Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘लकडाउन’ को रिहर्सल
‘लकडाउन’ को रिहर्सल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ६, २०७६
Main News Photo
Hardik health
एसइई परीक्षा स्थगित, संक्रमण फैलिएका मुलुकबाट प्रवेशमा प्रतिबन्ध, २५ जनाभन्दा बढी भेला हुन नपाइने काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी फैलिँदो छ । चीनको वुहानबाट सुरु भएको यो संक्रमणबाट नेपालसमेत खतरामा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाइसकेको छ । त्यसैले सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा उच्च सर्तकता अपनाउँदै आएको छ । कोरोना भाइरस संक्रमण रोकथाम गर्न विश्वका विभिन्न मुलुकले आफ्नो देश ‘लक डाउन’ अभियान सुरु गरेका छन् । यसैक्रममा नेपाल सरकारले पनि कोरोना भाइरस रोकथाममा सावधानी अपनाउदै अर्ध ‘लक डाउन’ गरेको छ । यसलाई ‘लक डाउन’को पूर्वअभ्यासको रूपमा लिइएको छ । एइई परीक्षा स्थगित उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्कुल, कलेज, सिनेमा हल बन्द गर्नेदेखि लिएर उडानमार्फत हुने आगमनमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साथै, बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)समेत स्थगित गर्ने निर्णय गरेको छ । एसइई परीक्षाको सम्पूर्ण तयारी भइसकेको अवस्थामा पूर्वसन्ध्यामा सरकारले परीक्षा रोक्ने निर्णय गरेको हो । पहिलोपटक यस वर्षदेखि एसइईमा प्रदेशअनुसार फरक–फरक प्रश्नपत्र छापिएको थियो । ६ चैतदेखि तोकिएको परीक्षा अर्को निर्णय नभएसम्मका स्थगित भएको हो । एसइई परीक्षाका लागि देशभर १९९५ केन्द्र तोकिएको थियो । संक्रमण फैलिएका मुलुकबाट प्रवेशमा प्रतिबन्ध यस्तै, सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि युरोपेली, पश्चिम एसियाली, खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएपछि सरकारले त्यसको रोकथामका लागि यस्तो निर्णय लिएको हो । सरकारले कोरोना भाइरसको संक्रमण फैलिएका सबै मुलुकका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले ३ बैशाखसम्म संक्रमण फैलिएका मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । सरकारले प्रतिबन्ध लगाएकाबाहेक विदेशी नागरिकले नेपाल प्रवेश गर्न खोजे उनीहरूले एक साताअघिको स्वास्थ्य प्रमाणपत्र अनिवार्य रूपमा बुझाउनु पर्नेछ । कोरोना भाइरसबाट चीनपछि युरोपेली मुलुकमा सबैभन्दा बढी इटाली प्रभावित भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वका जुनसुकै मुलुकममा जतिबेला पनि कोरोना संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेको छ । २५ जनाभन्दा बढी भेला हुन नपाइने यस्तै, सरकारले कोरोना फैलिन नदिन अत्यावश्यक कामबाहेक आवत–जावत गर्न रोक लगाएको छ । बैठकको निर्णयअनुसार अब सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी मानिस भेला नपाइने भएको छ । ‘सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन बन्द हुनेछ’ विज्ञप्तिमा भनिएको छ । यस्तै, चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको छ । बैठकपछि सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरू र विश्वविद्यालयहरूमा पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमले कारोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्नेलगायत विभिन्न १५ बुँदे निर्णय गरेको छ । सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न अनुरोध गर्दै यसको अनुगमनको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ । यातायातका साधन चलाउनुअघि प्रत्येक दिन समय–समयमा सवारीसाधनलाई किटाणु निर्मलीकरण गर्न लगाउने सरकारको निर्णयमा उल्लेख छ । यसको अनुगमन यातायात व्यवस्था विभाग र प्रहरीले गर्नेछ । साथै, कोरोना भाइरसबारे कुनै पनि सञ्चारमाध्यम तथा सामाजिक सञ्जाललाई विद्यमान कानुनअनुसार कारबाही गरिने भएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  ०५:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस उम्मेदवारका आकांक्षीले‘  ‘लिडरसीप एकेडेमी’ को कक्षा लिनुपर्ने 
कांग्रेस उम्मेदवारका आकांक्षीले‘  ‘लिडरसीप एकेडेमी’ को कक्षा लिनुपर्ने  बुधबार, चैत ११, २०८२
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा मंगलबार, चैत १०, २०८२
कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित तालिका सार्वजनिक
कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित तालिका सार्वजनिक मंगलबार, चैत १०, २०८२
भदौ २४-२६ मा कांग्रेसको महाधिवेशन गर्न  प्रस्ताव
भदौ २४-२६ मा कांग्रेसको महाधिवेशन गर्न प्रस्ताव मंगलबार, चैत १०, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै मंगलबार, चैत १०, २०८२
रास्वपा केन्द्रीय समितिको बैठक  बिहीबार बस्दै
रास्वपा केन्द्रीय समितिको बैठक बिहीबार बस्दै मंगलबार, चैत १०, २०८२
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP