Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रशंसामा विपक्षी दल मक्ख, एकैसाथ तीन मुद्दा सामसुम
प्रशंसामा विपक्षी दल मक्ख, एकैसाथ तीन मुद्दा सामसुम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १९, २०८१
  • प्रधानमन्त्री ओलीले १५ गते समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रमको प्रशंसा गरेसँगै प्रतिपक्ष दलले छाडे कुलमान घिसिङ पुनर्बहालीको माग
  • पूर्वराजाको अगुवाइमा तीनकुनेमा भएको प्रदर्शनमा हिंसात्मक गतिविधिमा संलग्नलाई नछाड्ने प्रधानमन्त्रीको जवाफ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सदनमा प्रतिपक्षीको प्रश्नको जवाफ दिएसँगै एकैसाथ तीन विषय सामसुम भएको छ । पछिल्लोपटक ओली नेतृत्वको सरकारको कार्यशैलीका कारण प्रतिपक्ष रुष्ट भए पनि ओलीले एकै सम्बोधनमा तीन विषय सामसुम बनाएका हुन् ।

गत साउनको मसान्तमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको शक्तिशाली सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चैत ११ गते हटाएसँगै सदन अवरुद्ध भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले यही विषयमा जवाफ माग्दै सदन अवरुद्ध पार्दा सरकारले ल्याएको अध्यादेश अलपत्र परेको थियो । यही बीचमा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा सरकारको सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको थियो ।

यही विषयमा आइतबारको सदन चर्काचर्कीकै कारण स्थगित हुन पुग्यो । सोमबारको प्रतिनिधिसभामा भने प्रधानमन्त्री ओलीले १५ गते समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रमको प्रशंसा गरे भने तीनकुनेको प्रदर्शनको आलोचना । समाजवादी मोर्चामा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादी संलग्न छन् । ‘समाजवादी मोर्चाले काठमाडौंको प्रदर्शनमार्गमा भव्य सभा ग¥यो । सरकारलाई खबरदारी ग¥यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो । शालीन जुलुससहित भएको उक्त कार्यक्रमका आयोजकलाई धन्यवाद व्यक्त गर्दछु,’ ओलीले भने । ओलीको प्रशंसामा माओवादी केन्द्र र एकीकृत समाजवादीले दुईपटक टेबल ठटाउँदै खुसी व्यक्त गरे । 

जसकारण माओवादी केन्द्रले कुलमानमाथि उठाएको मुल मुद्दालाई त्यतिसारो वास्ता गरेन । यसलाई ओलीले स–साना विषय भन्दै सजिलैसँग पन्छाइदिए । ‘केही दिनयता संसद् अवरुद्ध छ । सुशासनमा कमी–कमजोरी भएका विषयमा प्रश्न उठ्नु स्वाभाविक छ । सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो,’ ओलीले भने, ‘तर अहिले विषय सामान्य छ, एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ । सदन अवरुद्ध छ, यसबाट महŒवपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ ।’

Hardik health

राष्ट्रसेवक कर्मचारीहरुको गुण र दोष टिप्पणी गर्ने स्थल संसद् नरहेको ओलीले उल्लेख राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि सदनले निर्धारण गरेको र उक्त विधिअनुसार नै सरकारले काम गर्ने बताए । कुनै कर्मचारीबाट विभागीय मन्त्रीले सहयोग पाएन भने काम गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसबाट मन्त्रीको नियत सही हो वा गलत हो भन्ने परीक्षण हुनेसमेत स्पष्ट पारे । 

‘कुनै पनि कर्मचारीबाट विभागीय कानुनप्रति र मन्त्रीप्रति लोयल्टी फिल भएन भने कर्मचारीबाट असहयोग हुँदा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्नेसम्मका कार्य स्वभाविक एवं कानुनसम्मत रहेको छ,’ ओलीले भने । सर्वोच्च अदालतमा विचाराधीन रहेको यो विषयमा थप चर्चा गर्न आवश्यक नरहेको उनको भनाइ थियो ।
 


एकैदिन पाँच विधेयक प्रमाणीकरण
कुलमान प्रकरणबाट पार पाएसँगै सरकारले ल्याएको पाँच अध्यादेश पनि ऐन बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेसँगै ऐन बनेको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले सोमबार विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको जानकारी दिइन् ।  

प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक रहेका छन् । विधेयक संघीय संसद्का दुवै सदनबाट सोमबार नै पारित भएका थिए ।  

पूर्वराजामाथि आक्रामक
प्रधानमन्त्री ओलीमाथि पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसम्बन्धमा पनि प्रश्न उठेको थियो । यसबारे प्रधानमन्त्री ओलीले आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताए । 

‘यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट... शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ? यी सबै घटनाको मुल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्छ,’ ओलीले भने ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सम्बोधनपछि सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीले कसैलाई होच्याउने शब्द बोलेको भन्दै रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए । ओलीले तीनकुनेको प्रदर्शनका नेतृत्व दुर्गा प्रसाईंलाई ‘कथित कमाण्डर’ भनेका थिए । त्यसपछि पटक–पटक उठेर शाहीले नियमापत्तिको माग गरेका थिए । प्रधानमन्त्री सम्बोधन जारी राख्दा सभामुख देवराज घिमिरे पनि बीचबीचमा निर्देशन दिइरहँदा सदन गोलमाल सुनिन्थ्यो ।

शाहीपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्मा लगातार व्यवस्था र संविधानविरुद्धमा विभिन्न गतिविधि भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीको सम्बोधनका क्रममा विरोध जनाइएकामा आपत्ति जनाएका थिए ।

थाइल्यान्ड जाने जानकारी पनि सदनमै
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा जाने भएका छन् । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली आज त्यसतर्फ जान लागेका हुन् । कूटनीतिकसम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको ओलीले बताए ।प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकीबाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण हुने बताए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुने छ ।

भ्रमणका अवसरमा पर्यटन र संस्कृतिसँग सम्बधित दुुई समझदारीपत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले भ्रमणका अवसरमा थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग छलफल गर्ने र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने जानकारी दिए । प्रधानमन्त्री ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनलाई यही चैत २२ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 


प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP