Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
कृषि
  • Home
  • कृषि
  • ‘हाइब्रिड’ मकैको बीउ पाउन कठिन
‘हाइब्रिड’ मकैको बीउ पाउन कठिन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १२, २०८१

चितवन- नेपालमा उत्पादित हाइब्रिड मकैको बीउ बजारमा नपाउँदा विदेशी बीउको प्रयोग गर्न बाध्य भएको यहाँका किसानले गुनासो गरेका छन् । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले आयोजना गरेको हाइब्रिड मकै बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी आवासीय कृषक तालिमको समापनमा किसानले स्वदेशी हाइब्रिड बीउ पाउन समस्या हुने गरेको बताएका हुन् ।

दैलेखबाट तालिममा सहभागी हुन आएकी खगेश्वरी बुढा नेपालीले हाइब्रिड बीउ बजारमा नपाउँदा समस्या भएको बताइन् । उनले भनिन्, “विदेशी बीउ बजारमा सहज रूपमा पाइन्छ । स्वदेशी उत्पादन पाउन कठिन छ ।”  उत्पादन राम्रो र रोग कीराले नखाने भए अहिले लाइन बस्दा पनि नेपाली बीउ पाउन नसकिएको उनले गुनासो गरे  । तालिममा सिकेका सीपलाई गाउँमा रहेका कृषकलाई सिकाउँदै नेपाली बीउको प्रयोग बढाउन आफूहरू जुट्ने बुढाको भनाइ छ । 

नवलपरासीका किसान कुस्मखर काफ्लेले किसानलाई व्यावसायिक बनाउन अर्गानिक उत्पादनमा जोड दिन आवश्यक रहेको बताए । स्वदेशी बीउ उत्पादन गरेर बजारीकरण गर्नसके यहाँको हावा पानी सुहाउँदो हुने र उत्पादन बढ्ने उनको बुझाइ छ । उनले भने, “विदेशी बीउको अनुपातमा नेपाली बीउ पुग्न सकेको छैन ।”

Hardik health

नेपाल कृषि अनुसन्धान परिषद्का योजना तथा समन्वय निर्देशक भानुभक्त पोखरेलले नेपाली हाइब्रिडको प्रभावकारिताका बारेमा जानकारी नहुँदा यसको उत्पादन कम देखिएको बताए । उनका अनुसार किसानका समूह र स्थानीय निकायसँगको समन्वयमा यसलाई बढाउन आवश्यक छ ।  उनले भने, “नेपाली किसानमा भूमिको सदुपयोग कसरी गर्ने भन्ने ज्ञान नहुँदा हाइब्रिड मकैले उचित स्थान पाउन नसकेको हो ।” बीउ उत्पादन कार्यक्रमलाई व्यावसायिक गर्नसके विदेशी बीउ आयात रोक्न सकिने उनले धारणा राख्नुभयो । 

परिषद्का बाली तथा बागवानी अनुसन्धान निर्देशक विनेशमान साखले नेपालमा उत्पादित हाइब्रिडभन्दा विदेशी जातले यहाँको धेरै भूमि ओगटेको बताए । उनले भने, “आयातीत बीउले ६० प्रतिशत क्षेत्र ओगटेको छ ।” अनुसन्धान गरिएका बीउहरू नेपालका लागि सुहाउँदो भए पनि विदेशी बीउको प्रयोग बढ्नु खोजीको विषय भएको बताउँदै उनले प्राविधिक विषयको ज्ञान कृषकलाई हुन आवश्यक रहेकामा जोड दिए । 

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक तीर्थराज रिजालले नेपालमा १० जातका हाइब्रिड मकैका बीउ सिफारिस भइसकेको जनाउँदै किसानको रुचिमा रामपुर हाइब्रिड १०, १२, १४ र १६ मात्रै पर्दा आवश्यकताअनुसार उत्पादन गर्न नसकिएको बताए । तल्लो तहसम्म बीउ पुर्याउन निजी कम्पनीसम्म पुग्नुपर्ने भन्दै उनले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । यही चैत ५ गतेदेखि सञ्चालित तालिममा देशका विभिन्न जिल्लाका २० जना कृषकलाई हाइब्रिड मकै बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी ज्ञान दिइएको थियो ।


प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप कृषि
कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल
कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल शुक्रबार, जेठ १५, २०८३
आर्थिक वर्षमा एक खर्बको काठ बेच्ने : वनमन्त्री गीता चौधरी
आर्थिक वर्षमा एक खर्बको काठ बेच्ने : वनमन्त्री गीता चौधरी बुधबार, जेठ १३, २०८३
मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण
मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण बुधबार, जेठ १३, २०८३
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर बुधबार, जेठ १३, २०८३
वैकल्पिक बालीका रुपमा अदुवाखेती गर्दै खोक्सिकका किसान
वैकल्पिक बालीका रुपमा अदुवाखेती गर्दै खोक्सिकका किसान बुधबार, जेठ १३, २०८३
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP