Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #लुम्बिनी_प्रदेशसभा
Search Here
विचार
  • Home
  • विचार
  • मुन्धुम संरक्षणको आवश्यकता
मुन्धुम संरक्षणको आवश्यकता
राजकुमार दिक्पाल
राजकुमार दिक्पाल सोमबार, चैत ४, २०८१

लिम्बूहरूको धर्मशास्त्रलाई ‘मुन्धुम’ भनिन्छ । लिम्बूहरूको संस्कार, संस्कृति तथा पराम्परागत पद्धति मुन्धुममा आधारित हुन्छ । मुन्धुमसँग लिम्बूहरूको जीवनदर्शन जोडिएको छ । पृथ्वीको सृष्टिको कथादेखि मुन्धुम सुरु हुन्छ । मानिसको सृष्टि र सभ्यता, ईश्वरीय शक्ति, सिकार युग, खेतीपाती, महिला र पुरुषबीचको सम्बन्ध, घर निर्माण, पशुपालन, नीतिनियम, मानिसको प्रकृतिसँगको सम्बन्ध आदिको वर्णनलाई लिम्बूका पुरोहितहरू साम्बा, येवा, येमा तथा फेदाङ्माहरूले काव्यात्मक शैलीमा गाउने वा फलाक्ने धर्मशास्त्र नै मुन्धुम हो ।

लिम्बूहरूको सांस्कृतिक तथा आध्यात्मिक जीवनसँग सिधै सम्बन्ध राख्ने मुन्धुम गेयात्मक शैलीको हुन्छ । श्रुतिशास्त्रमा आधारित भएकाले यसलाई ‘थुतुरी वेद’ पनि भनिन्छ । मुन्धुमलाई पारिभाषिक रूपमा अथ्र्याउने श्रेय मुन्धुमविद् वैरागी काइँलालाई जान्छ । काइँलाले उल्लेख गरेअनुसार ‘मुन्’ र ‘थुम्’ शब्द जोडिएर मुन्धम शब्दको निर्माण भएको हो । लिम्बू भाषामा मुन् (मुम्–मा)को अर्थ हल्लनु वा गतिशील हुनु भन्ने लाग्छ । यस्तै थुम् (थुम्–मा)को अर्थ बलियो हुनु वा कठिन हुनु भन्ने अर्थ लाग्छ । यसरी हेर्दा लिम्बूहरूको सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक जीवन गतिशील, बलियो तथा कठिन किसिमबाट अगाडि बढिरहेको भन्ने अर्थ खुलाउन सकिन्छ । पृथ्वीको सृष्टिकालदेखि नै लिम्बूहरूको जीवनशैली गतिशील, बलियो तथा कठिन ढङ्गबाट बढिरहेको सन्दर्भलाई विविध कोणबाट गेयात्मक रूपमा प्रस्तुत गरिने धर्मशास्त्र नै मुन्धुम हो ।

मौखिक रूपमा प्रस्तुत गरिने भएकाले तथा मुन्धुम फलाक्ने वा गाउने व्यक्तिहरू अभाव हुँदै जाने भएकाले मुन्धुम पनि लोप भई जाने खतरा पनि उत्तिकै छ । मुन्धुमलाई जोगाउन यसको लिप्यान्तर अत्यन्तै जरुरी देखिएपछि मुन्धुमप्रति चिन्तित र सचेत व्यक्तिहरूले मुन्धुमको लिप्यान्तर र प्रकाशनमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन् । पछिल्लोपटक युवाहरू पूर्णप्रसाद तबेबुङ, खड्कबहादुर इधिङ्गो, साम्बा बुद्धिराज मादेन, फेदाङ्मा मेघराज इधिङ्गो र युमा भक्तिदेवी फुरुम्बो आदिबाट संकलन गरी संस्कृतिविद् डिबी आङ्बुङले सम्पादन, अनुवाद र लिप्यान्तर गरी निकै ठूलो मुन्धुमको ठेली ‘याक्थुङ साम्जिक मुन्धुम’को प्रकाशन भएको छ । यो कृतिलाई मुन्धुम संरक्षणको क्षेत्रमा निकै ठूलो उपलब्धिका रुपमा लिइएको छ ।

मुन्धुम लिप्यान्तरको क्रम

Hardik health

सत्रौँ शताब्दीमा सक्रिय विद्वान् सिरिजङ्गाले आफैँ लिपिको आविस्कार गरी मुन्धुम संरक्षणको सुरुआत गरेका थिए । उहाँले आविष्कार गरेको लिपिलाई ‘सिरिजङ्गा लिपी’ भनिन्छ । पछि नेपाल र सिक्किमका गाउँहरूबाट सिरिजङ्गा र उहाँका चेलाहरूले लेखेको लेखोटहरू संकलन गरेर ब्राइन हज्सनले बेलायत पुर्याएका थिए । हज्सनले त्यसबेला जोभानसिंह फागो, गुनमान खजुम, च्याङ्ग्रेसिंह आदिबाट मुन्धुम लेख्न लगाई ती पाण्डुलिपिहरू बेलायत पुर्याएका थिए । तिनै पाण्डुलिपिका छायाँ प्रतिहरू लिएर २०१२ सालमा लन्डन युिनभर्सिटीको स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टिडजका प्राध्यापक आरके स्प्रिग नेपाल आएका थिए । 

लिम्बू लिपि, भाषा, मुन्धुम, संस्कृित, इतिहाससम्बन्धी लिम्बू लिपिमा लिपिबद्ध हस्तलिखत पाण्डुलिपिको छायाँप्रति लिएर नेपाल आउँदा उहाँ पाँचथर, सारतापस्थित डबल सुब्बा खड्गबहादुर नेम्वाङको घरमा महिना दिनजति श्रीमतीसहित बस्नुभएको थियो । पछि यी पाण्डुलिपिहरू अध्ययन गर्ने अवसर पाएपछि इमानसिंह चेम्जोङले २०१८ सालमा किरात मुन्धुम (किरातको वेद) प्रकाशनमा ल्याउनुभयो । यो नै लिम्बूहरूको मुन्धुमको लिप्यान्तरित पहिलो प्रकाशन हो । यहीँ पुस्तकमा आँखा लागेपछि आफू लिम्बूहरूको मुन्धुमप्रति आकर्षित भएको संस्मरण मुन्धुमविद् वैरागी काइँलाले ठाउँठाउँमा उल्लेख गरेको पढ्न पाइन्छ । 

पछि काइँला आफैँ हज्जन पेपर अध्ययनका लागि लण्डन पुग्नुभयो । त्यहाँ सुरक्षित कागजहरूमध्ये लिम्बू भाषा र सिरिजङ्गा लिपिमा लेखिएका सामग्री अध्ययनका लागि आफ्नो परियोजनामा संस्कृतिविद् डा रमेश ढुङ्गेलले उहाँलाई लण्डन पुर्याउनुभएको थियो । उहाँ सन् २००४ जुलाई र अगस्टका बीच पाँच साता लण्डनमा हज्सन पेपर अध्ययन गरी फर्किनुभयो । हज्सन पेपर अध्ययन गर्नुभन्दा धेरैअघिदेखि नै काइँलाले प्रशस्तै मुन्धुम संकलन र प्रकाशन गर्नुभएको थियो ।

मुन्धुम संकलनको रोचक घटना

मुन्धुमप्रति काइँलामा जागरुकता आएपछि उहाँ मुन्धुम संकलनको अवसर खोज्दै हुनुहुन्थ्यो । उहाँले येबा दलबीर नायेम फागुबाट पहिलोपल्ट मुन्धुम संकलन गर्ने अवसर पाउनुभयो । मुन्धुमको अध्ययनको सिलसिलामा आफ्नो घर झापाको खुदुनाबारीमा २०३४ मङ्सिर ८ देखि ११ गतेसम्म तङ्सिङ अनुष्ठानको आयोजना गर्नुभयोे । विसं १९६० भदौ २९ गते जन्मेका येवा दलवीरको जन्मस्थल मैवाखोला इलाका थादिङ गाउँ चैनपुर हो । पछि उहाँ इलाम जिल्लाको नाम्सेलिङ गाउँमा बसाइँ सर्नुभयो । उहाँका सहयोगी रामप्रसाद याक्खा हुनुहुन्थ्यो । येवा दलवीरले गाएको मुन्धुम सो अवसरमा टेप गरेर पछिबाट आलेखन गरी सम्पादन गर्ने सिलसिलामा उहाँसँग काइँलाले पटकपटक भेट र छलफल गर्ने काम पनि गरेको उहाँले आफ्ना पुस्तकहरूमा मन्तव्यका क्रममा व्यक्त गर्नुभएको छ । 

येवा दलवीरबाहेक अन्य जानकार येवाहरूको खोजी गर्दा याङ्रोक निवासी, पछि झापाको खुदुनाबारीमा बस्ने वीरबहादुर खेवाङ लिम्बूसँग भेट भयो उहाँको । यिनै वीरबहादुर नै पछिबाट वैरागीका माइला दाजु डिल्लीविक्रम नेम्वाङको घर झापाको खुदुनाबारीमा २०४९ माघ १६ देखि १९ गतेसम्म तीन राते तङसिङको आयोजना गर्दा मुख्य येवा हुनुहुन्थ्यो । येवा वीरबहादुरसँग येवा दलवीरले गाएको मुन्धुमको पाण्डुलिपि र उनी आफैँले गाएको मुन्धुमको पाण्डुलिपिमाथि व्यापक छलफल भई तुुलनात्मक अध्ययनका साथ संशोधन तथा सम्पादन गर्ने कार्य वैरागी काइँलाले गर्नुभयोे । यसरी मुन्धुमविद् वैरागी काइँला मुन्धुमको साधनामा लागेको पाइन्छ ।

काइँलाको दलवीर नायम फागुसँगको भेट भएको घटना पनि रोचक छ । २०३३ सालतिर वैरागी झापाको खुदुनाबारीबाट पाँचथरको सारताप आफ्नो गाउँ हिँड्नुभएको थियो । उहाँ बेलुकी इलाम बजार, सुन्तलाबारीस्थित आफ्नी साइँली छेमाको घरमा बास बस्न पुग्नुभएको थियो । थाकेर सुतेको तर अचानक रातको १ः०० बजेतिर कसैले गाउँदै गरेको मीठो आवाजले उहाँ ब्युँझिनुभयो । त्यसपछि केही तलको मामाको घरमा झर्नुभयो, जहाँ पूजा लगाइएको रहेछ, एक राते तङसिङ । साह्रै मीठो स्वरले मुन्धुम गाउँदै थिए, ती येवा । उहाँले बिहानसम्म बसेर येवाले गाएको मुन्धुमलाई टेप रेकर्ड गर्नुभयो ।

‘साप्पोःक् चोमेनः लिम्बूजातिमा कोखपूजा’ (२०४९)को प्रकाशनबाट लिम्बू मुन्धुमसम्बन्धी पुस्तक प्रकाशन सुरु गरेका उनले हालसम्म मुन्धुमसम्बन्धी मात्रै ११ वटा कृति पाठकसमक्ष समर्पित गरिसकेका छन् । मुन्धुममा काइँलाले गरेको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई २०७५ सालमा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार समर्पण गरेको थियो ।
 
मुन्धुम लिप्यान्तरको महत्व

मुन्धुम संरक्षणको पहल र यसको दार्शनिक व्याख्याका लागि डा चैतन्य सुब्बाको योगदान पनि अविस्मरणीय रहेको छ । उहाँले आफ्नै घरमा अनुष्ठान राखेर मुन्धुम रेकर्ड र उत्पादन गराउनुभएको थियो । उहाँ मुन्धुमको भरपर्दो दार्शनिक व्याख्याता हुनुहुन्थ्यो । मुन्धुम दर्शन निर्माण गरिरहेकै बेला तीन वर्षअघि उहाँको देहान्त हुनपुग्यो । 

मुन्धुमको लिप्यान्तर र संरक्षण क्षेत्रमा योगदान दिनेहरूमा साधुसन्त स्वभावका लालसोर सेन्दाङ पनि एक हुनुहुन्थ्यो । मुन्धुम संरक्षणका लागिरहेको बेला राणाकालमा ताप्लेजुङबाट निर्वासित भई दार्जिलिङ र सिक्किमका विभिन्न गाउँहरूमा फिरन्ता भई मुन्धुमको प्रचार गरेको इतिहासमा पढ्न पाइन्छ ।

यस्तै रणध्वज श्रेङ चोङवाङ, लक्ष्मण मेन्याङ्बो, हर्कराज कुरुम्बाङ, धनराज थलङ, अर्जुनबाबु मावुहाङ आदिलाई मुन्धुमको लिप्यान्तर, संरक्षण र व्याख्याका लागि महत्त्वपूर्ण व्यक्तित्वका रूपमा लिइने गरिएको छ । सामाजिक, नैतिक र धार्मिक धारणाको विकासको चरम अभिव्यक्ति मुन्धुममा पाइन्छ । अनेक आख्यानहरूद्वारा धार्मिक, नैतिक र सामाजिक अवधारणाका लागि सनातनी हिन्दूहरूको लागि अठार पुराणको महत्वजस्तै लिम्बूहरूका लागि मुन्धुमको महत्व छ ।

मुन्धुम येवा, येमा, साम्बा तथा फेदाङ्माहरूले मुखले गाउने वा फलाक्ने विधा भएकाले यस विषयमा जानकार वा विज्ञ पुस्ताको अन्त्यसँग यो विधा पनि लोप भएर जाने खतरा उत्तिकै छ । त्यसैले यसको संरक्षणका लागि लिप्यान्तर र प्रकाशन अति जरुरी हुन पुग्यो । एउटा सिङ्गो समुदायको सभ्यता, त्यो समुदायको आध्यात्मिक तथा सांस्कृतिक मान्यता तथा जीवन दर्शनको आधार रहेकाले मुन्धुम अत्यन्तै महत्त्वपूर्ण अभौतिक सम्पत्ति भएकामा दुईमत छैन । 

मुन्धुमको लिप्यान्तरको जति महत्व छ, यसको दार्शनिक व्याख्याको पनि उत्तिकै आवश्यकता छ । मुन्धुम लिप्यान्तर कार्यमा उल्लेख्य प्रगति भइरहेको पनि पाइन्छ । तर यसको दार्शनिक व्याख्या भने उल्लेख्य रुपमा हुन सकिरहेको छैन । विज्ञजनबाट मुन्धुमको दार्शनिक व्याख्या पनि उत्तिकै अपेक्षित हुन पुगेको छ ।
 


प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP