Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • ‘कोसी पर्यटन वर्ष’ को कार्यक्रमबाट निजी क्षेत्र उत्साहित
‘कोसी पर्यटन वर्ष’ को कार्यक्रमबाट निजी क्षेत्र उत्साहित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २०, २०८१

झापा- कोसी प्रदेश सरकारले आगामी वर्षलाई ‘पर्यटन वर्ष’ का रूपमा मनाउने तयारी गरेसँगै निजी क्षेत्रका व्यवसायी उत्साहित बनेका छन् । प्रदेश सरकारले यही चैत २७ गते तेह्रथुमको गुराँस क्षेत्र तीनजुरे मिल्केमा एक समारोहका बीच ‘कोसी पर्यटन वर्ष–२०८२’ प्रारम्भ गर्दैछ । 

कोसी पर्यटन वर्ष’ निर्देशक समितिका सहसंयोजक भवष श्रेष्ठले पर्यटकीय आधारमा कोसी मुलुकका साथै विश्वको उत्कृष्ट गन्तव्यका रूपमा रहेको बताए । उनले यहाँका सम्भावनायुक्त गन्तव्यहरूको महत्त्व र सौन्दर्यकाबारेमा पर्याप्त प्रचारप्रसार हुन नसकेको धारणा व्यक्त गरे।

“पर्यटनमार्फत मुलुकको समृद्धि खोज्न आगामी वर्ष महत्वपूर्ण आधारशीला बन्नेमा निजी क्षेत्र आशावादी छन्”, पर्यटन व्यवसायीसमेत रहनुभएका श्रेष्ठले भने, “यसबाट कोसी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरूको पहिचान, प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ ।” उनले मुलुकको होचोस्थान कचनकवलदेखि विश्वको अग्लो चुचुरो सगरमाथा भएको प्रदेशका रूपमा कोसी रहेको बताउँदै पर्यटन वर्षमा पर्यटकीयस्थलको पहिचान, संरक्षण, प्रवर्द्धन र नीति निर्माणका लागि विभिन्न कार्यक्रम र योजना सञ्चालन हुने जानकारी दिए । 

Hardik health

मेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजालले पर्यटक आगमनको पहिलो पूर्वाधार सडक भएको उल्लेख गर्दै एसियाली राजमार्गको सञ्जालले जोडिएको कोसी प्रदेशमा पर्यटक भित्र्याउन तुलनात्मक रूपमा सहज हुने धारणा राख्नुभयो । उनले पूर्व–पश्चिम राजमार्गलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गर्ने काम तीव्रगतिमा भइरहेको हुँदा आगामी दिनमा स्थलमार्गबाट नेपालमा धेरैभन्दा धैरै पर्यटक भित्र्याउन सकिने सम्भावना व्यक्त गरे।

आशिष ट्राभल्स काँकडभिट्टाका सञ्चालक एवं पर्यटन व्यवसायी नेत्र कार्कीले पर्यटन वर्षको घोषणाले वर्षौँदेखि यो व्यवसायमा लागेका निजी क्षेत्रमा उत्साहको लहर आएको बताउँदै प्रदेश सरकारले प्रवर्द्धनात्मक कार्यक्रमलाई केही स्थान वा क्षेत्रमा मात्र सीमित बनाउन नहुने सुझाव व्यक्त गरे।  “विराटनगर, धरान र बेतनामा मात्र कार्यक्रम गरेर पर्यटन वर्ष सफल हुँदैन । ट्राभल एजेन्सी सञ्चालनका रूपमा ३० वर्षदेखि अनुभवका आधारमा प्रदेशका पर्यटकीय सबै क्षेत्रमा क्रमशः प्रवर्द्धनात्मक कार्यक्रम गर्दै जानुपर्छ”, उनले भन्नुभयो, “कोसी प्रदेशमा सबैभन्दा बढी पर्यटक पूर्वीनाका काँकडभिट्टाबाट प्रवेश गर्छन् । पर्यटन वर्ष मनाइरहँदा पूर्वीनाकालाई विशेष महत्त्व दिन जरुरी छ ।”

पर्यटन वर्ष मनाउने सरकारको योजनाले संरक्षण अभियन्तासमेत उत्साहित बनेका छन् । चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले नेपाल चरा पर्यटनका दृष्टिले स्वर्ग भएको बताए । नेपालमा पाइने आठ सय ९८ प्रजातिका चरामध्ये पाँच सय ३० प्रकारका चरा कोसी टप्पु क्षेत्रमा पाइने जनाउँदै उनले मेचीनगर क्षेत्रमा मात्रै ३३७ प्रकारका चरा पाइने बताए ।  “कोसी पर्यटन वर्षले चरा पर्यटनको सम्भावनालाई प्रचारप्रसार गर्नुका साथै पर्यटकलाई आकर्षित गर्ने विश्वास लिएका छौँ”, उनले भने, “यहाँका हिमाल, पहाड, मठमन्दिर र भौगोलिक सौन्दर्यलाई नजिकबाट हेर्न पर्यटक आउने गरेका छन् । यहाँको जैविक विविधता, चरा तथा वन्यजन्तु र कला संस्कृति हेर्न चाहने पर्यटकहरू पनि विश्वमा लाखौँको सङ्ख्यामा रहेकाले सोहीअनुसरा प्रचारप्रसार र प्रवर्द्धन गर्नु आवश्यक छ ।”

चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले इलामको सन्दकपुरमा पाइने दुर्लभ रेडपाण्डा हेर्न भारतीय बाटो भएर बर्सेनि हजारौँ पर्यटन आउने गरेका जनाउँदै त्यसबाट नेपालले खासै लाभ भने लिन नसकेको गुनासो गरे। “भारतबाट खुला सीमाको प्रयोग गरी पर्यटक आउँछन् र रेडपाण्डा हेर्ने, फोटो खिच्ने गर्दछन् । अनि सामाजिक सञ्जालमा भारतको भनी प्रचार गर्छन्”,  उनले भने । यस्ता गतिविधि रोक्न पनि सङ्घ र प्रदेश सरकारले प्रवर्द्धनात्मक कार्यक्रम विस्तार गर्दै जानुपर्नेमा उनले जोड दिए ।पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले पर्यटन वर्षलाई यस क्षेत्रसम्बन्धी भौतिक संरचना र आवश्यक नीति निर्माण वर्षका रूपमा मनाउनु पर्नेमा जोड दिनुभयो । उनले भने, “यो भ्रमण वर्ष होइन, पर्यटन वर्ष हो । यसमा सबैले सहकार्य र समन्वय गरी पर्यटनका माध्यमबाट आर्थिक गतिविधि चलायमान बनाउने गरी काम गर्नुपर्छ । यहाँका पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गरी बढीभन्दा बढी पर्यटकलाई आकर्षित गर्न सबैले समन्वय गर्नु पर्दछ ।”


प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १५:१५
#कोसी पर्यटन वर्ष
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए बुधबार, कात्तिक १२, २०८२
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना बुधबार, कात्तिक १२, २०८२
निरन्तर हिमपाले आन्तरिक  तथा बाह्य पर्यटक समस्यामा
निरन्तर हिमपाले आन्तरिक तथा बाह्य पर्यटक समस्यामा बुधबार, कात्तिक १२, २०८२
मुस्ताङमा भारी हिमपात
मुस्ताङमा भारी हिमपात बुधबार, कात्तिक १२, २०८२
हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव
हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव बुधबार, कात्तिक १२, २०८२
गाइघाटमा झरनामा ‘कायाकिङ’
गाइघाटमा झरनामा ‘कायाकिङ’ बुधबार, कात्तिक १२, २०८२
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP