Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • असन्तुष्टि चौतर्फी बढ्दा नेतृत्व भाषणबाजीमै मस्तराम
असन्तुष्टि चौतर्फी बढ्दा नेतृत्व भाषणबाजीमै मस्तराम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २८, २०८१
  •  प्रधानमन्त्री ओली आफ्नो सरकार ढल्दै नढल्ने दाबी गर्दै भाषण गर्न मस्त
  • सरकार सञ्चालनको संयन्त्रमा रहेका कांग्रेस महामन्त्री थापा भाषणबाटै प्रधानमन्त्री ओलीलाई भन्छन्– भाषण गर्न नजाऊ


काठमाडौं– विभिन्न कारण नागरिकमा असन्तुष्टि बढ्दो छ । शीर्ष दलका शीर्ष नेताहरु भने प्रत्येक दिनजसो कामको साटो भाषणबाजीमै व्यस्त छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकार ढल्दै नढल्ने दाबी गर्दै भाषण गर्न मस्त छन् ।

सरकार सञ्चालनको संयन्त्रमा रहेका कांग्रेसका महामन्त्री गगन थापा भाषणबाटै प्रधानमन्त्री ओलीलाई भन्छन्– भाषण गर्न नजाऊ । ‘अहिलेको सरकारको गति पुगेको छैन । हामी भन्छौं, तिमी युद्धको मनोविज्ञानले १८ घण्टा काम गर, २० घण्टा काम गर कहीँ उद्घाटन र भाषण गर्न नजाऊ,’ रुपन्देही क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै बुधबार महामन्त्री थापाले भने, ‘प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरु घुमेको देख्छु, मैले उहाँहरुलाई अनुरोध गरिरहेको छु, तपाईंहरु डुल्ने र घुम्ने गर्न छाडिदिनुस्, तपाईंहरु काम गर्नुस् ।’

जोखिम आयो है भनेर राजावादीले खबरदारी गरेको हो । तर, त्यो सभा यस्तो अराजकतातिर गयो कि दलहरूलाई सुध्रिने दबाब कमजोर भएर गयो । तर सरकारको डेलिभरी छैन । डेलिभरी दिन नसकेपछि निराशा हुन्छ । विद्रोह हुन्छ । 
केशव दाहाल
राजनीतिक विश्लेषक

सुशासनमा प्रतिबद्ध रहेको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेको नौ महिना पुगिसक्यो । तर आफूनिकटकालाई नियुक्ति दिने र विपक्षीलाई हटाउने काम सरकारले जारी राखेको छ । भ्रष्टाचार र अनियमितता नियन्त्रणमा सरकार सचेत हुनुपर्नेमा प्रधानमन्त्री ओली आफैं हल्का टिप्पणी गर्दै भन्छ्न्– भ्रष्टाचार चलिरहेको हुन सक्छ । बुधबार भएको नेपाल चेम्बर अफ कमर्सको ७४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

Hardik health

त्यसैले होला सामाजिक सञ्जाल होस् या चिया पसल, ओली सरकारमाथि तीव्र आक्रोश पोखेको सुनिन्छ । यही आक्रोशले गर्दा नै मानिसहरु पूर्वराजा ज्ञानेन्द्र शाहको अभियानदेखि दुर्गा प्रसाईंजस्ता विवादित व्यक्तिको पछि लागेका छन् । रोजगारी सिर्जना नगर्ने र सत्ताबाहेक नेताहरुले नीतिमा कुनै ध्यान नदिँदा ‘डेलिभरी’ नदिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

व्यवस्थाविरुद्ध जनआक्रोश बढिरहेको बेला सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको थियो । उनलाई हटाएको विरोधमा संसद् अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसमेत अहिले राजावादीको हिंसात्मक आन्दोलनका कारण सरकारको साथमा उभिएको देखिन्छ ।

प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरु घुमेको देख्छु, मैले उहाँहरुलाई अनुरोध गरिरहेको छु, तपाईंहरु डुल्ने र घुम्ने गर्न छाडिदिनुस्, तपाईंहरु काम गर्नुस् ।
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस

 

यही क्रममा सरकारले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराललाई १३ महिनामै राजीनामा दिन बाध्य बनायो । बराल त्रिविको इतिहासमा पहिलोपटक प्रतिस्पर्धाबाट मेरिटोक्रेसीको आधारमा उपकुलपति बनेका थिए । यतिमात्र हैन अनुहार हेरेरै गभर्नर नियुक्तका लागि सरकारले पहिलोपटक उमेर हद हटाइदियो । गभर्नरका लागि चलखेल बढेपछि महाप्रसाद अधिकारी बिदा हुँदा पनि राष्ट्र बैंकले नेतृत्व पाउन सकेन । मन्त्रीहरू विदेश भ्रमणको होड र भाषणबाजीमै व्यस्त देखिन्छन् ।

यद्यपि अहिले सरकारविरोधीहरु एक किसिमले सरकारकै शब्दमा ‘तह’ लागेको अवस्था छ ।त्यही भएर होला प्रधानमन्त्री ओलीले मंगलबारमात्र यो सरकार चुनावसम्म टसमस नहुने ठोकुवा गरे । यतिमात्र हैन ओलीले सरकारविरोधीहरु थाकिसकेकोसमेत दाबी गरे । हुन पनि दुर्गा प्रसाईंको आन्दोलन तितरवितर भएसँगै ओलीले राहतको सास फेरिरहेका छन् । 

तर राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल राजनीतिक दल र अहिलेको शासनविरुद्ध र्को असन्तुष्टि कायमै रहेकोले सरकार र राजनीतिक नेतृत्व अझै नचेते त्यो निकै डरलाग्दो हुने बताउँछन् । ‘गणतन्त्रलाई धक्का दिन खोजेको प्रयासमा ब्रेक त लाग्यो,’ पोखरेल भन्छन्, ‘तर, सामसुम भइहाल्यो भनेर सरकार चुप लागेर बस्न हुन्न ।’


आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ । त्यसलाई नियन्त्रण गर्नका लागि तपाईंहरूको पनि सहयोग चाहिन्छ ।
केपी शर्मा ओली
प्रधानमन्त्री

राजनीतिक विश्लेषक केशव दाहाल पनि अहिले हाइसञ्चो मान्ने समय नभएको बताउँछन् । ‘जोखिम आयो है भनेर राजावादीले खबरदारी गरेको हो । तर, त्यो सभा यस्तो अराजकतातिर गयो कि दलहरूलाई सुध्रिने दबाब कमजोर भएर गयो,’ दाहाल भन्छन्, ‘तर डेलिभरी छैन । डेलिभरी दिन नसकेपछि निराशा हुन्छ । विद्रोह हुन्छ र त्यसपछि पलायन हुन्छ । यस्तो अराजकताको कुनै लय हुँदैन ।’ 

राजनीतिक दलको नेतृत्वमा पुरानै मान्छेहरुले पटक–पटक पद दोहो¥याएर सत्तामा बस्दा जनतामा असन्तुष्टि देखिएको प्राध्यापक पोखरेल बताउँछन् । राजनीतिक नेतृत्वमा बसेकाहरुले सामाजिक सञ्जालमा लेखेका विरोधका अक्षरहरु पढ्न सक्नुपर्ने उनको सुझाव छ ।

‘सामाजिक सञ्जालका भित्तामा मुर्दावाद भनेर लेखेको असन्तुष्टिका अक्षर पढ्न सक्नुप¥यो, देउवा होस् या ओलीले,’ पोखरेलले भने । राजनीतिक विश्लेषक दाहाल भने अहिलेको आक्रोश मत्थर बनाउन भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउँछन् । यसका लागि शक्तिशाली नागरिक आयोग गठन गर्नुपर्ने उनको सुझाव छ ।


गणतन्त्रलाई धक्का दिन खोजेको प्रयासमा ‘ब्रेक’ त लाग्यो तर सामसुम भइहाल्यो भनेर सरकार चुप लागेर बस्न हुन्न । सामाजिक सञ्जालका भित्तामा मुर्दावाद भनेर लेखेको असन्तुष्टिका अक्षर पढ्न सक्नुप¥यो, देउवा होस् या ओलीले ।
प्रा. कृष्ण पोखरेल
राजनीतिशास्त्री

 

 


प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP