Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • १०औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा सुरु, सरकारले संगम खोजिरहेको छ : मन्त्री बद्री पाण्डे
१०औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा सुरु, सरकारले संगम खोजिरहेको छ : मन्त्री बद्री पाण्डे
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ५, २०८१

काठमाडाैं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा १०औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा मंगलबारबाट (१८ मार्च २०२५)  सुरु भएको छ । “संगम–एकता“ नाराका साथ आयोजना गरिएको यो सम्मेलनले गैरआवासीय नेपालीहरूबीच एकता, सहकार्य, र समृद्धिका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

दुई दिवसीय सम्मेलनमा एसिया–प्यासिफिक क्षेत्रका ११ वटै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का प्रतिनिधिहरू, विभिन्न क्षेत्रका विज्ञहरू, संघका पदाधिकारीहरू तथा नेपाली समुदायका अगुवा लगायत ३०० बढी सहभागी भएका छन् ।  सम्मेलनमा गैरआवासीय नेपालीका हकअधिकार, नेपालमा लगानी, सामाजिक तथा सांस्कृतिक समृद्धि, महिला, युवा तथा दोस्रो पुस्ताका नेपालीहरूको भूमिकाजस्ता महत्वपूर्ण विषयमा छलफल गरिनेछ।

सम्मेलन उद्घाटन  गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे दिगो एकताका लागि एनआरएनएको नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । मंगलबारबाट (१८ मार्च २०२५)गैरआवासीय नेपाली संघको १० औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, “नेपाल सरकारले बडो तत्परताका साथ तपाईहरुका बीच एकता खोजिरहेको छ । संगम खोजिरहेको छ । विशेषगरि परराष्ट्र मन्त्रालयले बडो महत्वका साथ यो विषयलाई हल गर्ने, र एकताबद्ध गतिविधि सञ्चालन गर्ने, एकताबद्ध महाधिवेशन सम्पन्न गर्ने र दिगो एकताका लागि पहल गरिरहेको छ । ”

विदेशमा बसेर राजनीति नगरी सामाजिक भावले मात्रै एनआरएन अभियान अघि बढाउन सके नेपाललाई ग्लोबल ब्रान्डिङ  गर्न सकिने उनको भनाई थियो ।उनले भने, नेपाललाई ग्लोबल ब्रान्डिङ गर्ने काम एनआरनको हो ।”संविधानले प्रदान गरेको अधिकार गैरआवासीय नेपालीहरुले प्राप्त गर्नेमा कुनै दुविधा नभएको उहाँको भनाई थियो  ।

Hardik health

उनले भने, “नेपालको सार्वभौमिकताको पृष्ठपोषक कोही छ भने विदेशमा बसेका तपाई  नेपाली हो । संविधानले गैरआवासीय नेपाली भनेर परिभाषित गरेको छ र अब हामी ऐन कानून बनाएर कानूनी प्रबन्धमा ल्याउने छौँ । र त्यसैको एउटा कोपिलाको रुपमा पीएनओलाई प्रवेश गराउनेछौँ ।” पर्यटकीय र धार्मिक दृष्टिकोणले थाइल्याण्ड र कम्बोडियालाई नेपालसँग जोड्न सकेको खण्डमा सांस्कृतिक, पर्यटकीय र आर्थिक रुपले पनि  नेपाल लाभान्वित हुने मन्त्री पाण्डेको भनाई थियो ।

गैरआवासीयलाई गैरराजनीनति संघ बनाउनुस् : सांसद एकनाथ ढकाल
सांसद एकनाथ ढकालले  गैरआवासीय नेपाली संघलाई राजनीतिमुक्त बनाउन सके नेपालको समृद्धिमा यस संघले ठूलो योगदान दिनसक्ने बताएका छन् । मंगलबारबाट (१८ मार्च २०२५)गैरआवासीय नेपाली संघको १० औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री ढकालले भने, “मातृभूमिको समृद्धि, हित चाहने हो भने यस संघलाई गैरराजनीतिक बनाऊनुस् । तपाईहरुले सामाजिक काममा  जति योगदान पुर्याउनुभएको त्यो वास्तवमै अतुलनीय छ ।”

नेपालका सबै राजनीतिक दलहरु एनआरको जाहेज मागहरु पूरा गर्न एकबद्ध रहेको उल्लेख गर्नुभयो ।उनले भने, “तपाईहरुको जाहेज मागप्रति सबै राजनीतिक दल एकै स्थानमा उभिएका छन् तर सबै चीज एउटै समयमा पूरा हुन सक्दैन समयअनुसार, आवश्यकता अनुसार ती मागहरु पूरा हुँदै जान्छन्  ।”

संविधानले दिएको अधिकार दिन हात कमाउन आवश्यक छैन ः पूर्व कानून, न्याय तथा संसदीय मामिला  मन्त्री  पदम गिरि
पूर्व कानून, न्याय तथा संसदीय मामिला  मन्त्री  पदम गिरिले संविधानमै उल्लेखित गैरआवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार दिन्न भन्ने अधिकार कसैलाई पनि नहुने बताएका छन्  । मंगलबारबाट (१८ मार्च २०२५)गैरआवासीय नेपाली संघको १० औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री गिरिले भने, “संविधानमा हामीले  राजनीतिक बाहेकका अधिकार दिन्छौँ भनेर लेखिसकेका छौँ अब त्यसमा हात कमाउनुपर्ने आवश्यकता छैन ।”

पुस्तौँदेखि विदेशमा बसोबास गर्दै आएका नेपाली मुलका विदेशी नेपाली (पिएनओ)हरुले उठान गरेको परिचयपत्रको माग जाहेज भएकोले छिट्टै सरकारले यसको सुनुवाई गर्नुपर्ने र आफूले पनि त्यसमा पहल गर्ने उल्लेख गरे ।  पूर्वमन्त्री गिरिले एनआरएनएको शाख गुम्ने अवस्था आएको भन्दै संघका अग्रजले अहम् भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।

१२ औँ महाधिवेशन आगामी अक्टोबरमै हुन्छ, जुन एकताको महाधिवेशन हुनेछ : अध्यक्ष डा बद्री केसी
गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले उच्चस्तरीय समितिले नै महाधिवेशन गर्नुपर्ने हो भने पनि त्यसलाई अक्टोबरमै गर्न सकिने वैधानिक व्यवस्था रहेको बताएका छन्  । उनले भने, यतिबेला हामी बृहत एकताका लागि हदैसम्म लचक छौँ तर हाम्रा एनसीसीको कार्यक्रम प्रभावित हुनु भएन । यदि उच्च स्तरिय समितिकै १३ जनाले महाधिवेशन गराउने भएपनि मे महिनामा त्यो सम्भव छैन तर त्यसको वैधानिक व्यवस्था छ । ”
आफू एकताको विरोधी नभएको उहाँको भनाई थियो ।उनले भने, “ सम्मानित सर्वोच्च अदालतबाट मिति २०८०/१२/२१ मा फैसलाले तोकेको महाधिवेशन हुने समय आफू खुसीे परिभाषा गरि काम भई रहेको छ, संघले प्राप्त कानून हक परित्याग नगरि र कुनै पनि बिबन्धन नहुने गरि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १३४ अनुसार दुवै फैसलाको कार्यान्वयनको एकरुपमा कायम गर्नका लागि सम्मानित सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार समक्ष महान्याधिवक्ता मार्फत निवेदन पेश गर्न सकिन्छ, त्यसो गरे अक्टोबरमै महाधिवेशन गर्न सकिन्छ यसले कसैलाई हानी हुन्न ।” “१२ औँ महाधिवेशन आगामी अक्टोबरमै हुन्छ, जुन एकताको महाधिवेशन हुनेछउनले भने ।”

गैरआवासीय नेपाली संघमा पुस्तान्तरणको आवश्यकता छ: डा उपाध्यक्ष हेमराज शर्मा
संघका उपाध्यक्ष डा हेमराज शर्माले गैरआवासीय नेपाली संघभित्र पुस्तान्तरणको आवश्यकता रहेको बताएका छन् । “यहाँ ५ क्षेत्रको संगम देखेर म प्रफुल्ल छु, यो माझमा उपेन्द्र महतोजी, जीवा लामिछानेजी पनि हुनुभएको भए हुन्थ्यो जस्तो तपाईहरुलाई लागेको होला म अनि हामी सबैलाई पनि लागेको हो तर अब तपाईहरु आफैँ सक्षम हुनुहुन्छ अग्रज नआएपनि यति सफलतापूर्वक कार्यक्रम गर्न, यसलाई उहाँहरुले दिनुभएको अवसरको रुपमा लिनुहोला ।”

“हामी नेपालमा पुस्तान्तरणको खुब कुरा सुन्छौँ त्यही पुस्तान्तरण अब गैरआवासीय नेपाली संघमा पनि आवश्यक छ, म हाम्रा अग्रजहरुलाई त्यो वातावरण निर्माण गरिदिन आग्रह गर्दछु ” उनले भने ।
 
 


प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP