Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • स्पेनमा नेपालको पर्यटन प्रबर्द्धन
प्रविधि र दिगो पर्यटनमा सहयोग गर्न नेपालकाे आग्रह  स्पेनमा नेपालको पर्यटन प्रबर्द्धन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १७, २०८१

काठमाडौं- नेपालले संयुक्त राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोगका लागि आग्रह गरेको छ । नेपालका पर्यटकीय गन्तव्यको प्रबर्द्धन कार्यक्रमअन्तर्गत युरोप यात्रामा रहेको नेपाल पर्यटन बोर्डको टोलीले स्पेनको मड्रिडमा संयुक्त राष्ट्रसंघीय पर्यटन अधिकारीहरुसँगको छलफलमा दिगो पर्यटनका लागि सहयोगको आग्रह गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघ पर्यटन मुख्यालयमा भएको छलफलमा विगतमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै, प्रविधि, डिजिटल इनोभेसन, र दिगो पर्यटन विकासका क्षेत्रमा थप सहकार्यका लागि आग्रह गरेको हो । 

उनले थपे, 'नेपाल पर्यटन रणनीतिक योजना (२०१६-२०२५) र आईटीबी बर्लिन मन्त्रीस्तरीय बैठक २०२५ मा नेपालको सहभागितालाई स्मरण गर्दै नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल इनोभेसन, र दिगो पर्यटन विकासका क्षेत्रमा थप सहकार्यको आवश्यकता रहेको छ । यसका लागि हामी यूएन टुरिजम्‌लाई सहयोगका लागि आग्रह गर्दछौं ।'

द्विपक्षीय प्रतिनिधिमण्डलको बैठकमा राष्ट्रसंघ पर्यटनका एसिया-प्रशान्त क्षेत्रीय विभाग निर्देशक ह्यारी हुआङले नेपाली प्रतिनिधिमण्डलको पहिलो पटक संयुक्त राष्ट्रसंघ पर्यटनको मुख्यालय भ्रमणलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गर्दै नेपाललाई पर्यटन विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

Hardik health

पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले नेपाल-संयुक्त राष्ट्रसंघीय पर्यटनसँगको सम्बन्धलाई थप सशक्त बनाउन नेपाल अब राष्ट्रसंघ पर्यटन‌सँग अझ घनिष्ठ सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नेपालको पर्यटन नीति सुधार, समावेशी पर्यटन प्रवर्द्धन, र पर्यटन लाभको समान वितरणका लागि राष्ट्रसंघ पर्यटनको सहयोग आवश्यक रहेको बताए ।

नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले नेपालको साहसिक पर्यटन, इको-टुरिजम, र ग्रामीण पर्यटनका सम्भावनाबारे चर्चा गर्दै नेपाललाई विश्व पर्यटन क्षेत्रमा अझ उचाइमा पुर्‍याउन संयुक्त परियोजनाहरू आवश्यक रहेको बताए । 

संयुक्त राष्ट्रसंघ पर्यटनका निर्देशक हुआङले नेपाललाई आगामी राष्ट्रसंघीय पर्यटन कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन, प्राथमिकताहरू उल्लेख गर्दै औपचारिक प्रस्ताव पेश गरेमा थप सहयोग गर्न तयार रहेको बताए । यस बैठकले नेपाल-राष्ट्रसंघी पर्यटन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

यसअघि नेपाल पर्यटन बोर्डले स्पेनको म्याड्रिडमा स्पेनस्थित नेपाली दूतावाससँग सहकार्य गर्दै गन्तव्य प्रवर्द्धन कार्यक्रम आयोजना गरेको थियो । नेपाल र स्पेनबीच पर्यटन सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा टुर तथा ट्राभल व्यवसायी तथा सञ्चारकर्मीहरू सहभागी भएका थिए ।कार्यक्रममा स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले नेपाल- स्पेनबीचको लामो समयदेखि रहिआएको सम्बन्ध र हरेक वर्ष नेपाल भ्रमण गर्ने स्पेनी पर्यटकहरूको बढ्दो संख्याबारे चर्चा गरेका थिए । 

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले नेपालको प्रकृति, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा, र आतिथ्य सेवा सम्बन्धी प्रस्तुत गर्नुका साथै स्पेनी पर्यटकहरूका लागि नेपाल प्रमुख गन्तव्य हुनसक्ने विषयमा जानकारी दिएका हुन् ।


प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
मनमोहक तनहुँको दुबुङ गाउँ
मनमोहक तनहुँको दुबुङ गाउँ सोमबार, पुस ७, २०८२
ताल-टिप्तला भञ्ज्याङ पर्यटन प्रवर्द्धन कार्यक्रम हुँदै
ताल-टिप्तला भञ्ज्याङ पर्यटन प्रवर्द्धन कार्यक्रम हुँदै आइतबार, पुस ६, २०८२
बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास
बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास आइतबार, पुस ६, २०८२
पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल
पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल आइतबार, पुस ६, २०८२
नेपाल–भारत पर्यटन सहकार्य सुदृढ गर्न नेपालगञ्जमा क्रस–बोर्डर टुरिज्म कन्क्लेभ
नेपाल–भारत पर्यटन सहकार्य सुदृढ गर्न नेपालगञ्जमा क्रस–बोर्डर टुरिज्म कन्क्लेभ आइतबार, पुस ६, २०८२
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा शुक्रबार, पुस ४, २०८२
नेपालगञ्‍जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै
नेपालगञ्‍जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP