Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संघीयता विरोधीविरुद्ध शीर्ष नेताको एकै स्वर
संघीयता विरोधीविरुद्ध शीर्ष नेताको एकै स्वर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ११, २०८१

काठमाडौं– संघीयताको विरोध गर्दै राजावादी शक्ति सडकमा निस्किएसँगै राजनीतिक दल पनि एकताबद्ध देखिन थालिएको छ । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, मेडिकल व्यवसायी दुर्गा प्रसाईं तथा पूर्वपञ्चहरु पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा सडकमा उत्रिएपछि दलहरुमाथि प्रश्न उठेको थियो ।

गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै राजावादीहरु स्वागत गर्न पुगेका थिए । उनीहरुले शाहलाई महाराजगञ्जसम्म जुलुस गरी पु¥याएका थिए । यद्यपि, यसविरुद्ध राजनीतिक दलका नेताहरु मौन रहे । शाह जुलुसै लिएर उत्रिने भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु हुलाकी मार्गमा जारी राखेको जागरण अभियान स्थगित गरी काठमाडौं उत्रेका थिए ।

ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायकको मान्छे पनि हैनन् । राप्रपा पछि पछुताउँछ । राप्रपाले पार्टी सभापति बनाए हुन्छ पार्टीको ।
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस


त्यसको केही दिनमै माओवादी अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चोकको मेलम्ची पुगेर राजावादी र पूर्वराजाविरुद्ध धावा बोले । चैत १ गते दाहालले पूर्वराजा ज्ञानेन्द्र ‘असफल’ नेता भएको र उनले गरेको शासन जनताले अझै नबिर्सने तर्क पेस गरे । ‘२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पु¥याए, नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ?,’ दाहालको प्रश्न थियो, ‘आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?’

Ncell
Hardik health

सरकारको कार्यसम्पादनका कारण जनता रुष्ट रहेको भन्दै गरिएको प्रदर्शनको प्रमुख प्रतिपक्षी दलले नै ‘काउन्टर’ विरोध गरेपछि राजावादीहरु झस्किए । सँगै दाहालले पाँच दिनपछि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा पूर्वराजा शाह गणतन्त्रको भिलेन भएको दाबी पेस गरे । ‘गणतन्त्र ल्याउन भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका महŒवपूर्ण छ,’ दाहालले भने, ‘किनभने कुनै कथा, उपन्यास र फिल्म हिरोलेमात्र चल्दैन । त्यहाँ भिलेन पनि चाहिन्छ । भिलेनको रोल सक्रिय भएन भने हिरो पनि सफल नहुन सक्छ । भिलेन अलि खतरनाक भएर आइदियो भने अनि हिरोले पनि सम्पूर्ण तागतका साथ परास्त गर्न सक्छ ।’ 

गणतन्त्र ल्याउन भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका महŒवपूर्ण छ । किनभने कुनै कथा, उपन्यास र फिल्म हिरोलेमात्र चल्दैन । त्यहाँ भिलेन पनि चाहिन्छ ।
पुष्पकमल दाहाल
अध्यक्ष, नेकपा माओवादी केन्द्र

दाहालले राजावादीमाथि निरन्तर प्रहारमात्र गरेनन् नेकपा एकीकृत समाजवादीसँग मिलेर चैत १५ गते शक्ति प्रदर्शन गर्ने कार्यतालिकासमेत सार्वजनिक गरे । त्यसपछि सत्तामा रहेको नेपाली कांग्रेस र नेकपा एमालेसमेत राजावादीको विरोधमा बोल्न बाध्य भए ।प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते काठमाडौंको होटल सोल्टी पुगेर अराजकताले व्यवस्था नउल्टने संकेत गरे । ‘एयरपोर्टदेखि महाराजगजञ्जसम्म त खुला उद्घोषका साथ मान्छेहरु मार्च गरेको देखियो । अराजकता सिर्जना गरेर हाहु गरेका भरमा उथलपुथल गर्न यहाँ सजिलो छैन, अरु देशमा जस्तो । नेपाली जनता धेरै लामो समय संघर्ष गरेर यहाँ आइपुगेका छन् । लोकतन्त्रलाई रक्षा गर्न नेपाली जनता पर्याप्त चनाखो छ,’ ओलीले भने । एमालेले आज राजावादीहरु र राप्रपाको अभियानविरुद्ध गाउँगाउँमा प्रदर्शन गर्दै छ ।

योसँगै राजावादीको अभियान र प्रदर्शनबारे मुख नखोलेको कांग्रेस कार्यसम्पादन समितिको मुखमा बोल्न बाध्य भयो । कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र संवैधानिक राजा हुनसमेत लायकको नभएको टिप्पणी गरे । यसो त देउवाले राप्रपा पनि पछुताउनुपर्ने बताए । ‘ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायकको मान्छे पनि हैनन् । राप्रपा पछि पछुताउँछ । राप्रपाले पार्टी सभापति बनाए हुन्छ पार्टीको । पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि,’ आइतबार बागमती प्रदेश प्रशिक्षण विभागले ललितपुरमा आयोजना गरेको कार्यक्रम देउवाले भने, ‘तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् । राप्रपाले पनि दुःख पाउँछ ।’ राप्रपा राजतन्त्र पुनस्र्थापनादेखि हिन्दूराष्ट्रको माग गर्दै आन्दोलनको तयारीमा छ ।

अराजकता सिर्जना गरेर हाहु गरेका भरमा उथलपुथल गर्छु भनेर नसोचे हुन्छ । लोकतन्त्रलाई रक्षा गर्न नेपाली जनता पर्याप्त चनाखो छ ।
केपी शर्मा ओली
प्रधानमन्त्री

राजावादीको आन्दोलनको काउन्टरमा भने कांग्रेसले कुनै प्रदर्शनको कार्यक्रम नगर्ने जनाएको छ । ‘हामीले शक्ति प्रदर्शनको प्रतिस्पर्धा गर्न आवश्यकता ठानेका छैनौं । जनता संविधानको पक्षमा उभिएका छन् । कुनै पार्टीहरूले प्रदर्शनको निर्णय गर्न सक्छन् । तर कांग्रेसले तत्काल सडकमा उभिएर आफ्नो कुरा राख्नुपर्ने ठान्दैन,’ कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने । कांग्रेसले गणतन्त्रप्रति निरन्तर पूर्णप्रतिबद्ध रहेको निर्णयसमेत गरेको छ ।


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’ बिहीबार, भदौ २५, २०८३
संसद्का दुवै सदनको बैठक आज बस्दै
संसद्का दुवै सदनको बैठक आज बस्दै बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP