Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नयाँ प्रहरी प्रमुखका चुनौती
नयाँ प्रहरी प्रमुखका चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ५, २०८१

प्रहरी महानिरीक्षक (आइजी) वसन्त कुँवरले आफ्नो कार्यकाल विवादैविवादमा बिताए । आइजी बन्नुभन्दा तीन दिनअघिमात्र एआइजी बनेर आइजीमा बाजी मारेका कुँवर भुटानी शरणार्थी प्रकरणदेखि सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको प्रकरणसम्म विवादमा मुछिए ।

पछिल्ला दिनहरुमा प्रहरीप्रतिको आकर्षण र विश्वास गुम्ने क्रममा छ । यसमा मलजल गर्ने काम आइजी कुँवरले पनि गरे । सर्वेन्द्र खनाल राजनीतिमा प्रवेश, नवराज सिलवाल, रमेश खरेलहरुको राजनीतिप्रतिको रुचिले पनि प्रहरी संगठनको नेतृत्व राजनीतिक नेताहरुसँग घाँटी जोड्छन् भन्ने कुराको पुष्टि भइसकेको थियो । सोमबार मन्त्रिपरिषद्को निर्णयसँगै ३१औं आइजी बनेका छन् दिपक थापा ।

थापालाई ८० हजार प्रहरीको नेतृत्व गर्नु अहिले चुनौती नै छ । एक त अपराधमा प्रविधिको प्रयोग, अर्को बढ्दो भ्रष्टाचार र सेटिङमा अपराधी भगाउने काम रोक्ने काम पनि थापाको काँधमा आएको छ । बिदा भएका आइजी कुँवरले विभिन्न सहकारीको रकम घोटाला गरेका ग्यालेक्सी टेलिभिजनका सञ्चालक जिबी राईलाई पक्राउ गर्न सकेनन् । अझ कुँवरले रास्वपा सभापति लामिछानेलाई निर्दोष भन्न भ्याए । उनै आइजी कुँवरको पालामा लामिछाने पक्राउसमेत परे, सोही प्रकरणमा ।

Hardik health

यसैगरी भुटानी शरणार्थी प्रकरणमा ‘हाइ प्रोफाइल’ व्यक्तिहरु पक्राउ गर्न नसक्दा कुँवर आलोचित बने ।प्रहरी प्रमुखलाई राजनीतिक दलबाट आउने दबाब हो जवान नियुक्तिदेखि नै स्वार्थअनुकूल काम गराउनु । नयाँ आइजीको पहिलो चुनौती नै यो विषयमा चोखो रहनु हो । यसैगरी प्रहरी अझैसम्म पनि संघीय संविधानअनुसार जान सकेको छैन । प्रदेशमा प्रहरी नपुग्दा संघीयताकै खिल्ली उडिरहेको छ । नेपाल प्रहरी विधेयक सदनमा पुगे पनि यसले कानुनको रुप लिन सकेको छैन । यसलाई कार्यान्वयनमा लान अबको प्रहरी प्रमुखले जोड दिनैपर्छ ।

अहिले सरकारको उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग जोडिएको बालमन्दिर प्रकरणलाई कसरी लान्छन् यो पनि चुनौतीको विषय छ । अर्को विषय नयाँ आइजीले जुनसुकै राजनीतिक शक्तिलाई रिझाउन कुनै पनि कसर बाँकी नराखेको आरोप पनि छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्मलाई मनाएर आइजी बनेको आरोप थापामाथि छ । यस्तो अवस्थामा थापाले संगठनलाई राजनीतिक दबाबमुक्त र विश्वासनीय संगठन बनाएर आफू प्रमाणित हुनुपर्ने समय आएको छ ।
 


प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP