Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित सुझाव पेस
पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित सुझाव पेस
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २२, २०८२

काठमाडौं -  पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक क्षेत्र बनाउन सकिने आधारसहितको सरकारलाई सुझाव पेस गरेका छन् । पर्यटन क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर नेपालको पर्यटन क्षेत्रलाई दीगो, समावेशी तथा उच्च आम्दानीमूलक बनाउन सकिने आधारसहित सुझाव तथा मागपत्र पेस गरेका हुन् ।

पर्यटन व्यवसायीले हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रुपमा हटाउनुपर्ने, पाँचतारे र उच्च श्रेणीका होटलमा लागू दुई प्रतिशत विलाशिता कर हटाउनुपर्ने, हवाई टिकटमा आउटस्ट्यान्डिङ ट्याक्स प्रणाली कार्यान्वयन गर्नुपर्नेलगायत माग गरेका छन् ।

यस्तै, साना तथा मझौला पर्यटन व्यवसायीलाई सहुलियत कर्जा र कर छुटको व्यवस्था तथा ट्राभल एजेन्सीलाई सेवा शुल्क सुनिश्चित गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । उनीहरुले दीर्घकालीन र सहज राहदानी नीति लागू गर्नुपर्ने, कैलाश मानसरोवर यात्राका लागि आवश्यक उच्चस्तरीय कूटनीतिक समन्वय गर्नुपर्ने, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) डिजिटलाइजेसन अनिवार्य गर्नुपर्ने, विदेशी पर्यटकका लागि ट्रेकिङ तथा पर्वतारोहणमा सहभागी विदेशी पर्यटकका लागि अनिवार्य ट्राभल इन्सुरेन्स नीति बनाउनुपर्ने माग गरेका छन् ।

Hardik health

यसैगरी, राष्ट्रिय पदमार्गका रुपमा कानुनी मान्यता दिएर पूर्वाधार, सूचना, सुरक्षा, सङ्केतबोर्ड आदिको व्यवस्थित विकास गर्न सकिने, ग्रेट हिमालय ट्रेललाई दश खण्डमा बाँडेर आवश्यक पूर्वाधार विकास, प्रवद्र्धन र मार्केटिङ गर्ने तथा यसका माध्यमबाट नेपाललाई विश्वको प्रमुख साहसिक पदयात्रा गन्तव्यका रुपमा स्थापित गर्न सुझाव दिइएको छ ।

पर्यटन व्यवसायीले मुस्ताङको कोरला नाकालगायत अन्य विशेष नाकामा अध्यागमनको आवश्यक सुधारसहित चीन र छिमेकी मुलुकसँगको सीमा व्यापार तथा धार्मिक पर्यटन प्रवेशद्वारका रुपमा विकास गर्न पहल गर्नुपर्ने माग गरेका छन् । गुम्बा, ध्यान केन्द्र, योग आश्रम, पदमार्ग र सांस्कृतिक तीर्थस्थललाई एकीकृत गरी आध्यात्मिक पर्यटनको विकास गर्नुपर्ने यसका लागि आध्यात्मिक, वेलनेस र पदयात्रा पर्यटनलाई एकीकृत विकास गर्न सकिने बताइएको छ ।

व्यवसायीहरुले पर्यटन पूर्वाधार सञ्चालनमा उच्च विद्युत् महसुल लाग्ने हुँदा होटल, रिसोर्ट तथा ट्रेकिङ होलिडे क्याम्पलाई औद्योगिक दरमा विद्युत् उपलब्ध गराउँदा पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुग्ने बताएका छन् । 

भेटमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे, नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष निमानुरु शेर्पा, होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया, नाट्टाका महासचिव युविका भण्डारीलगायत सहभागी थिए  ।


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित
बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित मंगलबार, कात्तिक ११, २०८२
हवाई उडान सामान्य प्रभावित
हवाई उडान सामान्य प्रभावित मंगलबार, कात्तिक ११, २०८२
हिमपात हुँदा किसान र पर्यटन व्यवसायी उत्साहित
हिमपात हुँदा किसान र पर्यटन व्यवसायी उत्साहित मंगलबार, कात्तिक ११, २०८२
अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन
अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन मंगलबार, कात्तिक ११, २०८२
अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीमा ल्याइयो
अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीमा ल्याइयो मंगलबार, कात्तिक ११, २०८२
पर्यटक भन्छन्ः ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’
पर्यटक भन्छन्ः ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’ मंगलबार, कात्तिक ११, २०८२
उत्तरी गोरखामा हिमपातहुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित
उत्तरी गोरखामा हिमपातहुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP