काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारततर्फ प्रस्थान गरेका छन्।
उनी तीन दिने भ्रमणका लागि पत्नी नीकितासहित आज बिहान भारततर्फ प्रस्थान गरेका हुन्।
आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका उनीहरु त्यहाँबाट भारततर्फ लाग्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।
उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्ने र यो उनको निजी भ्रमण रहेको उल्लेख छ।