Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवाको बोलीले ढुक्क ओली
देउवाको बोलीले ढुक्क ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १४, २०८२
File Photo

 

  •  देउवाले सरकार ढल्दैन भन्दा ओली विश्वस्त
  •  माओवादी अध्यक्ष दाहाल सरकार ढल्ने भनाइ दोहो¥याइरहँदा र कांग्रेसकै नेताहरूले सरकारको आलोचना गर्दा ओली आत्तिएका थिए
  •  सरकार ढल्छ भन्ने नेताहरु फत्रक्क परेको ओलीको टिप्पणी
  •  विद्यालय शिक्षा र संघीय निजामती विधेयक छिटो निष्कर्षमा पु¥याउन पहल गर्ने एमाले संसदीय दलको निर्णय

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षको दिन र त्यसपछि लगातार नयाँ सरकार बन्ने दाबी गरे । दाहालको दाबीलाई बल पुग्नेगरी कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापादेखि अन्य नेताहरूले पनि कांग्रेस समर्थित ओली सरकारको विकल्प खोज्ने आशयका अभिव्यक्ति दिए । 

दाहाल र कांग्रेसका असन्तुष्ट नेताहरूको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएका थिए । तर, शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्डको बैंककबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सरकार ढल्छ ? भनेर प्रश्न सोध्दा देउवाले सरकार नढल्ने जवाफ दिए । देउवाको यो भनाइले प्रधानमन्त्री ओली ढुक्क देखिएका छन् । पार्टी संसदीय दलको बैठकमा शनिबार उनले सरकार नढल्ने देउवाको अभिव्यक्तिले दाहालसहितका विपक्षी नेताहरू फत्रक्क परेको टिप्पणी गरे । दाहाललाई लक्षित गर्दै उनले पुर्पुरोमा हात हालेर थचक्कै ढलेको कटाक्ष गरे । 

‘शेरबहादुरजीले हिजै (शुक्रबार) जवाफ दिनुभयो । त्यसपछि पुर्पुरोमा हात लगाएर विचराहरू थचक्क बसे । सरकार ढल्दैन भनेपछि थुचुक्कै हुँदा रहेछन्, पुर्पुरोमा हात लगाएर,’ उनले बैठकमा भने ।ओलीले देउवा थाइल्याण्ड भ्रमणबाट फर्कनुअघि सरकार ढल्ने भन्दै निकै हल्ला भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गरे । ‘हिजोसम्म आगै बाल्न खोजेका थिए । शेरबहादुरजी फर्केर आउँदा एयरपोर्टबाटै सरकार ढल्छ कि जस्तो पारेका थिए । सरकार ढल्छ कि ढल्दैन भन्ने कुरामा नलाग्नूस्, त्यसको जिम्मा हामीलाई छाडिदिनूस्,’ उनले सांसदहरूलाई भने, ‘आफ्नो काममा लाग्नूस् भनेको त प्रधानमन्त्रीले आश मारिसके छन् भनेर अर्को भाषा प्रयोग गरियो ।’

Hardik health

कांग्रेसका संस्थापन र इतरपक्षीय नेताहरू ओली सरकारको कामप्रति सन्तुष्ट छैनन् । दुईतिहाइ बहुमतवाला सरकारको यस्तो तालले जनतामा आशा जगाउन नसक्ने उनीहरूको ठहर छ । काम गर्न नसकेका मन्त्रीलाई फेर्न पनि उनीहरूले सुझाउने गरेका छन् । यस्तोमा ओलीले भने दबाब महसुस गरेको देखिएको छ । उनले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरूलाई लक्षित गर्दै देउवा प्रधानमन्त्री बनाउन पनि प्रतिक्षा गर्न आग्रह गरेका थिए । उनले अबको १५ महिना पर्खिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीको यो हतास मानसिकता मिश्रित अभिव्यक्ति थियो । तर, देउवाले सरकार ढल्दैन भनेपछि ओली विश्वस्त देखिएका छन् ।

शिक्षा र निजामती विधेयकबारे एमालेको निर्णय 
नेकपा एमालेले विद्यालय शिक्षा र संघीय निजामतीलगायतका विधेयक छिटोभन्दा छिटो निष्कर्षमा पु¥याउन पहल गर्ने भएको छ । शिक्षकहरू आन्दोलनमा रहेको र निजामती कर्मचारीहरूले आन्दोलन गर्ने चेतावनी दिएपछि एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

हाल शिक्षा विधेयकमाथि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफल जारी छ । संघीय निजामती विधेयक पनि दफावार छलफलमै छ ।संविधान जारी भएपछिको तीन वर्षमा आवश्यक ऐन बनाउनुपर्ने संवैधानिक प्रावधान छ । तर, संविधान जारी भएको १० वर्ष हुन लाग्दासम्म शिक्षा र निजामतीलगायत ऐन जारी नहुँदा सरोकारवाला पक्षहरू आन्दोलित हुने स्थितिबीच एमालेले ती विधेयकहरूलाई निष्कर्षमा पु¥याउने पहल गर्ने निर्णय गरेको हो । 

एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने, ‘संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, संघीय निजामती विधेयकलगायत र अन्य विचाराधीन विधेयकहरूलाई गुणस्तरीय कानुन बनाउनेगरी छिटोभन्दा छिटो निष्कर्षमा पु¥याउन नेकपा एमाले संसदीय दल र सदस्यहरूले प्रभावकारी पहलकदमी लिने निर्णय भयो ।’

बैठकले संसदीय काम र जिम्मेवारीलाई मुख्य प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ सम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट दलका सम्पूर्ण सदस्यहरूलाई निर्देशन भएको पनि बर्तौलाले बताए । 
 


प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP