Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता धरापमा परेपछि कांग्रेसलाई गभर्नर दिन ओली तयार
सत्ता धरापमा परेपछि कांग्रेसलाई गभर्नर दिन ओली तयार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ५, २०८२
FILE PHOTO

काठमाडौं– सत्ता नै धरमरमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली भागबण्डाको आधारमा गभर्नर पद कांग्रेसलाई छाड्न तयार भएका छन् । यसअघि एमाले अध्यक्षसमेत रहेका ओलीले गभर्नर कांग्रेसलाई नदिने लिएका थिए ।

नेपाल विद्युत प्राधिकरणलगायत विभिन्न ठाउँका प्रमुख नियुक्तीमा एमालेले आफूनिकटकालाई नियुक्त गरेपछि कांग्रेस रुष्ट बनेको थियो । यसपछि कांग्रेस योजनाबद्ध रुपमा विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नजिकिएका थिए ।

माओवादी अध्यक्ष दाहालले नयाँ वर्ष लागेसँगै सरकार परिवर्तन हुने बताएसँग एमालेमा संशयसमेत छायो । जसरकारण ओलीले नयाँ वर्षकै दिन एमाले मुख्यालय च्यासलमा सचिवालय बैठक डाकेका थिए । उक्त बैठकबाट ओलीले माओवादी अध्यक्ष दाहाललाई चेतावनी र कांग्रेसलाई सचेत गराएको थियो ।

एमाले तर्सिएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा भोलिपल्ट प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका थिए । गभर्नर पदमा एमालेले लगातार आफ्नो भाग खोजेपछि कांग्रेस महामन्त्री गगन थापाले बिचौलियाले प्रधानमन्त्रीको ‘बेडरुम’सम्मै पहुँच बनाएको आरोप लगाएका थिए । त्यसपछि बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्यो । जसमा संयन्त्रकै संयोजक रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र कांग्रेस महामन्त्री थापा उपस्थित भएनन् । जसकारण सरकार झनै त्रसित् बन्यो ।

Hardik health

गृहमन्त्री रमेश लेखकले छलफल राम्रै भएको र दुई दलबीच कुनै समस्या नरहेको दाबी गरे । त्यसैगरी उनले गभर्नर नियुक्तको विषयमा छनोट समितिले काम गरिरहेको छर्क गरे । ‘प्रक्रिया अगाडि बढेको छ । सिफारिस समिति बनेको छ । सिफारिस समितिले छलफल गरेर प्रक्रिया अगाडि बढाउँछ । दलहरुका बीचमा समस्या हुनुपर्ने विषय नै हैन यो,’ गभर्नर नियुक्तीमा विवादबारेको प्रश्नमा लेखकले भने । 

ओलीसँग गभर्नरबारे भइरहेको विषयमा छलफल गर्न देउवाले बिहीबार बिहान पदाधिकारी बैठक राखे । उक्त बैठकमा अधिकांश नेताहरुले गभर्नर पद छाड्न नहुने तर्क पेश गरेका थिए । ‘हामीले गभर्नर आफ्नै हुनुपर्छ भनेर कुरा राख्यौ, अधिकांशले यही विषयमा जोड दिएका थिए,’ बैठकपछि कांग्रेसका एक  पदाधिकारीले भने । 

त्यसपछि देउवाले गभर्नरमा नियुक्तीका लागि कांग्रेसबाट पठाउने व्यक्तिको नाम दिन प्रधानमन्त्री ओलीले भनिसकेको जवाफ दिए । गभर्नरका लागि गुणाकर भट्टको नाम दिइसकेको जनाउसमेत देउवाले बैठकमा दिएको एक पदाधिकारीले बताए । देउवाले गभर्नरका लागि सिफारिस गरेका भट्ट कांग्रेस प्रवक्ता डा प्रकाशशरण अर्थमन्त्री हुँदा उनका सल्लाहकार थिए । अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका भट्ट हाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक हुन् ।

भट्टको नाममा सहमति जुटेमा उनको नाम छनोट समितिले पठाउनुपर्ने हुन्छ । चैत ११ गतेको मन्त्रिपरिषद्ले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय गभर्नर छनोट समिति गठन गरेको थियो । उक्त समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल रहेका छन् । गभर्नर नियुक्तीमा दुई ठुला दलको रस्साकस्सी चलेपछि छनोट समितिको बैठक भने एक पटक पनि बस्न सकेको छैन ।

गभर्नरकै लागि नविल बैंकको सीइओबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना, डेपुटी गभर्नर नीलम ढुंगानाको नाम पनि अघि सारिएको छ । जसमा ढुंगाना र भट्ट कांग्रेसका र डेपुटी गभर्नर निलम एमालेका ‘क्यान्डिडेट’ हुन् । नेपाल विद्युत प्राधिकरणदेखि विभिन्न स्थानमा एमालेले नियुक्ती लिएकोले गभर्नर छाड्न नहुने अडान कांग्रेसले लिएिको देखिन्छ । यता एमाले भने आफ्नो प्रधानमन्त्री र अर्थमन्त्री रहेको बेला देशको आर्थिक अवस्थाको निगरानी गर्ने संस्थाको प्रमुख आफू निकटकालाई बनाउन चाहन्छ । यद्यपि गभर्नरकै कारण सत्ता गुमाउने चाहना भने एमालेमा देखिँदैन ।

६५ वर्षे उमेर हद हटाइएको मापदण्ड तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश दिएसँगै गभर्नरको रेसमा रहेका रवीन्द्र पाण्डे, पूर्वमुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री आउट भइसकेको छन् । गभर्नरको मापदण्डमा ३० वर्ष र कार्यकारी प्रमुखबाहेक अन्य पदाधिकारी र सदस्यको हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । 
 


प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP