Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्रतिबन्ध खुलेपछि जिटुजीमार्फत झण्डै साढे चार नेपाली पुगे इजरायल
प्रतिबन्ध खुलेपछि जिटुजीमार्फत झण्डै साढे चार नेपाली पुगे इजरायल
ममता थापा
ममता थापा शुक्रबार, वैशाख ५, २०८२

काठमाडौं– युद्धका कारण बन्द भएको इजरायलले रोजगारी खोलेपछि झण्डै ४३९ जना नेपाली श्रमिक त्यहाँ पुगेका छन् । दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर)का लागि उनीहरु जिटुजी प्रणालीमार्फत इजरायल पुगेका हुन् । 

सरकारले युद्धग्रस्त इजरायलमा कामदार पठाउन लगाएको प्रतिबन्ध हटाउँदै गत वर्षको असार ११ गते रोजगारीका लागि आवेदन आह्वान गरेको थियो । त्यसयता त्यहाँ नेपाली कामदार जाने क्रमले निरन्तरता पाएको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिन्छ । 

विभागका अनुसार हाल इजरायल जान सम्पूर्ण तयारी पूरा गरेकाको धमाधम करार सम्झौता आइरहेको छ । गत फागुनमा २५० जनाको भिसा स्वीकृत भएको थियो । वर्षको अन्तिम महिना चैतमा पनि करिब १९० जनाको भिसा आएको विभागले जनाएको छ । चैत ५ गते ९० जना र चैत २८ गते ९९ जनाको भिसा आएको हो ।

Hardik health

गत वर्ष असार ११ गते खुलेको आवेदनबाट छनोट भएकामध्ये माघ १५ गते पहिलोचोटि २४ जनाले सम्बन्धित रोजगारदाताबाट करार सम्झौता प्राप्त गरेका थिए । त्यसयता विभागमा सम्झौता आउनेक्रमले निरन्तरता पाएको छ । पहिलो चरणमा ९१९ जनाको करार सम्झौता आउने जनाइएको छ । दुई महिनामै आधाभन्दा बढी अर्थात् ५५ प्रतिशतको करार सम्झौता आइसकेको छ । यस अवस्थामा बाँकीलाई पनि यो वर्षको केही महिनाभित्र लगिसक्ने विभागका अधिकारीहरु बताउँछन् ।

यद्यपि, त्यहाँका रोजगारदाताको आवश्यकताअनुसार सम्झौता प्राप्त हुने भएकाले कति समयभित्र कामदार लगिसक्ने भन्नेचाहिँ टुंगो नहुने विभागअन्तर्गतको इजरायल शाखाका निर्देशक गिरिराज ज्ञवालीको भनाइ छ ।असारमा केयरगिभरका लागि आवेदन आह्वान भएपछि चार हजार २४ जनाले अनलाइन फाराम भरेका थिए । तीमध्ये तीन हजार ४६१ वटा आवेदन स्वीकृत भएको थियो । आवेदन स्वीकृत भएकामध्यबाट दुई हजार ११२ जनालाई चिट्ठा (लट्री’बाट छनोट गरिएको विभागले जनाएको छ । छनोट भएका एक हजार जनाको स्वास्थ्य परीक्षण (मेडिकल) मा ९२३ जना उत्तीर्ण भए । उनीहरुमध्ये चार जना पूर्वप्रस्थान अभिमुखीकरण तालिममा अनुपस्थित भएकाले पहिलो चरणमा ९१९ जनाको करार सम्झौता आउने विभागले जानकारी दिएको छ ।

अभिमुखीकरण लिएर बसेकाहरुको सम्झौता आइसकेपछि लट्रीमा नपरेकाहरुलाई पनि लग्न सक्ने इजरायल शाखाका निर्देशक ज्ञवालीले बताए । ‘यसअघि चिट्ठामा फालिएकाहरुलाई पनि लगेको छ । यसपटक पनि लट्रीबाट छनोट भएकाहरुलाई लग्न सक्छ,’ उनले प्रभावसँग भने ।सन् २०२३ अक्टोबरमा हमास र इजरायलबीच युद्ध सुरु भएपछि ‘लर्न एण्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यसपछि केही समयका लागि इजरायलमा श्रमिक पठाउने प्रक्रिया बन्द थियो । यद्यपि, प्रतिबन्धको अवधिमा पनि व्यक्तिगत श्रम स्वीकृति लिएर र श्रम स्वीकृति नवीकरण गरेर इजरायल जाने क्रम कायमै रह्यो । चालु आर्थिक वर्षको साउनमा २८, भदौमा २६, असोजमा ३७, कात्तिकमा १११, मंसिरमा ९०, पुसमा ४७, माघमा ४६, र फागुनमा ३० जना पुनःश्रम स्वीकृति लिएर इजरायल गएका विभागको तथ्यांक छ ।

व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरुको संख्या भने न्यून छ । गत साउनमा ११, भदौमा छ, असोजमा दुई, कात्तिकमा एक, मंसिरमा एक र फागुनमा एक जना व्यक्तिगत श्रम स्वीकृति लिएर इजरायल गएका छन् । गत आर्थिक वर्ष २०८०÷८१ मा व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिएर एक हजार पाँचजना इजरायल गएका थिए । जसमा ३०४ पुरुष र ७०१ जना महिला रहेका छन् ।

नेपाली श्रमिकहरुको आकर्षक गन्तव्यको रुपमा इजरायल रहेको छ । इजरायलले बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएकाहरुको स्याहारका लागि नेपालबाट केयरगिभर लग्दै आएको छ । त्यहाँ जाने कामदारले प्रत्येक दिन सात घण्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्छ । अतिरिक्त काम गरे त्यसबापतको छुट्टै पारिश्रमिक पाइन्छ । इजरायलमा प्रतिमहिना एक जना श्रमिकले पाँच हजार ८८० इजरायली सेकेल अर्थात् दुई लाख रुपैयाँभन्दा बढी कमाउने गरेका छन् । कम्तीमा एसएलसी उत्तीर्ण गरी मान्यताप्राप्त तालिमप्रदायक संस्थाबाट तीन महिनाको केयर गिभिङ तालिम लिए इजरायल जान योग्य भइन्छ । इजरायलले कामदारको जम्मा मागमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषलाई लग्दै आएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP