Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवाको बोलीले ढुक्क ओली
देउवाको बोलीले ढुक्क ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १४, २०८२
File Photo

 

  •  देउवाले सरकार ढल्दैन भन्दा ओली विश्वस्त
  •  माओवादी अध्यक्ष दाहाल सरकार ढल्ने भनाइ दोहो¥याइरहँदा र कांग्रेसकै नेताहरूले सरकारको आलोचना गर्दा ओली आत्तिएका थिए
  •  सरकार ढल्छ भन्ने नेताहरु फत्रक्क परेको ओलीको टिप्पणी
  •  विद्यालय शिक्षा र संघीय निजामती विधेयक छिटो निष्कर्षमा पु¥याउन पहल गर्ने एमाले संसदीय दलको निर्णय

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षको दिन र त्यसपछि लगातार नयाँ सरकार बन्ने दाबी गरे । दाहालको दाबीलाई बल पुग्नेगरी कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापादेखि अन्य नेताहरूले पनि कांग्रेस समर्थित ओली सरकारको विकल्प खोज्ने आशयका अभिव्यक्ति दिए । 

दाहाल र कांग्रेसका असन्तुष्ट नेताहरूको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएका थिए । तर, शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्डको बैंककबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सरकार ढल्छ ? भनेर प्रश्न सोध्दा देउवाले सरकार नढल्ने जवाफ दिए । देउवाको यो भनाइले प्रधानमन्त्री ओली ढुक्क देखिएका छन् । पार्टी संसदीय दलको बैठकमा शनिबार उनले सरकार नढल्ने देउवाको अभिव्यक्तिले दाहालसहितका विपक्षी नेताहरू फत्रक्क परेको टिप्पणी गरे । दाहाललाई लक्षित गर्दै उनले पुर्पुरोमा हात हालेर थचक्कै ढलेको कटाक्ष गरे । 

‘शेरबहादुरजीले हिजै (शुक्रबार) जवाफ दिनुभयो । त्यसपछि पुर्पुरोमा हात लगाएर विचराहरू थचक्क बसे । सरकार ढल्दैन भनेपछि थुचुक्कै हुँदा रहेछन्, पुर्पुरोमा हात लगाएर,’ उनले बैठकमा भने ।ओलीले देउवा थाइल्याण्ड भ्रमणबाट फर्कनुअघि सरकार ढल्ने भन्दै निकै हल्ला भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गरे । ‘हिजोसम्म आगै बाल्न खोजेका थिए । शेरबहादुरजी फर्केर आउँदा एयरपोर्टबाटै सरकार ढल्छ कि जस्तो पारेका थिए । सरकार ढल्छ कि ढल्दैन भन्ने कुरामा नलाग्नूस्, त्यसको जिम्मा हामीलाई छाडिदिनूस्,’ उनले सांसदहरूलाई भने, ‘आफ्नो काममा लाग्नूस् भनेको त प्रधानमन्त्रीले आश मारिसके छन् भनेर अर्को भाषा प्रयोग गरियो ।’

Hardik health

कांग्रेसका संस्थापन र इतरपक्षीय नेताहरू ओली सरकारको कामप्रति सन्तुष्ट छैनन् । दुईतिहाइ बहुमतवाला सरकारको यस्तो तालले जनतामा आशा जगाउन नसक्ने उनीहरूको ठहर छ । काम गर्न नसकेका मन्त्रीलाई फेर्न पनि उनीहरूले सुझाउने गरेका छन् । यस्तोमा ओलीले भने दबाब महसुस गरेको देखिएको छ । उनले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरूलाई लक्षित गर्दै देउवा प्रधानमन्त्री बनाउन पनि प्रतिक्षा गर्न आग्रह गरेका थिए । उनले अबको १५ महिना पर्खिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीको यो हतास मानसिकता मिश्रित अभिव्यक्ति थियो । तर, देउवाले सरकार ढल्दैन भनेपछि ओली विश्वस्त देखिएका छन् ।

शिक्षा र निजामती विधेयकबारे एमालेको निर्णय 
नेकपा एमालेले विद्यालय शिक्षा र संघीय निजामतीलगायतका विधेयक छिटोभन्दा छिटो निष्कर्षमा पु¥याउन पहल गर्ने भएको छ । शिक्षकहरू आन्दोलनमा रहेको र निजामती कर्मचारीहरूले आन्दोलन गर्ने चेतावनी दिएपछि एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

हाल शिक्षा विधेयकमाथि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफल जारी छ । संघीय निजामती विधेयक पनि दफावार छलफलमै छ ।संविधान जारी भएपछिको तीन वर्षमा आवश्यक ऐन बनाउनुपर्ने संवैधानिक प्रावधान छ । तर, संविधान जारी भएको १० वर्ष हुन लाग्दासम्म शिक्षा र निजामतीलगायत ऐन जारी नहुँदा सरोकारवाला पक्षहरू आन्दोलित हुने स्थितिबीच एमालेले ती विधेयकहरूलाई निष्कर्षमा पु¥याउने पहल गर्ने निर्णय गरेको हो । 

एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने, ‘संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, संघीय निजामती विधेयकलगायत र अन्य विचाराधीन विधेयकहरूलाई गुणस्तरीय कानुन बनाउनेगरी छिटोभन्दा छिटो निष्कर्षमा पु¥याउन नेकपा एमाले संसदीय दल र सदस्यहरूले प्रभावकारी पहलकदमी लिने निर्णय भयो ।’

बैठकले संसदीय काम र जिम्मेवारीलाई मुख्य प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ सम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट दलका सम्पूर्ण सदस्यहरूलाई निर्देशन भएको पनि बर्तौलाले बताए । 
 


प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP