माघ १२ देखि शुक्रबार, माघ ९, २०८२
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP