Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • एमआईटीटी-२०२५ : रूसी बजारमा नेपालका पर्यटन सम्भावना विस्तार
एमआईटीटी-२०२५ : रूसी बजारमा नेपालका पर्यटन सम्भावना विस्तार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ८, २०८१

काठमाडौं- नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले रुसको राजधानी मस्कोमा सम्पन्‍न इन्टरनेसनल ट्राभल एण्ड टुरिजम एक्जिविसन (एमआईटीटी) २०२५

मा सक्रिय सहभागिता जनाएको छ । जसमा नेपाली प्रतिनिधिमण्डलले नेपालको पर्यटन सम्भावना र पर्यटकीय गन्तव्यको बारे जानकारी गराएका छन् ।

रूसको क्रोकस एक्स्पोमा मार्च १८ देखि २० सम्म आयोजित उक्त मेलामा नेपालले आफ्ना विविध र अनौठा पर्यटन अनुभवहरू प्रस्तुत गरेको छ ।

नेपाल पर्यटन बोर्डसँगै राधाकृष्ण होलिडेज, एड्भेन्चर प्लानर, कैलाश भ्यू टुर्स एण्ड ट्रेक्स, एक्स्प्लोर भेक्सेसन, फ्रेन्ड्स एड्भेन्चर टिम र हिमालयन ग्लेसियर ट्रेकिङ गरी छ निजी क्षेत्रका पर्यटन कम्पनीहरूले सहभागिता जनाएका हुन् । 

Hardik health

एमआईटीटीमा सहभागी नेपालका निजी क्षेत्रका प्रतिनिधिहरूले रूसको पर्यटन बजारमा प्रवेश गर्नका लागि यो उत्कृष्ट प्लेटफर्म भएको बताएका छन् ।

निजी क्षेत्रका प्रतिनिधिहरुले रुससहित विभिन्‍न मुलुकका पर्यटन व्यवसायीहरुसँग अन्तर्क्रिया तथा छलफल गरेका छन् । उक्त छलफलबाट उत्साहित उनीहरुले सकारात्मक नतिजा आउने विश्‍वास व्यक्त गरेका छन् ।

नेपालको प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयका सहसचिव तथा नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य यज्ञप्रसाद भट्टराईले गरेका थिए । उक्त प्रतिनिधिमण्डलमा नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य तथा निजी क्षेत्रका प्रतिनिधि राजेन्द्र लामा पनि सहभागी रहेका थिए । 

कार्यक्रम उद्घाटनका क्रममा रूसका लागि नेपाली राजदूत जंगबहादुर चौहानले नेपाल पभेलियनको भ्रमण गरेका थिए । नेपाली प्रतिनिधिहरुले नेपाल पभेलियनमा आउने आगन्तुकहरूसँग अन्तर्क्रिया गर्दै नेपाल-रूस पर्यटन सम्बन्ध सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरे । 

कोभिड-१९ महामारीपछिको समयलाई ध्यानमा राख्दै एमआईटीटी-२०२५ मा नेपाल पर्यटन बोर्डको सहभागिताले नेपाल-रूस पर्यटन सम्बन्धलाई पुनः सक्रिय बनाउने र रुसी पर्यटकहरूलाई आकर्षित गर्ने महत्वपूर्ण पहल भएको बोर्डले जनाएको छ।

सन् २०२४ मा १३,००० भन्दा बढी रुसी पर्यटकले नेपाल भ्रमण गरेका थिए । रोमाञ्चक यात्रा र सांस्कृतिक अनुभवप्रतिको रुसी नागरिकहरूको रुचिका कारण नेपालका लागि यो बजारमा ठूलो सम्भावना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।सन् २०२५ मा रूसबाट १७ हजारभन्दा बढी रुसी पर्यटकहरुले नेपाल भ्रमण गर्ने अनुमान गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
नाट्टाको ५९औँ साधारण सभा सम्पन्न
नाट्टाको ५९औँ साधारण सभा सम्पन्न आइतबार, साउन ३१, २०८३
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल शुक्रबार, साउन २९, २०८३
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध शुक्रबार, साउन २९, २०८३
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु बुधबार, साउन २७, २०८३
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर आइतबार, साउन २४, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP