काठमाडौं- कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालसामु १२२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो। उसका लागि मुहम्मद शाहदादले ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए। युएईका बाँकी ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३-३ तथा राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले १-१ विकेट लिए। जारी प्रतियोगितामा नेपाल र युएई पहिलो जितको खोजीमा छन्।
नेपालले पहिलो खेलमा भारत ‘ए’ र युएईले पाकिस्तान ‘ए’ विरुद्ध पराजयको सामना गरेका थिए। यस प्रतियोगितामा आठ वटा टोलीको सहभागिता छ। प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ।