Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
कृषि
  • Home
  • कृषि
  • सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर
सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ६, २०८१

दमौली -  जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आवद्ध हुन् । विसं २०५२ मा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गरेका  हुन् । 

विगतमा अन्यत्र खेती गर्दा जग्गा भाडा लिनुपर्ने बाध्यता रहेको बताउँदै थापाले अहिले आफ्नै सात रोपनी जग्गामा खेती गरिरहेको जानकारी दिए । गाउँको जग्गा बाँझो भएका यहाँ आएर सागसब्जी खेतीलाई निरन्तरता दिएको उनले बताए । 

थापाले भने, “अन्यत्र अर्काको जग्गा भाडामा लिएर खेती गर्दा गुजारा मात्रै चल्ने आम्दानी हुन्थ्यो । गाउँ फर्किएर बाँझो रहेका आफ्नै जमिनमा खेती गरिरहेको छु, अहिले आम्दानीसँगै बचत पनि भइरहेकाले सन्तुष्ट छु ।” सुरुमा थानकोटमा जग्गा भाडामा लिएर सागसब्जी खेती सुरु गरेको भन्दै उनले त्यहाँ गोलभेडा उत्पादन नभएपछि गाउँ फर्किएको अनुभव सुनाए । 

Hardik health

उनले भने, “खैरेनीटारमा गोलभेँडा उत्पादन भएन । जग्गाको भाडा तिर्ने खर्च पनि जुटाउन गाह्रो भएपछि माटोको परीक्षण र अनुसन्धान गरेँ । त्यहाँको माटो उपयुक्त नरहेको पाएपछि २०७९ सालमा गाउँ फर्किएँ ।” अहिले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको थापाले जानकारी दिए । उत्पादित सागसब्जी बिक्रीका लागि बजारको समस्या नरहेको भन्दै उनले सिँचाइ अभाव भएकाले ४० हजार लिटरको पोखरी बनाएर प्रयोग गरिरहेको बताए । 

दुई वटा टनेलबाट सुरु गरेको सागसब्जी खेतीलाई विस्तार गर्दै अहिले ११ वटा टनेल बनाएको थापाले बताए । यहाँ बोडी, सिमी, काँक्रो, भिन्डी, फर्सी, लौका, अकबरे, गोलभेँडा, करेला उत्पादन भइरहेका छन् । उनले भने, “सागसब्जी कहाँ बिक्री गर्ने भन्ने समस्या छैन । दुलेगौँडा, खैरेनीटार, भिमादलगायत स्थानीयस्तरमा खपत भइरहेको छ ।”
 


प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
थप कृषि
कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल
कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल शुक्रबार, जेठ १५, २०८३
आर्थिक वर्षमा एक खर्बको काठ बेच्ने : वनमन्त्री गीता चौधरी
आर्थिक वर्षमा एक खर्बको काठ बेच्ने : वनमन्त्री गीता चौधरी बुधबार, जेठ १३, २०८३
मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण
मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण बुधबार, जेठ १३, २०८३
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर बुधबार, जेठ १३, २०८३
वैकल्पिक बालीका रुपमा अदुवाखेती गर्दै खोक्सिकका किसान
वैकल्पिक बालीका रुपमा अदुवाखेती गर्दै खोक्सिकका किसान बुधबार, जेठ १३, २०८३
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP