Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कालोबजारीविरूद्ध सरकार – ‘त्रसित नबनौँ, अभाव हुन दिन्नौँ’
कालोबजारीविरूद्ध सरकार – ‘त्रसित नबनौँ, अभाव हुन दिन्नौँ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ७, २०७६
‘त्रसित नबनौ“, अभाव हुन दिन्नौ“
Hardik health
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण त्रासमा कालोबजारी बढेको भन्दै सरकारले चासो देखाएको छ । कोभिड–१९ को विश्वव्यापी संक्रमणले विश्वलाई नै आक्रान्त बनाइरहेका बेला नेपालमा भने व्यापारीहरू त्यसको लाभ उठाउन तल्लिन देखिएका छन् । व्यापारीको कालोबजारी र संक्रमणको त्रासमा रहेका जनतालाई सरकारले अभावबाट त्रसित नहुन आग्रह गरेको छ । सरकारले कोरोना भाइरसको जोखिम भएपनि त्रसित भएर घरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने स्पष्ट पारेको हो । नियमित बजार अनुमगनसहित कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई कारबाही प्रारम्भ गरेको भन्दै सरकारले आगामी चारदेखि ६ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण रहेको बताए । अभाव हुने आशंकाले चाहिनेभन्दा बढी सामान खरिद नगर्न सरकारले सबैमा आग्रह गरेको हो । (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले नियमित बैठक र विश्लेषण गरी क्षेत्रगत आधारमा कार्यान्वयन र परिचालन गरिरहेको सन्दर्भमा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पछिल्लो वस्तुस्थितिबारे जानकारी दिई कोरोना भाइरसप्रति सचेत भई आम जनतालाई सुसूचित गर्न आग्रह गरेका छन् । यस्तै, आपूर्तिमन्त्री भट्टका अनुसार आगामी ८ महिनासम्मका लागि पुग्ने औषधि, १० महिनालाई पुग्ने नून, तीन महिनालाई पुग्ने चिनी बजारमा पर्याप्त रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले काठमाडौं उपत्यकाका पाँच स्थानमा विशेष पसल खोल्ने पनि उनले जानकारी दिए । करिब दुई महिनाअघि चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट विश्वका १६५ मुलुक प्रभावित भएका छन् । तर, नेपालमा हालसम्म यसको संक्रमित भेटिएका छैनन् । तर, विश्व स्वास्थ्य संगठन र अन्य निकायको विश्लेषणमा दक्षिण एशियामा संक्रमणको जोखिम हुनसक्ने जनाएपछि सरकारले विशेष सतर्कताका अपनाउन तयारी गरिरहेको छ । यसैबीच बजारमा कृतिम अभाव सिर्जना गरे व्यापारी कालोबजारी धन्दा बढाएपछि मन्त्री त्यसमा आफ्नो ध्यान आकृष्ट भएको बताए । मन्त्री भट्टले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको जनाउँदै केही ग्यास उद्यमीमा देखिएको समस्यालाई ध्यान दिएर सरकारले आयात सहज नबनाए उद्यमीलाई कारबाही गर्न चेतावनी दिएका छन् । उनले गत २०७६ माघ महिनादेखि हालसम्म विभिन्न उद्यमी र व्यवसायीलाई कालोबजारी र अन्य कसूरमा कारबाही गरी ५६ लाख जरिवाना असुल गरिएको जानकारी गराए । मन्त्री भट्टले ग्यास र पेट्रोलियम पदार्थ आवश्यकताभन्दा बढी खरिद गरेर घरमा भण्डारण गर्दा दुर्घटनासमेत हुन सक्नेतर्फ सचेत गराए । साथै, औषधि पसलहरूले जति माग्यो त्यति मात्रामा दिने प्रक्रियाका कारण सिटामोलको माग बढेको उल्लेख गर्दै आवश्यकतानुसार माक्स र सेनेटाइजरको आपूर्ति बढाइएको जानकारी दिए । यस्तै, अर्थमन्त्री डा. खतिवडाले कोरोना भाइरसको जोखिमका कारण हवाई, यातायात, होटेल व्यवसाय, ट्राभल र ट्रेकिङ तथा हस्तकला जस्ता क्षेत्र बढी प्रभावित भएको भन्दै जोखिमबाट मुक्तिपछि छिमेकी मुलुकबाट अफसिजनमा पनि पर्यटक ल्याएर क्षतिपूर्ति गराउन गृहकार्य भइरहेको जानकारी दिए । उनले पर्यटन उद्योगमा ऋण सहयोग वा यसबीचको अवधिको कर छुट दिने विषयमा पनि गृहकार्य भइरहेको स्पष्ट गरे । मन्त्री डा. खतिवडाले भाइरसको जोखिममा मानिसको ज्यान बचाउनुपर्ने भएकाले विश्व श्रम बजारमा जान रोक लगाइएका नेपाली श्रमिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुन आएमा रोजगारी दिने बताए । उनले वैदेशिक रोजगारीबाट आउने विप्रेषणमा कमीका कारण तत्काल बैंकिङ क्षेत्रमा नकारात्मक असर नपर्ने पनि दावी गरे ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  ०६:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस उम्मेदवारका आकांक्षीले‘  ‘लिडरसीप एकेडेमी’ को कक्षा लिनुपर्ने 
कांग्रेस उम्मेदवारका आकांक्षीले‘  ‘लिडरसीप एकेडेमी’ को कक्षा लिनुपर्ने  बुधबार, चैत ११, २०८२
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा मंगलबार, चैत १०, २०८२
कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित तालिका सार्वजनिक
कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित तालिका सार्वजनिक मंगलबार, चैत १०, २०८२
भदौ २४-२६ मा कांग्रेसको महाधिवेशन गर्न  प्रस्ताव
भदौ २४-२६ मा कांग्रेसको महाधिवेशन गर्न प्रस्ताव मंगलबार, चैत १०, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै मंगलबार, चैत १०, २०८२
रास्वपा केन्द्रीय समितिको बैठक  बिहीबार बस्दै
रास्वपा केन्द्रीय समितिको बैठक बिहीबार बस्दै मंगलबार, चैत १०, २०८२
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP