Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
समाचार
  • Home
  • समाचार
  • लहानको सहिद स्मारक स्थानान्तरण गरिने
कञ्चनपुर–कमला सडक विस्तार लहानको सहिद स्मारक स्थानान्तरण गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १६, २०८२

सिरहा- लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन स्थानान्तरण गरिन लागेको हो ।

यसका लागि सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्यव समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबीच भएको छलफलमा उक्त स्मारक व्यवस्थापनका लागि सहमति जुटेको हो । 

सहमतिअनुसार सडकको बीच भागमा रहेको सहिद स्मारक हाललाई करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवनको अगाडि स्थानान्तरण गरिने नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । “लामो प्रयास र निरन्तरको छलफलपछि चार लेन सडक विस्तारका लागि अवरोध नहोस् भन्ने उद्देश्यले सालिकलाई स्थानान्तरण गर्ने निर्णय भएको हो । अब यसमा कसैको अवरोध रहँदैन”, उनले भने, “सर्वपक्षीय सहमतिअनुसार सडक निर्माण सम्पन्न भएपछि उक्त सालिकलाई पुनः साविककै स्थानमा व्यवस्थित ढङ्गले पुनःस्थापना गर्न सकिने छ ।”

Hardik health

कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिका लागि चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ठेक्का पाएर विगत चार वर्षदेखि काम गरिरहेको छ । यस क्रममा लहान बजारको मुख्य चोकमा ‘फ्लाइओभर’ र ‘अन्डरपास’ संरचना निर्माणका लागि सडकको बीच भागमा रहेको मधेस आन्दोलनका क्रममा सहिद भएका रमेश महतो, विजय सहनी, प्रमोद सदा, बेचन यादव र मोहम्मद अनिस अन्सारीको सम्झनामा निर्मित स्मारकको कारण समस्या हुँदै आएको थियो ।
 
उक्त स्मारक व्यवस्थापन गर्ने सहमति जुटेसँगै अब सडक विस्तार तथा स्तरोन्नतिको काम तीव्रगतिमा विकास गरिने निर्माण कम्पनीले जनाएको छ । कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिरहा)का प्राविधिक शाखाका सूचना अधिकारी तथा इञ्जिनियर सरोज कोइरालाको अनुसार बजार क्षेत्रअन्तर्गत मिर्चैयामा ‘ओभरपास’ निर्माणका लागि चाहिने २४ वटा पाइल फाउन्डेसनमध्ये १६ तयार भइसकेको छ । तर लहानको मुख्यचोकमा रहेको सहिदपार्क नहट्दा अहिलेसम्म एउटा पनि पाइल फाउन्डेसन निर्माणको कार्य सुरु भएको छैन । सूचना अधिकारी कोइरालाले भन्नुभयो, “उक्त सहिद स्मारक अन्यन्त्र सार्नका लागि लहान नगरपालिकालाई लामो समयदेखि ध्यानाकर्षण गराउँदै आएका थियौँ । हिजो उक्त स्मारकलाई त्यहाँबाट स्थानान्तरण गर्ने निर्णय भएसँगै अब तीव्रगतिका साथ सडक निर्माणको काम अघि बढ्छ ।”
 
उनका अनुसार यस आयोजनाको पश्चिम खण्ड कुशहाबाट कमलासम्मको ४७.४१ किलोमिटर सडक निर्माणको प्रगति विवरण हालसम्म ६० प्रतिशत सम्पन्न भइसकेको छ । सन् २०२५ डिसेम्बर ३१ सम्म यस आयोजना सम्मन्न गरिसक्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १२:२१
#लहान #कञ्चनपुर–कमला सडक
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै बुधबार, चैत ११, २०८२
पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता बुधबार, चैत ११, २०८२
घोषित मितिमै निर्वाचन गर्न आयोग सफल : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
घोषित मितिमै निर्वाचन गर्न आयोग सफल : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी बुधबार, चैत ११, २०८२
मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको रुपमा बालेनको शपथ हुने
मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको रुपमा बालेनको शपथ हुने बुधबार, चैत ११, २०८२
महानगरपालिका काव  प्रमुख डंगोलबाट कार्यसम्पादन प्रणालीको अनुगमन शुरू
महानगरपालिका काव प्रमुख डंगोलबाट कार्यसम्पादन प्रणालीको अनुगमन शुरू बुधबार, चैत ११, २०८२
कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्
कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन् बुधबार, चैत ११, २०८२
ठमेलबाट युगाण्डाका २० महिला पक्राउ
ठमेलबाट युगाण्डाका २० महिला पक्राउ बुधबार, चैत ११, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP