काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस बैतडी – काठमाडौं उपत्यका सम्पर्क समितिले नयाँ वर्ष २०८२ को अवसरमा प्रकाशित गरेको भित्तेपात्रो विमोचन गरेका छन् ।
नेपाली कांग्रेस बैतडी –काठमाडौं उपत्यका सम्पर्क समितिका अध्यक्ष दिवाकर बोहोराको अध्यक्षता एवं पार्टी सभापति शेरबहादुर देउावको प्रमुख आतिथ्यमा सोमबार राजधानीमा आयोजना गरिएको विशेष कार्यक्रममा सभापति देउवाले उक्त भित्तेपात्रो विमोचन गरेका हुन् ।
बैतडी मूल घर भएका विभिन्न पेशा र व्यवसायमा संलग्न नेपाली कांग्रेसका शुभचिन्तकको सुख –दुखमा देखिने गरि काम गरेकोमा सभापति देउवाले सम्पर्क समितिलाई धन्यवाद दिए । विमोचन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पुर्व मन्त्री, प्रदेश सांसद एवं बैतडीका पुर्व पार्टी सभापति शिवबराज भट्ट, महासमिति सदस्य उत्तर बहादुर ऐर, भूमि समस्या समाधान आयोग बैतडीमा अध्यक्ष रमेश पाण्डे, नेपाली कांंग्रेस क्षेत्रिय सभापति विष्णुदत्त भट्ट, महासमिति सदस्य सुरेन्द्र सिंह ऐर, नेपाली कांग्रेस बैतडीका नेता जयराज जोशी, केदार अवस्थी, कृष्ण कुवर, विष्णु पाण्डे, नेविसंघका नेता रामचन्द्र बोहोरा, नेपाल प्रेस युनियनका केन्द्रीय लेखा समिति संयोजक पदम राज जोशी लगायत नेता एवं शुभचिन्तक र सम्पर्क समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बैतडी – काठमाडौं उपत्यका सम्पर्क समितिका अध्यक्ष दिवाकर बाहोराले समितिले राजधानीमा रहेका बैतडीबासीका सुख दुखमा साथ दिएर अगाडि बढिरहेको जानकारी गराउँदै सबैको साथ सहयोग पाएको र भविश्यमा पाउने आशा व्यक्त गरे । भित्ते पात्रो विमोचन गरेर सम्पर्क समितिलाई हौसला प्रदान गरेकोमा पार्टी सभापति देउवा प्रति अध्यक्ष बोहोराले हार्दिक आभार व्यक्त गरे । समितिको भित्तेपात्रो विमोचन एवं भुभकामना कार्यक्रमको माइन्युटमा पार्टी सभापतिले देउवाले हस्ताक्षर गरेका छन् । भित्ते पात्रोमा बैतडीका धार्मिक र पर्यटकिय स्थलहरुको सचित्र जानकारी प्रदान गरिएको छ ।