Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
तथ्यहीन हल्लाले त्रासमा व्यवसायी, सरकार भन्छ– सिण्डिकेट गैरकानुनी  मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
  ममता थापा
  ममता थापा सोमबार, वैशाख २२, २०८२

काठमाडौं– करिब एक वर्षपछि मलेसियामा रोजगारी खुला हुँदा खुसी हुनुपर्ने वैदेशिक रोजगार व्यवसायीहरु ‘सिण्डिकेट’ (एकाधिकार) को हल्लाले उल्टै सशंकित बनेका छन् । हाल सञ्चालनमा रहेका करिब एक हजार म्यानपावर कम्पनीमध्ये झण्डै आधाले मलेसियामा कामदार पठाउँदै आएका छन् । सिण्डिकेटको हल्लाले उनीहरु त्रासमा देखिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघदेखि अन्य घटक संस्थाले धमाधम विज्ञप्ति निकालेर व्यवसायीलाई सिण्डिकेटबाट सचेत हुन आग्रह गर्दै आएका छन् । 

आइतबार संघले सिण्डिकेट लागू गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनायो । त्यसैगरी, गत वैशाख १२ गते मलेसियास्थित नेपाली दूतावासले मागपत्र खुलाएको सूचना प्रकाशित गरेको भोलिपल्टै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले विज्ञप्तिमार्फत सिण्डिकेटधारी समूहले विशेष सूचीमा रहेका कम्पनीमार्फत मात्र कामदार पठाउन पाइने भनेर भ्रामक प्रचार गरिरहेको बताएको थियो । त्यसपछि मञ्चले श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर मलेसियाको सिण्डिकेट रोक्न ध्यानाकर्षण गराएको थियो ।

हजारौं व्यवसायीले व्यवसाय गरिरहेको अवस्थामा सीमितले मात्र व्यवसाय गर्छु भनेर सोच्नु दिवास्वप्न हो । त्यो हुनै सक्दैन ।
Bhuwan-Singh-Gurung-1739180401.jpg
भुवनसिंह गुरुङ
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ  

मलेसियाले रोजगार खुलाउनुअघि पनि यसैगरी एकाधिकार ल्याउन खोजिएको विषयले व्यवसायीमाझ चर्चा पाएको थियो । हालसम्म २५ जना व्यवसायी मिलेर सिण्डिकेट लागू गर्न खोजिएको बताइन्छ । तर ती २५ जना व्यवसायी को–को हुन् भन्ने कसैले पनि बाहिर ल्याउन सकेका छैनन् । यस विषयमा व्यवसायीका आ–आफ्नै तर्कबाहेक ठोस प्रमाण छैन ।

Hardik health

संघका निवर्तमान महासचिव मेघनाथ भुर्तेल सिण्डिकेट लगाउन सम्भव नरहेको बताउँछन् । अहिले चलेको हल्ला केवल काल्पनिक मात्र भएको उनको दाबी छ । यो हल्लाले सशंकित बनाउने काम गरेको उनले बताए । ‘गत फेब्रुअरी २६ मा दूतावासको पत्र सामाजिक संजालमा भेटिएपछि दूतावासलाई हामीले विभिन्न माध्यमबाट सोध्दा पत्रको विषयमा केही थाहा छैन भनेको थियो । त्यस्तै एकपटक मलेसियाबाटै श्रमिक पठाउन त्यत्रा हजारौं म्यानपावर आवश्यक छैन भन्ने कुरा आएको सुन्यौं । यस विषयमा सोध्दा सरकारले थाहा छैन भनेको थियो,’ भुर्तेलले भने, ‘यी घटनालाई हेर्दा शंका गर्ने ठाउँ छन् । तर यसलाई पुष्टि गर्ने आधार भेटिएको छैन । हल्लैहल्लाको देशमा नभएको कुरा पनि हो जस्तै बनाइदिन्छन् ।’ 

सिण्डिकेट ल्याउन नेपालमा सम्भव छैन । यो ‘हाइपोथेटिकल’ हो । अफवाह फैलाएर व्यवसायीलाई त्रसित बनाउन खोजिएको हुनसक्छ । 
Meghnath-Bhurtel-1739180403.jpg
मेघनाथ भुर्तेल
निवर्तमान महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

सरकारलाई सोध्दा होइन भन्ने कुरा आउने गरेको तर बजारमा अर्कै हल्ला सुनिने गर्दा यथार्थ पत्ता लगाउन कठिन भएको भुर्तेलले बताए । अफवाह फैलाएर व्यवसायीलाई त्रसित बनाउन खोजिएको हुनसक्ने आशंका उनले व्यक्त गरे । ‘यो–यो कारणले हो भनेर प्रस्ट पार्ने आधार पनि छैन । होइन भनौं भने विगतमा गाम्का, बायोमेट्रिक्स त्यसैगरी आएका छन् । यसर्थ सिण्डिकेटको यथार्थ के हो भन्ने अन्योल नै छ,’ भुर्तेलले भने । संघको वर्तमान कार्यसमितिले पत्रिकामा विज्ञप्ति निकालेर पन्छिने काममात्र नगरी सम्बन्धित निकायसँग लबिइङ गरेर सत्यसथ्य पत्ता लगाउनुपर्ने उनको सुझाव छ ।

संघका अध्यक्ष भुवनसिंह गुरुङ सिण्डिकेट कुनै पनि हालत लागू हुन नदिने बताउँछन् । ‘आमव्यवसायीले व्यवसाय गरेर जीविकोपार्जन गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । हजारौं व्यवसायीले व्यवसाय गरिरहेको अवस्थामा सीमितले मात्र व्यवसाय गर्छु भनेर सोच्नु दिवास्वप्न हो । त्यो हुनै सक्दैन,’ गुरुङले भने ।मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरे मुलुकमा सिण्डिकेट लागू गर्ने कानुनी प्रावधान नै नभएको बताउँछन् । त्यसैले सिण्डिकेट लगाउन सम्भवै नभएको उनको भनाइ छ । ‘बजारमा सबैलाई खुलारुपमा प्रतिस्पर्धा गर्ने अधिकार छ । व्यवसायीले भनेजस्तो २५ वटा कम्पनीलाई मात्र कोटा दिने अधिकार सरकारलाई हुन्छ होला त ?,’ उनले प्रश्न गरे ।


बजारमा सबैलाई खुलारुपमा प्रतिस्पर्धा गर्ने अधिकार छ । २५ वटा कम्पनीलाई मात्र कोटा दिने अधिकार सरकारलाई हुन्छ होला त ?
Danduraj-Ghimire-1741068112.jpg
डण्डुराज घिमिरे
प्रवक्ता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

 

मलेसियाको कम्पनीसँग समन्वय गरेर मागपत्र ल्याउने काम म्यानपावर कम्पनी आफैंले गर्ने भएकाले यो प्रक्रियामा सरकार कहीँ पनि संलग्न नहुने उनले प्रस्ट पारे । ‘यहाँका म्यानपावरले मलेसियाका कम्पनीसँग सम्झौता नगरी कामदार लैजाने काम हुँदैन । सिस्टमले गर्नै नमिल्ने बनाइदिएको छ । मान्छेको दिमागमा त जे पनि आउँछ । तर चाहनु र गर्नुमा फरक छ । यदि त्यस्तो भएको भए यहाँ आगो बल्दैनथ्यो ? यो हुनै सक्दैन,’ प्रवक्ता घिमिरेले भने ।


 


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १०:५२
#मलेसिया_रोजगारी #सिण्डिकेट
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP