Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकार फेर्ने चलखेल
सरकार फेर्ने चलखेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ५, २०८१
  • राजावादीको आन्दोलनलाई देखाउँदै नयाँ सत्ता समीकरण बनाउने माओवादीको कसरत 
  • कांग्रेस र एमाले दुवै दलका नेतृत्वसँग छलफलमा माओवादी अध्यक्ष दाहाल 
  • एमाले–माओवादीको संयुक्त सरकारमा चीनको चाहना, भारतको चाहना भने कांग्रेस–माओवादी गठबन्धनतर्फ
  • परराष्ट्रमन्त्री आरजु राणाको दिल्ली भ्रमण सत्ता परिवर्तनको खेलको संकेत भएको आशंका

काठमाडौं– संविधान संशोधन अति आवश्यक भन्दै बनेको कांग्रेस र एमालेको संयुक्त सरकारले आठ महिना नपुग्दै फेरि सरकार फेर्ने चलखेल सुरु भएको छ । राजावादीको आन्दोलनलाई देखाउँदै नेपाली कांग्रेस र नेकपा एमालेको तालमेल फुटाउने प्रयासमा विभिन्न समूह लागेको बताइएको छ ।

हुन त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रतिपक्षमा पुगेदेखि नै ‘यो सरकार अहिल्यै ढल्छ’ भनेर भाषण गर्न थालेको धेरै भइसक्यो । यद्यपि यसपटक भने राजावादी, विभिन्न समूहको आन्दोलनलाई देखाएर सरकार परिवर्तनको वातावरण बनेको बताइन्छ । यसका लागि उत्तरी छिमेक चीन र दक्षिण छिमेक भारत आफू सुहाउँदो सरकार बनाउन लागिपरेको दाबी पनि राजनीतिक वृत्तमा छ ।

एक हप्तायता परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको राजधानी नयाँ दिल्लीमा छिन् । उनी आज काठमाडौं फर्कने कार्यक्रम रहेको छ । आरजुको दिल्ली बसाइलाई सत्ता परिवर्तनको खेलको संकेतका रुपमासमेत हेरिएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग कांग्रेसको संस्थापनइतर रुष्ट सुनिन्छ । कांग्रेस महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला जसरी हुन्छ यो सरकार परिवर्तन गर्ने कोर्समा लागेका छन् । कांग्रेस नेता डा. शेखर कोइराला राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने अडानमा देखिँदा माओवादीले यो मुद्दालाई क्यास गर्न खोजेको देखिन्छ । 

Hardik health

माओवादी सांसद लेखनाथ दाहालले आइतबार सदनबाट बाहिरिँदा भनेका थिए– राष्ट्रिय सहमतिको सरकार बनाउनेगरी प्रारम्भिक छलफल सुरु भएको छ । विशेषगरी कांग्रेससँग यो विषयमा छलफल सुरु भएको हो ।
सोही दिन प्रधानमन्त्रीको सचिवालयका केही व्यक्तिले माओवादी अध्यक्ष दाहालले यही विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग लामो कुराकानी गरेको भन्दै मिडियाहरुलाई सूचना बाँडे ।

उक्त सूचनामा दाहालले देउवा भैरहवामा पार्टीको प्रशिक्षण विभागको कार्यक्रममा पुग्दा सत्ता परिवर्तनबारे लामो कुराकानी भएको बताइएको थियो । ‘एमालेलाई बाहिर राखेर राष्ट्रिय सहमतिको सरकारको नाममा कांग्रेस र माओवादीले सरकार बनाउन लागेको हो,’ प्रधानमन्त्री ओलीको सचिवालयले खटाएको ती व्यक्तिले भनेका थिए ।

सरकारमा कांग्रेसको चर्को पेलान सहिरहेको एमाले अहिले कसरी हुन्छ माओवादीसँग मिलेर सरकार बनाउने चाहनामा लागेकोले यो सूचना बाँडेको बताइन्छ । यता माओवादी भने जसरी हुन्छ यो सत्ता समीकरण भत्काएर एमालेसँग होस् या कांग्रेससँग, मिलेर सरकारमा जाने चाहनामा देखिन्छ ।राजावादीले आन्दोलन चर्र्काएको बेला सत्तारुढ दल एमाले ‘डिफेन्स’मा उत्रिए पनि कांग्रेस मौन छ । यसैले पनि एमालेलाई खुसी पार्न माओवादी अध्यक्ष दाहालले शुक्रबार मेलम्ची पुगेर पूर्वराजाको चर्को आलोचना गरेका थिए । ओलीलाई खुसी पार्न दाहालले यस्तो मन्तव्य दिएको राजनीतिक वृत्तमा चर्चामा छ ।


‘बेमौसमी बाजा’ बजाएको आरोप
राष्ट्रिय सहमतिको सरकारको नाममा नेकपा माओवादी केन्द्रले बेमौसमी बाजा बजाएको सत्तारुढ दलको दाबी छ । यही विषयले राजनीति तरंगित बनाएपछि नेकपा एमालेले सोमबार सचिवालय बैठक बोलाएको थियो । बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘यो एकदमै बेमौसमी विषय हो । यो विषयमा हामी प्रवेश गरेनौं । यस्तो बेलामा पनि भागबण्डा खोज्ने भनेकोचाहिँ हामी गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भ¥याङ बनाउन खोज्या हो ?’

यता कांग्रेस सचेतक सुशीला थिङले पनि राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे कुनै छलफल नभएको दाबी गरिन् । ‘यस विषयमा कुनै कुराकानी भएको छैन,’ थिङले भनिन् ।यता माओवादी अध्यक्ष दाहालसँग एमाले नेता अग्नि खरेलले भेटेर गणतन्त्र पक्षधरहरु मिलेर सरकार बनाउने विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले पनि पछिल्लोपटक ओलीसँग भेटघाट बाक्लो बनाएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ । दाहाल राजावादीको आन्दोलनलाई भ¥याङ बनाएर जसरी पनि सरकार फुटाउने दाउमा लागेको नेताहरु बताउँछन् ।तर माओवादी अध्यक्ष दाहालका स्वकीयसचिव गोविन्द आचार्यले माओवादी सरकारमा जान लागेको भन्नु हल्लामात्र भएको दाबी गर्छन् । ‘सरकारमा जान लागेको विषय हल्ला हो । अहिले हामी चैत १५ गतेको जनसभाको तयारीका लागि जुटेका छौं,’ आचार्यले भने ।
 


प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP