Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
समाचार
  • Home
  • समाचार
  • महाकवि गिरिजाप्रसाद जोशीको  सालिक र हुलाक टिकटको माग
महाकवि गिरिजाप्रसाद जोशीको  सालिक र हुलाक टिकटको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २९, २०८१
  • महाकवि गिरिजाप्रसाद जोशीको सालिक ठड्याउन तथा हुलाक टिकट प्रकाशन गरिनु पर्नेमा जोड
  • मातृभाषा उत्थानका लागि अतुलनीय योगदान दिएका महान् व्यक्तित्वहरूको जन्म जयन्ती मनाउन कन्जुस्याँइ गर्न नहुने


काठमाडौं - सुकुन्दा साहित्य पालाले महाकवि गिरिजाप्रसाद जोशीको  सालिक ठड्याउन तथा हुलाक टिकट प्रकाशन गरिनु पर्नेमा जोड माग राख्दै ८६ अौं जन्म जयन्ती मनाएको छ ।

लगातार  तेश्रो पटक जन्म जयन्ति मनाएको संस्थाले  चैत २१ गते बिहिबार राती ८ बजेदेखि १० बजेसम्म गुगुल मिट मार्फत भएको कार्यक्रमामा चैत्र १५ गते तीन कुने आन्दोलनमा अकालमा ज्यान गुमाएका सपुतहरु कीर्तिपुरका ४ वडाका सबिन महर्जन तथा पत्रकार सुरेश रजकको अशामायिक निधन भएको १ मिनेट मौनधारण बसेर दिवगत आत्माको चीर शान्तिको कामना समेत गरिएको थियो ।  

कार्यक्रमका विशेष अतिथि वर्ल्ड नेवा अर्गनाइजेशनका संस्थापक अध्यक्ष, साहित्यकार एवम् मातृभाषासेवी डा. बाल गोपाल श्रेष्ठले महाकवि गिरिजाप्रसाद जोशी एक महान् साहित्यकार रहेको जनाउँदै उनको नेतृत्वमा शंखरापुर साखुँमा विविध साहित्यिक कार्यक्रम सांस्कृतिक कार्यक्रम गरेको र महाकवि गिरिजाप्रसाद जोशीले रचना र संगीत भरेका जनताका गीत गाउने जस्ता कार्यहरु गर्ने गरेको स्मरण सुनाए ।

महाकाव्यदेखि थुप्रै कृति छाडेर गएका महाकवि गिरिजाप्रसाद जोशी ४९ वर्षको अल्पायुमै संसारबाट विदा भए तापनि करिव ७० भन्दा बढि साहित्य सृजना गरि नेपालभाषाको साहित्य ढुकुटी भर्ने कार्य गरेर अतुलनीय योगदान दिएको जनाउँदै  आफु लगायत नेपालभाषा क्षेत्रमा धेरै साहित्यकारहरुको प्रेरणाका श्रोत भएको उहॅंाले बताए ।

Hardik health

कार्यक्रमका विशेष अतिथीहरू रत्न राज्यलक्ष्मी क्याम्पसका  नेपालभाषा शिक्षक योगेन्द्र राजकर्णिकारले महाकवि गिरिजाप्रसाद जोशीको साहित्य प्रगतिवादी, जीवनवादी दृष्टिकोण उत्पिडित वर्गलाई हुने शोषणको विरोधमा हुने संघर्षका लागि उत्प्रेरणाको स्रोत भएको चर्चा गरे  । साथै शिक्षिका श्रीमिला सुवालले महाकवि गिरिजा  जोशीको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।

रत्न राज्यलक्ष्मी क्याम्पसका भुर्तपूर्व विध्यार्थी रुपा शाही, सुकुन्दा साहित्य पालाका सचिव, संयोजक तथा कार्यक्रम संचालक रिदेन महर्जनले महाकविकाे बारेमा रचिएकाे कविता तथा विशेष अतिथि डा. बालगोपाल श्रेष्ठ, प्रमुख अतिथिले प्रकाशमान सक्वले महाकवि गिरिजा प्रसाद जोशीले  रचेका नेपालभाषाको जनताया सः, गीत  तथा कार्यक्रमका सभापति प्रशान्त डंगोलले नेपाली समाजमा देखिएका विसंगति विकृति बिरुद्धको नेपालभाषाको कविता वाचन गरेका थिए । सो कार्यक्रममा करिब ३ दशक क्षेत्रमा पाइला राखेकी चर्चित गायिका तेजवति जोशीले महाकवि गिरिजा प्रसाद जोशीको शब्द रहेको  ‘जि ख्वयां छु याये’ नेपालभाषाको प्रस्तुत गरिएको थियो ।  

मातृभाषा चेतना दिलाउन समेत गरिएको कार्यक्रममा विशेष अतिथि यल नेपालभाषा सहर्जकर्ता पुचः का अध्यक्ष पवित्रकुमार महर्जनले  साहित्यिक कार्यक्रमबाट आफु प्रभावाहित भएकाले यस्ता श्रृजनात्मक कार्यले निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रम संयोजक तथा संचालक रिदेन महर्जनले नेपालभाषा अभियान निरन्तरताका लागि साहित्यिक कार्यक्रमहरू आयोजना गरिएको जनाए । उनले साखुँमा महाकवि गिरिजा प्रसाद जोशीको पुर्न कदको शालिक निर्माण गरिनु पर्ने, महाकविको हुलाक टिकट प्रकाशन गरिनु पर्ने धारणा राखे ।  आफु उनको जीवनीबाट प्रभावहित भएकाले जसरी महाकवि लक्ष्मी प्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्यहरूको जन्म दिन मनाउन सरकारले मान्यता दिएझै  स्थानीय तहले तथा नेपाल सरकारले मातृभाषा उत्थानका लागि अतुलनीय योगदान दिएका महान् व्यक्तित्वहरूको जन्म जयन्ती मनाउन कन्जुस्याँइ गर्न नहुने जनाए ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृतविद् तथा लेखक प्रकाशमान श्रेष्ठले आफु राष्ट्रिय माविमा शिक्षक भइ काम गर्दा महाकवि गिरिजाप्रसाद जोशीको सहकर्मीको रूपमा काम गरेको स्मरण गर्दै नेपालभाषाका बहु प्रतिभाशाली महाकवि गिरिजाप्रसाद जोशी आयामिक्ताको धनी रहेको जनाए ।

विलक्षण प्रतिभाका धनी महाकवि जोशीका साहित्यिक कृति विशेष गरी शोषित उत्पीडित जनताको मुक्ति प्रति लक्षित रहेको प्रगतिवादी साहित्य हो भन्ने कुरा पनि उनले औंल्याए ।  उनको रचना जनतामा गहिरो प्रभाव पार्न सफल रहेको र महाकवि गिरिजा प्रसादले नै आफुलाई साहित्य लेख्न प्रेरणा दिएको कुरा सुनाए । 

कार्यक्रमका सभाअध्यक्ष प्रशान्त डंगोलले नेपालभाषा अभियान व्यस्त समयका बावजूट पनि कार्यक्रम सफल बनाउनमा सहयोग गर्नेलाई धन्यवाद दिॅंदै कार्यक्रम समापन गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने बुधबार, माघ २१, २०८२
सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी
सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी बुधबार, माघ २१, २०८२
सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न आग्रह
सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न आग्रह बुधबार, माघ २१, २०८२
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी बुधबार, माघ २१, २०८२
निर्वाचनमा  मुस्ताङमा हिमपातको डर
निर्वाचनमा मुस्ताङमा हिमपातको डर बुधबार, माघ २१, २०८२
अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै
अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै बुधबार, माघ २१, २०८२
आचारसंहिता उल्लङ्घन नगर्न आग्रह
आचारसंहिता उल्लङ्घन नगर्न आग्रह बुधबार, माघ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP