Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • उद्योगमा कोभिडको असर कायमै
उद्योगमा कोभिडको असर कायमै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ८, २०८२

चितवन-  कोरोना महामारीका कारण बन्द भएका उद्योगको समस्या अझै समाधान हुन सकेको छैन । निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन थालेपनि अधिकांश उद्योगमा कोरोनाको असर अझै कायमै रहेको जानकारहरुको भनाइ छ ।

नेपाल उद्योग परिसङ्घ वागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रदेशभित्रका ४० प्रतिशत उद्योग अझै बन्द अवस्थामा रहेको बताए । सञ्चालनमा रहेका ६० प्रतिशतमध्ये १० प्रतिशत मात्रै नाफामा रहेको उनको भनाइ छ । उद्योग सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका कँडेल बैंकको ऋणका लागि मात्रै उद्योग चलाउने धेरै रहेको बताए । 

उनले भने, “ऋण थप्दै जाँदा अहिले धितोले ऋण नधान्ने अवस्थामा पुगेको छ, यसले उद्योगमा ऋण लगानी गर्ने बैंकलाई पनि समस्या भएको छ”, उनले थपे “बल्लतल्ल उत्पादन सुरु भए पनि माग बढ्न नसकेको अवस्था छ ।” 

कच्चापदार्थ किन्ने पैसा नहुँदा कम क्षमतामा उद्योग सञ्चालन हुँदा घाटा चुलिँदै गएको उनले बताउनुभयो । बढ्दो ऋणका कारण उद्योगको अवस्था कमजोर बनेको उनको बुझाइ छ । “गत वर्षसम्म महँगो बैंक ब्याजले पनि उद्योगलाई अप्ठ्यारो पारेको थियो । मजदुरको बढ्दो ज्याला, महँगो ढुवानी, कच्चापदार्थको मूल्यवृद्धिलगायतका कारण नेपाली उत्पादनको लागत बढेको र विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ”, कँडेलले बताए। 

Hardik health

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेल कोरोनाकै कारण धेरै पोल्ट्री व्यवसायीले पेसा छाडिसकेको बताए । सञ्चालनमा रहेका अधिकांश उद्योग ऋणको मारमा रहेको उनको भनाइ छ । वर्षदिनमा एक पटक अण्डाले लागत मूल्य पाउँदा सरकारी निकायको ध्यानाकर्षण हुने भए पनि वर्षांैसम्म नोक्सानमा काम गर्नुपर्दा राज्यले ध्यान नदिएको उनको गुनासो छ ।
     
भारतीय सीमा क्षेत्रबाट अवैध रुपमा भित्रिने पोल्ट्रीजन्य पदार्थ रोकिए मात्रै पनि यहाँका पोल्ट्री व्यवसायीलाई केही राहत मिल्ने उनको बुझाइ छ । यस्तै अवस्था रहेमा आत्मनिर्भर यो व्यवसाय समाप्त भएर जाने उनको दाबी छ । 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डे आधा होटल आर्थिक सङ्कटमा परेको बताए । होटल चल्नका लागि कम्तीमा औसतमा ६० प्रतिशत अकुपेन्सी हुनु्पर्छ तर हाल औसतमा ५० प्रतिशतभन्दा कममा सञ्चालन हुनुपरिरहेको अवस्था छ । 

दिनहुँ घाटा बढ्दै जाँदा पर्यटन उद्योगमा सङ्कट थपिँदै गएको उनको दाबी छ । विदेशी पर्यटकको सङ्ख्या नबढाएसम्म आर्थिक समृद्धि नहुने भन्दै उनले नेपाली पर्यटक आएर मात्रै क्षणिक सञ्चालन हुन सकेपनि दीर्घकालीन समस्या समाधान नहुने बताए । 

चितवनको पर्यटन व्यवसाय प्रभावित हुनुको प्रमुख कारण सडक सञ्जाल पनि भएको उनको भनाइ छ । भैरहवा, पोखरा र काठमाडौँबाट आउने पर्यटक सडकका कारण आउन नसकेको उनले बताए । उनले भने “ट्राभल कम्पनीहरुले सडकका कारण पर्यटक पठाउनै छाडेका छन् ।” 

कोभिडपछि व्यवसाय सञ्चालन हुन नसक्दा कतिपय होटलमा बैंकले ताला लगाउने अवस्था समेत आएको उनको भनाइ छ । उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी कोभिडपछि बजार क्षेत्रका धेरै पसल बन्द भएको बताए । 

समग्र अर्थतन्त्र प्रभावित भएपछि उद्योग र व्यवसाय पनि प्रभावित बनेको उनको भनाइ छ । सरकारले उद्योग व्यवसायका समस्यालाई मसिनो गरी केलाएर सम्बोधन गर्नुपर्ने उहाँको माग छ । ऋण थप्दै जाँदा धितोले धान्न नसक्ने अवस्थामा उद्योगी पुगेको उनले बताए । उनले भने “अब पनि सरकारले सम्बोधन गरेन भने नेपालमा उद्योग टिकाउन निकै सकस हुन्छ ।”

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतमले भने लामो समयको मेहनत र लगानीपछि गौमन्त्र नामक अग्र्यानिक मल कम्पनी लयमा फर्किएको बताए । उनले कमर्सियल अर्गानिक एग्रिकल्चर कन्सेप्ट प्रालि सञ्चालन गर्दै आएका छन्  । गौतमले भने “कोरोना महामारीका कारण केही समय उत्पादन ठप्प गरेको कम्पनी अहिले बल्लतल्ल लयमा फर्किएको छ, तर अहिले पनि समस्या बाँकी नै छन्, माग बढ्न नसक्दा उत्पादनले बजार पाउन सकेको छैन”, उनले भने । 


प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP