Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ समाचार
  • Home
  • अर्थ समाचार
  • पिपिई सेट नहुँदा चिकित्सकलाई समस्या
पिपिई सेट नहुँदा चिकित्सकलाई समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १२, २०७६
unnamed
Hardik health
डोटी, १२ चैत । कोरोना भाइरसको रोकथामका लागि जिल्लामा बिभिन्न प्रयास भइरहे पनि उक्त संक्रमण भएका बिरामीलाइ जाँच गर्दा चिकित्सकले प्रयोग गर्ने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) सेट अभावका कारण चिकित्सकलाई समस्या हुने भएको छ । कोभिड–१९ को संक्रमण भएका बिरामीलाई राख्नका लागि जिल्लामा आइसोलेशन कक्ष तथा शय्या तयारी अवस्थामा भए पनि यहाँका चिकित्सकले पिपिई सेट र एन ९५(कीटाणु पस्न नसक्ने) मास्क अहिलेसम्म पाउन सकेका छैनन् । पिपिई सेट र मास्क नपाउँदा चिकित्सक जोखिम मोलेरै अस्पतालमा बिरामी जाँच गर्न बाध्य भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलका डा बबिता गजमेरले बताए । उनले भने, ‘अस्पालहरुमा पिपिई सेट छैन, संक्रमितको संख्या बढ्यो भने के गर्ने भन्ने समस्या छ ।’ सरकारले सबै स्वास्थ्यकर्मी सुरक्षित छन् भनिरहे पनि स्वास्थ्यकर्मी पिपिई सेट नहुँदा दिनहुँ जोखिम मोल्दै काम गर्न विवश रहेको शैलेश्वरी अस्पतालका चिकित्सक आइजंग कुँवरले बताए । उनले उपचार गर्ने चिकित्सक नै असुरक्षित भएपछि बिरामी कसरी सुरक्षित रहने भन्दै सबैभन्दा पहिले स्वास्थ्यकर्मीलाई पिपिई सेट उपलब्ध गराउनु जरुरी रहेको बताए । सरकारले जिल्ला अस्पताल डोटीमा मात्रै जम्मा पाँच थान पिपिई उपलब्ध गराएको छ । जिल्लामा रहेका अन्य निजी क्षेत्रका अस्पताल तथा सरकारी स्वास्थ्य संस्थामा पिपिई सेट नभएको चोपडा अस्पताल दिपायलका निर्देशक हिक्मतसिंह चोपडाले बताए । उनले भने, ‘बिरामी जति सबै निजी अस्पतालमा छन्, ती अस्पतालका चिकित्सकले पिपिई सेटविना नै जाँच गरिरहेका छन्, बिरामीभन्दा पनि चिकित्सकलाइ बढी जोखिम छ ।’ यहाँका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले पिपिई सेटविना नै दिनरात जोखिम मोल्दै बिरामी जाँचसहित ज्वरो नापिरहेको शैलेश्वरी अस्पतालका चिकित्सक लोकेन्द्र बोहराले बताए । त्यस्तै स्थानीय स्वास्थ्य संस्थामा खटिने स्वास्थ्यका कर्मचारीदेखि जिल्लासम्मका स्वास्थ्यकर्मी जोखिम मोल्न बाध्य छन् । यहाँका अस्पतालमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीसँग एन ९५ मास्क पनि नभएको बताइएको छ । त्यस्तै बिरामीको उपचारका लागि पर्याप्त स्वास्थ्य उपकरण नहुँदा स्वास्थ्यकर्मीलाई झनै समस्या हुँदै आएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डेले बताए । उनले भने, ‘उपचारमा खटिने चिकित्सकका लागि न त पिपिई सेट छ न त पर्याप्त स्वास्थ्य उपकरण कसरी स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्ने, ज्यानै धरापमा राख्नु पर्ने अवस्था आएको छ ।’ बिरामीको जाँचमा खटिने स्वास्थ्यकर्मीका लागि पिपिई सेट प्रदेश सरकारसँग माग गरिए पनि अहिलेसम्म उपलब्ध नभएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलका डा गजमेरले गुनासो गरे । उनले भने, ‘बिरामीको जाँचका लागि खटिनू भन्ने खबर आउँछ, पिपिई सेट र उपकरण माग गर्दा केही उत्तर आउँदैन, विनासामग्री कसरी उपचार गर्न खटिनू, हामीलाइ नि ज्यानको माया छ ।’ कोभिड–१९ को संक्रमण भएका बिरामीलाई उपचार तथा जाँच गरिसकेपछि पिपिई सेट जलाउनुपर्ने भएकाले एउटा चिकित्सकलाई कम्तीमा पनि तीनदेखि चार जोर पिपिई सेट आवश्यक पर्ने डा गजमेरले जानकारी दिए । सरकारले पिपिई सेट उपलब्ध नगराएका कारण यहाँका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकले हिजोआज सामान्य ज्वरो, रुघाखोकी लागेका बिरामीको जाँच गर्नसमेत आनाकानी गर्न थालेको स्थानीयवासी बताउँछन् । सरकारले पिपिई सेट, एन ९५ मास्क र अन्य उपकरण उपलब्ध गराउन नसकेका कारण चिकित्सक बिरामी जाँच गर्न डराउन थालेको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताए ।
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप अर्थ समाचार
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम मंगलबार, जेठ २३, २०८०
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत बुधबार, जेठ १०, २०८०
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो बुधबार, जेठ १०, २०८०
कम्प्युटरका ६५ ओटा शर्टकट की
कम्प्युटरका ६५ ओटा शर्टकट की मंगलबार, जेठ ९, २०८०
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, जेठ ८, २०८०
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे शुक्रबार, वैशाख २९, २०८०
चैते धान खेती घट्दो
चैते धान खेती घट्दो बिहीबार, वैशाख ७, २०८०
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP