Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #सामुदायिक विद्यालय
  • #सिन्दुर जात्रा
  • #‘छड्के तिलहरी’
  • #किवीखेती
  • #जग्गा हडप्ने
  • #‘कन्या–पूजा’
  • #रवि लामिछाने
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कैद सजाय थपियो, अन्तरदेशीय अनुसन्धानको बाटो खुला
भ्रष्टाचार निवारण ऐनमा संशोधन कैद सजाय थपियो, अन्तरदेशीय अनुसन्धानको बाटो खुला
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, चैत ११, २०८१
  • रंगेहात घूस कारबाहीले निरन्तरता पायो 
  • १० करोडभन्दा बढी घूस खाए १४ वर्ष कैद, न्यूनतम कैद अवधि एक महिना
  • पदीय दुरुपयोग र कमिसन लिने कार्य पनि भ्रष्टाचारजन्य कार्य
  • गैरकानुनी सम्पत्ति आर्जनमा सजाय थप, पुग्यो तीन वर्ष 
  • कानुनी व्यक्ति पनि कारबाहीको दायरामा 

काठमाडौं– २० वर्षपछि भ्रष्टाचार निवारण ऐन संशोधन भएको छ । संशोधित ऐनमा सजाय बढाइएको छ । कारबाहीको दायरा विस्तार गरिएको छ । पदको दुरुपयोगसमेतलाई सजायको परिभाषामा समेटिएको छ । गैरकानुनी सम्पत्ति आर्जनमा कैद थप भएको छ । 

परिमार्जित ऐनमा यसअघि विवादित बनेको प्रावधान पनि राखिएको छ । त्यो हो– अख्तियार दुरूपयोग अनुसन्धान ऐनलाई फेरि रंगेहात घूसको कारबाहीका लागि व्यक्तिलाई रकम उपलब्ध गराउन सक्ने । यसअघि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे कतिपय सांसदले विरोध गरेका थिए । यस्तो प्रावधान राख्न नहुने विरोध गर्ने सांसदहरूको मत थियो । तर, समिति हुँदै संसद्बाटसमेत बहुमतले ऐन पारित भएको हो । 

यसअघि सर्वोच्च अदालतले नियमावलीमा भएको रंगेहात पक्राउ गर्न मिल्ने व्यवस्था बदर गरिदिएको थियो । त्यसपछि चार वर्षदेखि आफैंले नगद दिएर रंगेहात घूससम्बन्धी कारबाही गर्ने अख्तियारको काम ठप्प थियो । परिमार्जित ऐनले भने फेरि त्यस्तो कारबाही अघि बढाउन बाटो खोलेको छ । 

ऐनको दफा ६२ (घ) मा थपिएको अनुसन्धानसम्बन्धी व्यवस्थामा अख्तियारले सरकारी कर्मचारीले घूस मागेको सूचना पाएमा आफ्नै कर्मचारी वा अरुलाई त्यसबापतको रकम उपलब्ध गराउन सक्ने प्रावधान छ । अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले रंगेहात घूससम्बन्धी कारबाहीले भ्रष्टाचारजन्य कार्य गर्न कर्मचारीलाई निरुत्साहित बनाउने बताए ।

‘नेपाल अति भ्रष्ट देशको सूचीमा छ । हामीकहाँ भ्रष्टाचार न्यूनीकरणको विषय पेचिलो बनेको छ । यस्तो अवस्थामा सेवाग्राहीसँग घूस मागेर भ्रष्टाचारजन्य कसूर गर्न खोजे यस्तो ऐनको प्रावधानले निरुत्साहित पार्न सक्छ,’ उनले प्रभावसँग भने ।

परिमार्जित ऐनमा घूस खानेलाई न्यूनतम कैद सजाय उल्लेख छ । एक महिना न्यूनतम कैदको व्यवस्था ऐनमा छ । पहिले त्यस्तो व्यवस्था थिएन । कैद सजाय भने घूस लिएको रकमको मात्राका आधारमा हुने भएको छ । यसअघि एक करोड रुपैयाँभन्दा बढी घूस लिनेलाई १० वर्षसम्म कैदको व्यवस्था थियो । ऐनमा अब १० करोड रुपैयाँभन्दा माथि घूस लिनेलाई १४ वर्ष कैद हुने भएको छ । घूस लिए सरहको कसूरको रूपमा राजस्व चुहावटलाई लिइने भएको छ ।

कमिसन लिने र सार्वजनिक सम्पत्ति हानि नोक्सानी गर्नेलाई पनि घूस लिएकैसरह मानेर सजाय गरिने ऐनमा प्रावधान छ । यी कसूरहरूमा दोषी ठहरिए अख्तियारले १४ वर्षसम्म कैदको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने भएको छ ।भ्रष्टाचारका लागि गरिने भरथेगलाई पनि ऐनमा कसूर मानिएको छ । ऐनमा भएको यो व्यवस्थाले राजस्व चुहावटमा सहयोग वा सहजीकरण गर्नेलाई कारबाहीको दायरामा आउने भएका छन् । कारबाही भने राजस्व चुहावट गर्ने मूल व्यक्तिसरह सजाय तोकिने व्यवस्था छ ।

ऐनमा नौलो व्यवस्था पनि छ । पद दुरूपयोग गरेमा अबदेखि सजाय हुने भएको छ । यसअघिको पदीय हैसियत दुरूपयोगलाई प्रशासनिक प्रकृतिको विभागीय कारबाहीमात्रै गरिन्थ्यो । अब त्यस्तो कार्यलाई भ्रष्टाचार मानिने भएको छ । स्वार्थ बाझिनेगरी गरिएको निर्णय वा आदेशलाई पनि भ्रष्टाचार मनिएको छ । मातहतका कर्मचारीहरूलाई दबाब वा प्रभावमा पारेर निर्णय गरेको अवस्थामा त्यस्तो कार्यलाई पनि भ्रष्टाचारको कोटीमा राखिएको छ ।  

यस्ता कार्य गरेको आरोप लागेका व्यक्तिविरुद्ध भ्रष्टाचारको मुद्दा अघि बढेसँगै सार्वजनिक पद निलम्बन हुने व्यवस्थालाई ऐनमा निरन्तरता दिइएको छ । यससँगै संशोधित ऐनमा अन्तरदेशीय अपराध भए दुई मुलुकको संयुक्त अनुसन्धान हुनसक्ने व्यवस्था राखिएको छ । भ्रष्टाचारका पछिल्ला घटनाहरूको अनुसन्धानका क्रममा प्रहरीले नेपालमा भएको भ्रष्टाचारबाट आर्जित सम्पत्ति अन्य मुलुकमा व्यवस्थापन गर्न, एउटा मुलुकमा बसेर अर्को मुलुकमा भ्रष्टाचारको योजना बनेको तथ्य फेला पारेको थियो । यसपछि पहिलोपटक अन्तरदेशीय अनुसन्धान गर्न मिल्ने व्यवस्था ऐनमा राखिएको हो । 

संशोधित भ्रष्टाचार निवारण ऐनमा गैरकानुनी सम्पत्तिमा कैद बढाइएको छ । अभियोग पुष्टि भएमा एकदेखि तीन वर्ष कैद सजाय हुने भनिएको छ । कसैले सार्वजनिक पदको दुरूपयोग गरेर सम्पत्ति कमाएको पुष्टि भएमा हालसम्म न्यूनतम सजायको व्यवस्था तोकिएको थिएन । दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था भएकाले अदालतले तजविजीमा केही महिनासम्म पनि कैद सजाय तोक्ने गरेका थिए । यसअघि यस्तो अभियोगमा दोषी ठहर भए कम्तीमा एक वर्ष कैद सजाय हुने प्रावधान थियो । 

यसबाहेक कानुनी व्यक्ति भनिने कम्पनी, फर्मजस्ता संरचनालाई कारबाही हुने भएको छ । ऐनमा भ्रष्टाचारमा दोषी ठहर भए संस्थाको इजाजतपत्र खारेजी तथा विघटनसम्म हुने प्रावधान छ ।
 


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो बुधबार, भदौ ४, २०८२
उपसभामुख मगरलाई हटाउन जुटे सत्तारुढ दल
उपसभामुख मगरलाई हटाउन जुटे सत्तारुढ दल बुधबार, भदौ ४, २०८२
छानबिनमा तानिए जसपा अध्यक्ष यादव
छानबिनमा तानिए जसपा अध्यक्ष यादव मंगलबार, भदौ ३, २०८२
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का सोमबार, भदौ २, २०८२
रुपन्देहीबाट नक्खुमा सारिए रवि 
रुपन्देहीबाट नक्खुमा सारिए रवि  आइतबार, भदौ १, २०८२
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP