Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गभर्नर नियुक्तिमा गठबन्धन दल सहमतिनजिक
गभर्नर नियुक्तिमा गठबन्धन दल सहमतिनजिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १५, २०८२
  • प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटपछि डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न दबाब
  • भट्टलाई कांग्रेसको कोटाबाट गभर्नरमा सिफारिस गरिँदै
  • गभर्नर सिफारिस समितिमा एक सदस्य थप भएसँगै नयाँ गभर्नर नियुक्ति अघि बढ्ने

काठमाडौं– नयाँ गभर्नर कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दल सहमतिनजिक पुगेका छन् । शनिबार राति प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको लामो छलफलपछि गठबन्धन दल गभर्नर नियुक्तिमा सहमतिनजिक पुगेका हुन् ।

थाइल्याण्ड भ्रमणबाट फर्केपछि देउवा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । उक्त भेटमा सरकार परिवर्तनबारे चलेका पछिल्ला चर्चा, गभर्नर नियुक्ति, शिक्षक आन्दोलनका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनायो ।गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्दै कांग्रेसका नेतहरुले असन्तुष्टि जनाउँदै आएका थिए । कांग्रेसको प्रमुख असन्तुष्टि भनेको गभर्नर आफूनिकटकालाई बनाउनुपर्छ भन्ने हो ।

यसकारण पनि कांग्रेस महामन्त्री गगन थापाले यो प्रकरणमा बिचौलियाले प्रधानमन्त्रीको बेडसम्मै पहुँच बनाइसकेको आरोप लगाएका थिए । देउवासँग भेटेपछि प्रधानमन्त्री ओलीले यसको प्रमाण देखाउन चुनौती दिएका छन् । ‘प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच पुग्या छ रे... दया लाग्छ तिनको त्यस्ता शब्द सुन्दा, के बोलेको त्यो ? त्यस्ता कुराहरु प्रमाणित गर्न सक्छन् तिनले ?,’ ओलीले चुनौती दिए ।

यसैबीच नेपाल राष्ट्र बैंकले आइतबार गभर्नरविनै ७०औं वार्षिकोत्सव मनायो । चैत २४ गतेयता राष्ट्र बैंकको नेतृत्व खाली छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच कसरलाई गभर्नर बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा नेतृत्वविनै राष्ट्र बैंकले वार्षिकोत्सव मनाएको हो ।

Hardik health

सिफारिस समिति सदस्यको खोजी
चैत ११ गतेको मन्त्रिपरिषद्ले उपप्रधान एवं अर्थमन्त्री पौडेलको नेतृत्वमा तीन सदस्यीय गभर्नर सिफारिस समिति गठन गरेको थियो । उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल रहेकोमा भट्टराईले एक साताअघि मात्र राजीनामा दिए । 

सिफारिस समितिको बैठक नै नबसी गभर्नर नियुक्त गर्न लागेकोमा असन्तुष्टि जनाउँदै भट्टराईले राजीनामा दिएका हुन् । योसँगै नयाँ गभर्नर सिफारिस समितिमा एक सदस्य रिक्त रहेको छ ।देउवा र ओलीबीच शनिबार सिफारिस समितिमा केही पूर्वगभर्नरहरुलाई नियुक्त गरेर गभर्नर नियुक्तिका लागि अन्तिम नाम सार्वजनिक गर्ने तयारीको विषयमा पनि छलफल भएको अर्थले जनाएको छ ।

उक्त पदमा पूर्वगभर्नर डा. तिलक रावल वा डा. चिरञ्जीवी नेपालमध्ये एक जनालाई ल्याउने तयारी भइरहेको छ । प्रस्तावित दुवै नेपाली कांग्रेसनिकट हुन् ।

सरकार नढल्नेमा ढुक्क ओली
गभर्नर नियुक्ति प्रकरणकै कारण धरमरमा परेको ओली गभर्नर पद कांग्रेसलाई सुम्पिएपछि ढुक्क सुनिएका छन् । मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलन उद्घाटनका क्रममा आइतबार उनले यस्तो बताएका हुन् ।

‘एउटा कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न हाम्राविरुद्ध विभिन्न प्रकारका लाञ्छना र आरोप लगाउने । अर्को ढल्यो, ढल्यो, ढल्यो सरकार ढल्यो । अहिले ढल्यो, भरे ढल्यो भन्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘शेरबहादुरजी फर्कनेबित्तिकै ढल्यो । शेरबहादुरजीले चिसो पानी टाउकाबाट खन्याएपछि फेरि छक्क परेका छन् ।’

अहिले एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता भएको तर्क गर्दै ओलीले स्थिरता, विकास र सुशासनले गति लिन थालेको दाबी गरे । ‘झूटा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौं, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौं, हामीले कुनै अपराध गरिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘आजकल नीलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् ।

तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन । एमाले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौं । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौं ।’

भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कायममुकायम गभर्नर नीलम ढुंगानालाई डाकेर डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन् । आइतबार अर्थमन्त्री पौडेलले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएको अर्थ मन्त्रालय स्रोतले जनायो । 

भट्टले यसअघि नै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा विचाराधीन रहेको छ । यता अर्का प्रत्यासी राष्ट्र बैंकका नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठको राजीनामा भने अस्वीकृत भइसकेको छ । श्रेष्ठ एमालेनिकट प्रत्यासी हुन् ।

यद्यपि गभर्नरमा उनको नाम चर्चामा आएको भन्दै राजीनामा रोकिएको थियो । शनिबार देउवा र ओलीबीचको भेटमा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । छलफलमा गभर्नर भट्टलाई बनाउने विषयमा सहमतिनजिक पुगेको बालुवाटार स्रोतको दाबी छ ।
 


प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘उपत्यकाको एकीकृत विकासमा जोड’
‘उपत्यकाको एकीकृत विकासमा जोड’ बुधबार, माघ २१, २०८२
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा बुधबार, माघ २१, २०८२
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो बुधबार, माघ २१, २०८२
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती मंगलबार, माघ २०, २०८२
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल सोमबार, माघ १९, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP