Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
Search Here
समाचार
  • Home
  • समाचार
  • मेचीनगरमा ‘निलसरी महोत्सव’
मेचीनगरमा ‘निलसरी महोत्सव’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २३, २०८२

झापा-  ओझेलमा परेकी ऐतिहासिक पात्र निलसरी मेचेको सम्झनामा मेचे समुदायको भाषा, संस्कृति, साहित्य र कलाको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा ‘निलसरी महोत्सव’ सुरु भएको छ । निलसरी इतिहासको चर्चित व्यक्ति भए पनि उनको पात्र ओझेलमा परेपछि इतिहास उत्खनन गर्न र मेचे समुदायको भाषा, संस्कृति र कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘निलसरी महोत्सव’ सुरु गरिएको हो ।

मेचीनगर–७ जोरसिमलमा सोमबार नगरप्रमुख गोपाल बुढाथोकीले महोत्सवको उद्घाटन गर्दै ऐतिहासिक एवं चर्चित पात्र निलसरीको इतिहास उत्खनन गर्न, भाषा, कला संस्कृति संरक्षण र प्रवर्द्धनमा महोत्सवले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । 

यही वैशाख २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा मेचे समुदायको भाषा, साहित्य, संस्कृति र कलाका विषयमा विज्ञहरूको सहभागितामा विभिन्न छलफलहरू आयोजना हुने आयोजक जोरसिमल मेचे समाज विकास समितिले जनाएको छ । 

Hardik health

कार्यक्रममा समुदायको जातीय झाँकी, सांस्कृतिक प्रस्तुति र स्थानीय परिकारका खानाको प्रदर्शनी गरिने समितिका सचिव सञ्जय मेचेले जानकारी दिए । संस्थाका अध्यक्ष सुन्दर मेचेले आफ्नो समुदायको जनसङ्ख्या पाँच हजार १९३ रहेको जनाउँदै मेचेको सघन बसोबास झापा जिल्लामा मात्र रहेको बताए । उनका अनुसार जिल्लाका मेचीनगर र हल्दिबारी मेचे समुदायको बसोबास भएको पालिका हुन् । 

निलसरी मेचे श्री ३ जङ्गबहादुर राणाकी पत्नी भएको इतिहासकारहरू बताउँछन् । मेचीनगरको धुलाबारीमा बसोबास गर्ने उजिरसिंह मेचेकी छोरी निलसरीलाई जङ्गबहादुरले शिकार खेल्न आएका बेला मन पराएपछि विवाह गरी रानी बनाएको इतिहास भेटिएको मेचे समाज विकास समितिका सचिव मेचेले उल्लेख गरे  । 

“जङ्गबहादुर शिकार खेल्न कनकाईबाट मेची नदीसम्म आउनुभएको इतिहासमा उल्लेख छ”, उनले भने, “मेचीनगर–७ घैलाडुब्बा आसपासको क्षेत्रमा निलसरीलाई देखेपछि राजाले शिकार खेलेर राजधानी फर्किने बेलामा  विवाह गरी रानी बनाउनु भएको थियो ।”

निलसरीका बुवा उजिरसिंह मेचेको चौथो पुस्ता हाल मेचीनगरमा बसोबास गरिरहेको सचिवले जानकारी दिए । ऐतिहासिक पात्र भएकाले निलसरीको सम्झना र मेचे समुदायको संस्कृति संरक्षण र प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको उनले बताए । उनका अनुसार महोत्सवमा नेपाल र भारतमा रहेको मेचे समुदायको सहभागिता छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हवाई उडान सामान्य प्रभावित
हवाई उडान सामान्य प्रभावित मंगलबार, कात्तिक ११, २०८२
हिमपात हुँदा किसान र पर्यटन व्यवसायी उत्साहित
हिमपात हुँदा किसान र पर्यटन व्यवसायी उत्साहित मंगलबार, कात्तिक ११, २०८२
अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन
अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन मंगलबार, कात्तिक ११, २०८२
अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीमा ल्याइयो
अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीमा ल्याइयो मंगलबार, कात्तिक ११, २०८२
पर्यटक भन्छन्ः ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’
पर्यटक भन्छन्ः ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’ मंगलबार, कात्तिक ११, २०८२
उत्तरी गोरखामा हिमपातहुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित
उत्तरी गोरखामा हिमपातहुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित मंगलबार, कात्तिक ११, २०८२
कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमणमा ३०० विदेशी पर्यटक
कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमणमा ३०० विदेशी पर्यटक सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP