Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव हुँदै
नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २१, २०८१

पाँचथर- नयाँ वर्ष विसं २०८२ का अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव हुँदैछ । विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरीको संरक्षणमार्फत पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । 

फालेलुङ गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चाैरीपालन तथा संरक्षण संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको जनाएको छ । महोत्सवको स्थानीय व्यवस्थापनमा यहाँका सामुदायिक वन उपभोक्ता संस्थाहरू समेत रहेका छन् । 

महोत्सवमा छ सयभन्दा बढी चौँरी प्रदर्शन गरिनाका साथै चौँरीजन्य सामग्री, स्थानीय घरेलु उत्पादन, हिमाली संस्कृति झल्काउने सामग्री तथा दृश्यहरू प्रदर्शनमा राखिने गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगूले जानकारी दिए ।

Hardik health

“विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरी संस्कृतिको गजेर्ना गरी पर्यटन विकास, उच्च पहाडी क्षेत्रको पर्यापर्यटन सन्तुलन कायम राख्न  सन्देश प्रवाह, जैविक विविधताको संरक्षणमा जोड, प्राकृतिक तथा जैविक विविधतासँग जोडिएको नेपाल–भारत सीमा क्षेत्र भएकाले नेपालले पर्यटकीय लाभ लिन सकिने सन्देश दिने उद्देश्यले महोत्सव आयोजना गरिएको छ”, उनले भने ।  

यस्तै, फालोट क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गरी विश्वभरिका पर्यटकलाई आकर्षित गर्ने तथा पर्यापर्यटनको विकासमार्फत चौँरीपालक किसानसहित स्थानीयवासीको आम्दानीको स्रोत वृद्धि गर्ने महोत्सवले लक्ष्य लिएको छ । महोत्सव समुद्री सहतबाट तीन हजार ५०० मिटर उचाइमा अवस्थित नेपाल–भारत सीमा क्षेत्र नजिकैको चाररातेमा आयोजना हुनेछ । चैत ३१ गते सुरु हुने महोत्सव वैशाख २ गते सम्पन्न हुने उपाध्यक्ष जबेगूले जानकारी दिए । 

विसं २०७४ सालदेखि यहाँ निरन्तर महोत्सव गरिँदै आइएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय कांकरभिट्टालगायत संस्था प्रवद्र्धकका रूपमा रहेको यस वर्षको महोत्सवमा नेपालसहित भारत र भूटानबाट समेत पर्यटक आउने आयोजकमध्येको फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका उपाध्यक्ष शील्प साम्पाङले जानकारी दिए । महोत्सवमा उत्कृष्ट चौँरीपालक कृषक सम्मान, चौँरीपालकबीच मैत्रीपूर्ण फुटबल खेल, चौँरी नृत्य जस्ता कार्यक्रम हुनेछन् ।

आयोजकका अनुसार चौँरी महोत्सव पाँचथरको फालेलुङमा मात्रै हुने गरेको छ । चौँरीपालन क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रातो हाब्रेसमेत पाइने गरेको छ । नेपाल–भारत सीमा क्षेत्रमा आयोजना हुने यस महोत्सवमा दुवै देशबाट चौँरी प्रदर्शनका लागि ल्याइन्छन् भने दुवै देशबाट पर्यटकको सहभागिता रहने गर्छ ।  

सीमावर्ती फालोट क्षेत्रमा बर्सेनि करिब तीन लाख पर्यटकले भ्रमण गर्ने गरेको अनुमान गरिन्छ । नेपालतर्फ चौँरी महोत्सवको नियमित आयोजना तथा पर्यटन पूर्वाधार निर्माणले पर्यटक आवागमन वृद्धि भई नेपाली लाभ लिन थालेको फालेलुङ गाउँपालिकाका प्रवक्ता भरतकुमार खपाङ्गीले बताए ।


प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए बुधबार, कात्तिक १२, २०८२
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना बुधबार, कात्तिक १२, २०८२
निरन्तर हिमपाले आन्तरिक  तथा बाह्य पर्यटक समस्यामा
निरन्तर हिमपाले आन्तरिक तथा बाह्य पर्यटक समस्यामा बुधबार, कात्तिक १२, २०८२
मुस्ताङमा भारी हिमपात
मुस्ताङमा भारी हिमपात बुधबार, कात्तिक १२, २०८२
हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव
हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव बुधबार, कात्तिक १२, २०८२
गाइघाटमा झरनामा ‘कायाकिङ’
गाइघाटमा झरनामा ‘कायाकिङ’ बुधबार, कात्तिक १२, २०८२
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP