Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • कानुन किन्न कति पैसा लाग्छ ? 
कानुन किन्न कति पैसा लाग्छ ? 
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, चैत २६, २०८१

‘नेपालको कानुन, जसले बनाउँछ उसैले जानुन’ सेतै कपाल फुलेका मुक्ति काका शंखपार्कमा रहेको शिवमन्दिर नजिकै फलामे कुर्सीमा बसेर भन्दै थिए । तुवाँलोझैं वायुप्रदूषणले काठमाडौंको वातावरण निकै नै प्रदूषित थियो । त्यही प्रदूषित वातावरणको बीचमा पनि केही ज्येष्ठ नागरिक पार्कमा टहलिन पुगेका थिए । सधैंझैं ज्येष्ठ नागरिकहरु शिवमन्दिरको छेउमा बसेर आ–आफ्ना तीता मिठा अनुभव सुनाउने गर्दथे ।आज भने मुक्ति काकाले कानुनका कुरा गरेपछि दाहाल मामा भन्दै थिए । ‘होइन हो मुक्ति भाञ्जा आज निकै चिन्तित देख्छु के भो र ?’

मुक्तिले जवाफ फर्काए, ‘के हुनु र मामा सुन्नुभएन समाचार ? त्यो रविलाई फेरि जेल हाले छन् !’ कहिले यता कहिले उता कहिले यो आरोप कहिले त्यो आरोप गर्न पनि कति सकेका हुन् क्या ! दाहाल मामाले कति बुझेका थिए वा थिएनन् प्याच्चै भनिदिए । ‘सहकारी ठगेपछि त जेल हाल्नैप¥यो नि । जनताले एक–एक रुपैयाँ गरेर कमाएर बचत गरेको पैसा यसरी मनलाग्दी गर्न पाइन्छ ?’

मामाको कुरा अलि चित्त बुझेन मुक्ति काकालाई, अलि झर्केजस्तै गरी भने, ‘मामाले खासै कुरा बुझ्नुभएको रहेन छ । यो त सबै त्यो रविलाई फसाउने खेलमात्र हो ।’‘ल भन्नुस् त साँच्चै नै ठगलाई नै समाउने हो भने त सहकारीको अध्यक्ष जिबी राईलाई समाउनुपर्छ । जसले जनताबाट बर्षौंदेखि पैसा असुलेर बसेको थियो उसलाईचाहिँ बेपत्ता भन्दै नखोज्ने ? अनि विचरा दुई–चार महिना सहकारीसँग जोडिएको मान्छेचाहिँ कसरी अपराधी हुन्छ के ? तपाईं त उही कानुनमै जिन्दगी बिताउनुभाको मान्छे  ल भन्नुस् त हो कि होइन ?’

‘खै के हो, के हो । यसो हेर्दा चेक चलाएकाले रवि दोषी, नभए र कसरी दोषीजस्तो पनि लाग्छ हो मुक्ति भाञ्जा !’बल्ल मुक्तिको अनुहारमा खुसी देखियो । ‘हो, मैले भनेको पनि त्यही हो मामा । रविलाई जुनसुकै हालतमा पनि जेल कोच्न पाए हुन्छ भन्ने सोचले गर्दा यस्तो भएको हो,बुझ्नु भो ?,’ मुक्तिले भने ।‘त्यस्तो त हुन्न । कागज प्रमाणले गर्दा दोषी करार गर्ने हो के भाञ्जा । आरोप लगाउँदैमा कहाँ हुन्छ र ? अनुसन्धान गर्ने सुरक्षा निकायले सबै कुरा जाँचपड्ताल नगरी त्यसै कहाँ पक्राउ गर्छन र ?’ 

Hardik health

‘ल मामा गर्छ । यो नेपाल हो । यहाँ शक्ति हुनेले जे पनि गर्न पाउँछ । बरू भन्नुस् त मामा, त्यो कानुन किन्न कति पैसा लाग्छ हो ? म पनि रविका लागि किनिदिन्छु ?’‘ह्या मुक्ति भाञ्जा, कानुन पनि किन्ने भन्ने कुरा हुन्छ ? न्याय सबैको पहुँचमा हुनुपर्छ । सबैले न्याय पाउनुपर्छ । राज्यले कसैलाई पनि अन्यायका दृष्टिकोणले हेर्नु हुँदैन ।’‘यी सब त भन्ने कुरामात्र हुन् मामा । राज्यले अन्याय भएका मानिसलाई न्याय दिन नै सकेको छैन । त्यसकारण पनि न्यायका लागि बहस गर्नुपर्ने अवस्था आएको छ । न्याय पाउने भए मध्यरातमा त्यो रविको घरमा गएर जबर्जस्ती गर्न पाइन्छ ? छैन मामा छैन यो देशमा न्याय भन्ने जिनिश नै छैन !’

मुक्ति काका न्यायका लागि जसरी पनि लड्नुपर्छ भन्नेमा लागेका छन् । तर लडिदिने कसले ? बोलिदिने कसले ? लेखिदिने कसले ? सबका सब द्रव्य पिचास बनेका छन् । पैसाका लागि यिनीहरुले जे पनि गर्न सक्छन् !दाहाल मामा मुक्ति भाञ्जाको कुरा सुनेर दंग पर्छन् । नपरुन् पनि किन, ५८ वर्ष न्याय सेवामा बसेर काम गर्दा कहिल्यै वास्तविक पीडितले न्याय पाएको उनले देखेनन् । बरु अहिले पो प्रविधिको जमाना छ । हल्लाखल्ला भइहाल्छ । सामाजिक सञ्जाल नहुँदो हो त केही ठूला सञ्चारमाध्यमले जे लेखिदियो वा देखाइदियो त्यसैमा विश्वास गर्नुपर्ने । त्यतिमात्र हो । 

‘न्यायालयमा श्रीमान्हरु आदेश दिनुहुन्छ । उहाँका कारिन्दाहरुले मिलाइमिलाइ द्रव्यमा आँखा गाड्नुहुन्छ । विनाद्रव्य कमैले मात्र न्याय पाउँछन् । किनकि श्रीमान् (न्यायाधीश) बन्नका लागि पनि त ठूलो लगानी पो गरेको छ । अब त्यही लगानी उठाउन नसक्ने भए त के को लागि लगानी गर्नु र !’‘न्यायाधीश पार्टीनिकट, सचिव पार्टीनिकट, वकिल पार्टीनिकट, पत्रकार पार्टीनिकट । भएभरका सबै कुनै न कुनै दलसँग आबद्ध । अनि कानुन बिक्री हुँदैन भनेर कसैले पत्याउँछ मामा ?’ 

‘तिमीले भनेको कुरा त ठीकै हो मुक्ति भाञ्जा तर अहिलेसम्म नै त्यसरी चलिरहेको छ । तिमी हामीले यो उमेरसम्म सरकारी पदमा बस्दा देश बिग्रिन लाग्यो भनेर कहिल्यै भनेनौं क्यार ! अब पेन्सन खाइरहेको बेलामा किन टेन्सन लिने क्या !,’ दाहाल मामाले भने । मामाको कुरा सुनेर मुक्ति भाञ्जा अझै उत्तिजित हुँदै– हामीले टेन्सन नलिए कसले लिन्छ ? यो देश हाम्रो पनि हो पुर्खाले जस्तो छाडेर गएका थिए भावी पुस्तालाई त्यस्तै छाडेर जानु छ । त्यसैले टेन्सन लिएको हुँ क्या ! तर मामा मलाई भन्नुस् कानुन बिक्री हुन्छ ।’ 

मामा अक्क न वक्क पर्छन् । भाञ्जाको उत्तर मामासँगै छैन । त्यही भएर पनि भाञ्जा अझै भन्छन्– मामा भन्नुस् न के कानुन किनौं । कति रुकम पर्दो रहेछ त्यो पनि बुझौं । आखिर मुद्दा, मामिला वा छोडपत्र होस् कि मेलमिलाप कतै नै कतै उही द्रव्य नै जोडिएकाले कानुन किनिराखौं । मुक्ति भाञ्जाले पेल्न थालेपछि दाहाल मामा पनि चुप ! ५८ वर्ष न्याय सेवामा काम गरेको पनि बालुवा पानीबराबर नै भयो । कानुन किनिन्छ । कानुन बिक्री हुन्छ । अर्थात् न्यायमा आर्थिक अनियमितता पक्कै भएको हो । हुन्छ पनि । 

त्यसैले आज मुक्ति भाञ्जाको एउटै रटान छ– जसरी हुन्छ कानुन किन्ने हो । जति परोस् किन्ने हो । मध्यरातमा रविलाई समातेर लग्यो कानुनकै खेल हो । शक्ति र सत्तामा रहेका र तिनका आसेपासेलाई नलाग्ने अरु सबैलाई लाग्ने । हे नेपालको कानुन, तँ कतिमा बिक्री हुन्छस् ? तेरो मूल्य कति हो ? जति भन्छस् त्यत्तिमा नै किन्न सक्छु । त्यसैले दाहाल मामा भनिदिनुस न प्लिज... कानुन कति पैसाका किन्न पाइन्छ ?’मुक्ति अड्डी कसेको कस्यै छन् । मुक्तिको अड्डीले काम गरोस् । लुकेर होइन फुकेर नै भन्छन् कानुनको मूल्य कति हो ? 
 


प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP