Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कैद सजाय थपियो, अन्तरदेशीय अनुसन्धानको बाटो खुला
भ्रष्टाचार निवारण ऐनमा संशोधन कैद सजाय थपियो, अन्तरदेशीय अनुसन्धानको बाटो खुला
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, चैत ११, २०८१
  • रंगेहात घूस कारबाहीले निरन्तरता पायो 
  • १० करोडभन्दा बढी घूस खाए १४ वर्ष कैद, न्यूनतम कैद अवधि एक महिना
  • पदीय दुरुपयोग र कमिसन लिने कार्य पनि भ्रष्टाचारजन्य कार्य
  • गैरकानुनी सम्पत्ति आर्जनमा सजाय थप, पुग्यो तीन वर्ष 
  • कानुनी व्यक्ति पनि कारबाहीको दायरामा 

काठमाडौं– २० वर्षपछि भ्रष्टाचार निवारण ऐन संशोधन भएको छ । संशोधित ऐनमा सजाय बढाइएको छ । कारबाहीको दायरा विस्तार गरिएको छ । पदको दुरुपयोगसमेतलाई सजायको परिभाषामा समेटिएको छ । गैरकानुनी सम्पत्ति आर्जनमा कैद थप भएको छ । 

परिमार्जित ऐनमा यसअघि विवादित बनेको प्रावधान पनि राखिएको छ । त्यो हो– अख्तियार दुरूपयोग अनुसन्धान ऐनलाई फेरि रंगेहात घूसको कारबाहीका लागि व्यक्तिलाई रकम उपलब्ध गराउन सक्ने । यसअघि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे कतिपय सांसदले विरोध गरेका थिए । यस्तो प्रावधान राख्न नहुने विरोध गर्ने सांसदहरूको मत थियो । तर, समिति हुँदै संसद्बाटसमेत बहुमतले ऐन पारित भएको हो । 

यसअघि सर्वोच्च अदालतले नियमावलीमा भएको रंगेहात पक्राउ गर्न मिल्ने व्यवस्था बदर गरिदिएको थियो । त्यसपछि चार वर्षदेखि आफैंले नगद दिएर रंगेहात घूससम्बन्धी कारबाही गर्ने अख्तियारको काम ठप्प थियो । परिमार्जित ऐनले भने फेरि त्यस्तो कारबाही अघि बढाउन बाटो खोलेको छ । 

ऐनको दफा ६२ (घ) मा थपिएको अनुसन्धानसम्बन्धी व्यवस्थामा अख्तियारले सरकारी कर्मचारीले घूस मागेको सूचना पाएमा आफ्नै कर्मचारी वा अरुलाई त्यसबापतको रकम उपलब्ध गराउन सक्ने प्रावधान छ । अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले रंगेहात घूससम्बन्धी कारबाहीले भ्रष्टाचारजन्य कार्य गर्न कर्मचारीलाई निरुत्साहित बनाउने बताए ।

Hardik health

‘नेपाल अति भ्रष्ट देशको सूचीमा छ । हामीकहाँ भ्रष्टाचार न्यूनीकरणको विषय पेचिलो बनेको छ । यस्तो अवस्थामा सेवाग्राहीसँग घूस मागेर भ्रष्टाचारजन्य कसूर गर्न खोजे यस्तो ऐनको प्रावधानले निरुत्साहित पार्न सक्छ,’ उनले प्रभावसँग भने ।

परिमार्जित ऐनमा घूस खानेलाई न्यूनतम कैद सजाय उल्लेख छ । एक महिना न्यूनतम कैदको व्यवस्था ऐनमा छ । पहिले त्यस्तो व्यवस्था थिएन । कैद सजाय भने घूस लिएको रकमको मात्राका आधारमा हुने भएको छ । यसअघि एक करोड रुपैयाँभन्दा बढी घूस लिनेलाई १० वर्षसम्म कैदको व्यवस्था थियो । ऐनमा अब १० करोड रुपैयाँभन्दा माथि घूस लिनेलाई १४ वर्ष कैद हुने भएको छ । घूस लिए सरहको कसूरको रूपमा राजस्व चुहावटलाई लिइने भएको छ ।

कमिसन लिने र सार्वजनिक सम्पत्ति हानि नोक्सानी गर्नेलाई पनि घूस लिएकैसरह मानेर सजाय गरिने ऐनमा प्रावधान छ । यी कसूरहरूमा दोषी ठहरिए अख्तियारले १४ वर्षसम्म कैदको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने भएको छ ।भ्रष्टाचारका लागि गरिने भरथेगलाई पनि ऐनमा कसूर मानिएको छ । ऐनमा भएको यो व्यवस्थाले राजस्व चुहावटमा सहयोग वा सहजीकरण गर्नेलाई कारबाहीको दायरामा आउने भएका छन् । कारबाही भने राजस्व चुहावट गर्ने मूल व्यक्तिसरह सजाय तोकिने व्यवस्था छ ।

ऐनमा नौलो व्यवस्था पनि छ । पद दुरूपयोग गरेमा अबदेखि सजाय हुने भएको छ । यसअघिको पदीय हैसियत दुरूपयोगलाई प्रशासनिक प्रकृतिको विभागीय कारबाहीमात्रै गरिन्थ्यो । अब त्यस्तो कार्यलाई भ्रष्टाचार मानिने भएको छ । स्वार्थ बाझिनेगरी गरिएको निर्णय वा आदेशलाई पनि भ्रष्टाचार मनिएको छ । मातहतका कर्मचारीहरूलाई दबाब वा प्रभावमा पारेर निर्णय गरेको अवस्थामा त्यस्तो कार्यलाई पनि भ्रष्टाचारको कोटीमा राखिएको छ ।  

यस्ता कार्य गरेको आरोप लागेका व्यक्तिविरुद्ध भ्रष्टाचारको मुद्दा अघि बढेसँगै सार्वजनिक पद निलम्बन हुने व्यवस्थालाई ऐनमा निरन्तरता दिइएको छ । यससँगै संशोधित ऐनमा अन्तरदेशीय अपराध भए दुई मुलुकको संयुक्त अनुसन्धान हुनसक्ने व्यवस्था राखिएको छ । भ्रष्टाचारका पछिल्ला घटनाहरूको अनुसन्धानका क्रममा प्रहरीले नेपालमा भएको भ्रष्टाचारबाट आर्जित सम्पत्ति अन्य मुलुकमा व्यवस्थापन गर्न, एउटा मुलुकमा बसेर अर्को मुलुकमा भ्रष्टाचारको योजना बनेको तथ्य फेला पारेको थियो । यसपछि पहिलोपटक अन्तरदेशीय अनुसन्धान गर्न मिल्ने व्यवस्था ऐनमा राखिएको हो । 

संशोधित भ्रष्टाचार निवारण ऐनमा गैरकानुनी सम्पत्तिमा कैद बढाइएको छ । अभियोग पुष्टि भएमा एकदेखि तीन वर्ष कैद सजाय हुने भनिएको छ । कसैले सार्वजनिक पदको दुरूपयोग गरेर सम्पत्ति कमाएको पुष्टि भएमा हालसम्म न्यूनतम सजायको व्यवस्था तोकिएको थिएन । दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था भएकाले अदालतले तजविजीमा केही महिनासम्म पनि कैद सजाय तोक्ने गरेका थिए । यसअघि यस्तो अभियोगमा दोषी ठहर भए कम्तीमा एक वर्ष कैद सजाय हुने प्रावधान थियो । 

यसबाहेक कानुनी व्यक्ति भनिने कम्पनी, फर्मजस्ता संरचनालाई कारबाही हुने भएको छ । ऐनमा भ्रष्टाचारमा दोषी ठहर भए संस्थाको इजाजतपत्र खारेजी तथा विघटनसम्म हुने प्रावधान छ ।
 


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP