Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #संविधान_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • मगर भाषा संरक्षण तालिम
मगर भाषा संरक्षण तालिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १६, २०८२

गलकोट - बागलुङको काठेखोला गाउँपालिकाले मगरभाषा संरक्षणका लागि अभियान थालेको छ । आदिवासी जनजातीमध्येका मगर समुदायले बोल्ने मगर खाम र मगर ढुट भाषा लोप हुन थालेपछि संरक्षणका लागि प्रशिक्षण अभियान थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पहिलो चरणमा काठेखोला–१ का मगर समुदायलाई एकमहिने मगर भाषा (ढुट) तालिम दिएको छ । परापूर्वकालमा मगर खाम भाषा र मगर ढुट भाषा बोल्दै आएका गाउँवासीलाई मगर ढुट भाषासम्बन्धी एकमहिना लामो प्रशिक्षण दिइएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए ।

उनले काठेखोला–१ बाट थालेको मगर भाषा प्रशिक्षण तामिललाई गाउँपालिकाभर अभियानका रुपमा चलाइने बताए ।  उनले आफ्नो भाषा संस्कृति र संस्कारलाई जोगाउनु गाउँपालिकाको कर्तव्य रहेको जनाउँदै गाउँपालिका भरका मगर समुदायलाई मगर भाषा सिकाइने बताए । पछिल्लो समय चलनचल्तीको भाषाका रुपमा मगर ढुटलाई लिनेगरी अभियान थालिएको छ ।  

Hardik health

पहिलोपटक गाउँपालिकाले करिना, धिमी र दोबिल्लाका ७५ जनालाई एकमहिने मगर भाषा प्रशिक्षण सम्पन्न गरिएको थापाको भनाइ छ । “पछिल्ला पुस्ताले मगर भाषा बोल्नै जान्दैनन्, भाषाको पुस्तान्तरण गर्न आवश्यक देखियो, त्यसैले भाषामा दख्खल राख्ने प्रशिक्षकले एक महिना लामो मगर भाषा प्रशिक्षण दिनुभएको छ, दोस्रो चरणमा अर्को वडामा समेत प्रशिक्षण गर्नेछौँ”, थापाले भने “प्रशिक्षणमा सहभागी स्थानीयले कम्तीमा मगर भाषामा सामान्य कुराकानी गर्न सिक्नुभएको छ, सिकेको भाषालाई परिवारका सदस्यलाई सिकाउन आग्रह गरिएको छ ।” 

एक महिना लामो तालिमले मगर भाषाको विषयमा सामान्य जानकारी र कुराकानी गर्न सिकेको तालिममा सहभागी स्थानीय पूर्णबहादुर थापा मगरले बताए । तालिममा ७५ महिला, पुरुष तथा युवा सहभागी रहेका थिए । सामान्य घरायसी कामकाजका लागि मगर भाषामा कुराकानी गर्न सक्ने भइएको भए पनि प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयको माग छ । 

गलकोट राज्यको पालामा तामाखानी खन्ने क्रममा यस वडाका मगर समुदायलाई खाम भाषा बोल्न रोक लगाइएपछि भाषा बिस्तारै लोप भएर जान किंवदन्ती रहेको काठेखोला–१ का वडाध्यक्ष खडक थापाले बताए । यहाँका मगरहरुले गलकोट राज्यअन्तर्गत पर्ने विभिन्न खानीमा काम गर्ने र खाम भाषा बोल्ने गरे पनि अरूले खाम भाषा नबुझ्दा समस्या भएको भन्दै खानी खन्ने क्रममा खाम भाषा बोल्न नपाइने नियम लगाइएपछि मगर भाषा बिस्तारै लोप भएर जान थालेको र पछि मगर भाषा तालिम दिइएकोे वडाध्यक्ष थापाले बताए । 

दुई पुस्तालाई एकै ठाउँमा राखेर प्रशिक्षण दिइएको थापाले बताए । ७५ जनालाई तालिम दिइएको प्रशिक्षक तनहुँको घिरिङ निवासी दिलीप थापा मगरले बताए। उनले आफूले सिकेका कुरा स्थानीयले घरमा मात्रै लागू गरेमा भाषा संरक्षणमा समस्या नहुने उनको भनाइ छ । 

एक महिना पाँच दिनसम्म सञ्चालनमा आएको तालिममा धिमिका १८, दोबिल्लाका १८ र करिनाका ३९ मगर समुदायलाई तालिम दिइएको थियो । तालिमको प्रशिक्षण खर्च रु एक लाख गाउँपालिकाले उपलब्ध गराएको र अन्य खर्च स्थानीयले गरेका थिए । तालिमपश्चात् मगर भाषामा सामान्य कुराकानी गर्न थालिसकेको वडाध्यक्ष थापाले बताए। नेपाली मगर माषामा (ढुट, खाम, काइके र पोइके) प्रचलित भाषा हुन् । 


प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १४:५८
#मगर_भाषा
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै
गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै बिहीबार, असोज २, २०८२
मन्त्री घिसिङको निर्देशनपछि तातोपानी सडक बनाउन तातियो विभाग
मन्त्री घिसिङको निर्देशनपछि तातोपानी सडक बनाउन तातियो विभाग बिहीबार, असोज २, २०८२
नौ हजार कैदीबन्दी जेलबाहिर, त्रासमा अपराधपीडित
नौ हजार कैदीबन्दी जेलबाहिर, त्रासमा अपराधपीडित बिहीबार, असोज २, २०८२
बिल नभएकाे सुनचाँदी खरिदबिक्री नगर्न प्रहरीकाे  आग्रह
बिल नभएकाे सुनचाँदी खरिदबिक्री नगर्न प्रहरीकाे आग्रह बुधबार, असोज १, २०८२
दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट
दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट बुधबार, असोज १, २०८२
खोलियाे कोशी ब्यारेजका २७ ढोका
खोलियाे कोशी ब्यारेजका २७ ढोका बुधबार, असोज १, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP