Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • विदेशमा बस्ने हरेक नेपालको वास्तविक राजदूत हुन् :  संस्कृति मन्त्री पाण्डे
विदेशमा बस्ने हरेक नेपालको वास्तविक राजदूत हुन् :  संस्कृति मन्त्री पाण्डे
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ३, २०८१

काठमाडाैं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डमा शनिबारबाट (१५ मार्च २०२५) सुरु भएको  छ ।  "Empowering the Youth, Shaping the Piano's Future" (इम्पावरिङ द युथ, शार्पिङ द पिएनओज फ्युचर’) भन्ने मूल नाराका साथ दुई दिने  सम्मेलन सुरू भएकाे छ ।

नेपालबाट युवाहरूको विदेश पलायन भइरहेको र देशमा सक्रिय जनसंख्या घट्दै गएको अवस्थामा, सम्मेलनमार्फत नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने मुख्य उद्देश्य रहेको छ ।

कार्यक्रमको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गरे  । सो अवसरमा सम्बोधन गर्दै मन्त्री बद्री पाण्डेले विदेशमा बस्ने हरेक नेपालको वास्तविक राजदूतको भूमिका निर्वाह गरिरहेको बताए । उनले भने, “ म जहिले पनि बीपी कोइरालाज्यूको विचारलाई साभार गर्छु, उनले भने ,'विदेशमा रहेका हरेक नेपाली अनौपचारिक राजदूत हुन्, वास्तवमै हो महामहिम ज्यूहरु त औपचारिक मात्रै हुनुहुन्छ जुन क्षणिक हो । तर तपाई एनआरएनहरु वास्तविक र स्थायी राजदूत भएर काम गरिरहनुभएको छ ।ʼ 
नेपालले एकता र सहमतिको वातावरण निर्माण गर्न अपरिहार्य रहेको उनकाे भनाई थियो। उनले भने,  “लोकतन्त्रलाई अगाडी बढाउने गतिमा देश बाहिर भित्र जे भएपनि त्यो प्रतिस्पर्धाभित्र एकता, सहमति, परिवर्तन र सुधार र अग्रगमनको यात्राको गतिमा कमी आउन दिनुहुन्न । यही भावना तपाई एनआरएनभित्र पनि हुनु जरुरी छ । अहिले जे जस्तो अवस्था छ त्यसबाट छुट्कारा पाउन पनि प्रतिस्पर्धालाई होइन एकता र सहमतिलाई प्राथमितामा राख्नु जरुरी छ ।”

एनआरएनले नेपालको सन्देशबहाक भएर नेपाललाई विश्वभरि चिनाउनतर्फ ध्यान दिनुपर्ने, संस्कृतिको आदानप्रदानलाई अघि बढाउन पुलको काम गरिरहेको र त्यसले निरन्तरता पाउनुपर्नेमा उनलेजोड दिए । थाइल्याण्डलाई नेपालको संस्कृतिसँग नेपालको बुद्धत्वसँग धार्मिक पर्यटनसँग जोड्न सक्नुपर्ने मन्त्री पाण्डेले जोड दिए । पीएनओज्का विषयमा सरकारले काम थालिसकेको र उहाँहरु नेपाली संस्कृति र इतिहासका अमूल्य निधि भएको उनकाे भनाई थियो । नेपालमा पूँजी मात्रै नभई ज्ञान सीप  र प्रविधि भित्र्याउने एनआरएनको एउटै मात्रै लक्ष्य हुनुपर्छ न कि दलीय राजनीतिको प्रभाव । एनआरएनलाई सुदुर भविष्यसँग जोडिरहने र जसका माध्यमबाट नेपाली भाषा संस्कृति विश्वभरि चिनाउने उद्देश्यले पीएनओसँग जोडेर आयोजित कार्यक्रमले रचनात्मक र सकारात्मक सन्देश दिएको मन्त्री पाण्डेले बताए ।

Hardik health

 
सामान्य विवादमा अल्झेर संस्थालाई संकटमा पार्नु  हुन्न : राजदूत धनबहादुर ओली
थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले एनआरएनए अभियानले विश्वभरका नेपालीलाई एकबद्ध रहेकोले सामान्य विवादमा अल्झेर संस्थालाई संकटमा पार्नु नहुने  बताएका छन् । शनिबार (१५ मार्च २०२५) थाइल्याण्डको राजधानी बैंककमा जारी दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले भने, ‘को बेठीक को ठीक भन्दा मैले जहिलेपनि भन्छु नेपालमै केही नगरी बस्ने नेपाली भन्दा विश्वका जुन कुनामा बसेपनि कहाँनेर नेपाललाई जोड्न सक्छु भनेर सोचेमात्रै पनि नेपाल समृद्ध हुन्छ । हरेक सन्तती जसले नाता जोड्यो, भाषा जोड्यो त्यसप्रति यो मुलुकले गर्व गर्छ । जहिलेपनि नकारात्मक कुरा मात्रै गर्ने हो भने बाहिर रहेका दोस्रो पुस्तालाई नेपाल विर्सन अति सजिलो हुन्छ ।

 नेपाल अब मेची र कालीबीचको भौगोलिकताबीच मात्रै सिमित नभएको उनकाे भनाई थियो । उनले भने, “जहाँ जहाँ नेपाली छ त्यो नेपाल छ  अब हामीसँग एउटा मात्रै सगरमाथा छ भनेर नसोचौँ, संसारभरि  नाम उँचो पार्ने सबै नेपाली सगरमाथा जस्तै बनेका छन्, हामी जहाँ भएपनि नेपालीको मन सबै उस्तै हुन्छ त्यसैले एनआरएनएलाई एउटा पूल बनाऔँ र  सकारात्मकतातिर बढी ध्यान दिऊँ । पछिका पुस्तालाई कसरी जोड्ने, बौद्धिक सम्पत्तिलाई कसरी जोड्ने भन्ने नै मुल विषय हो ।” उनलेथप्नुभयो, “अब च्यारिटी मात्रै होइन हरेकले नेपाललाई व्यवसायिकतासँग जोड्ने प्रयास गरौँ । विज्ञ प्राज्ञलाई जोड्न बल मिलोस्  । रेमिट्यान्समा मात्रै होइन निर्यातमा रमाउन सक्ने बनाऔँ । सानातिर विवाद सुल्झाउने शक्ति मिलोस् ।”

एनआरएनए अभियानलाई राजनीतिक मुद्दा नबनाउन अध्यक्ष डा बद्री केसीको आग्रह
गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले एनआरएनए अभियानलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गर्नुभएको छ ।  थाइल्याण्डको बैंककमा शनिबारबाट (मार्च १५ २०२५) सुरु दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ एउटा संस्था मात्रै नभई विदेशमा रहेका ८० लाख नेपालीको साझा चौतारी एवं विश्वभरका नेपालीलाई एकबद्ध गर्ने पवित्र अभियान भएको भन्दै अध्यक्ष डा केसीले यस संघलाई राजनीतिकरण नगरिदिन आग्रह गरेका हुन् ।  

उनले भने, “नेपालमा जुनसुकै राजनीतिक पार्टी सरकारमा भएपनि हामीलाई कुनै फरक पर्दैन, किनकी सन् २००१ मा जब एनआरएनएको परिकल्पना भएको थियो, तत् समय विदेशमा रहेका कयौँ हामीहरु राजसंस्थाको विरोधमा  थियौँ तर हामीले नेपालको प्रमुख ओहोदामा भएको राजालाई हाम्रो प्रमुख अतिथि बनाएर कार्यक्रम सञ्चालन गरेका थियौँ भन्नुको अर्थ हामीलाई सरकारमा को छ, कुन पार्टी छ भन्ने कुराले प्रभाव पार्दैन किनकी यो राजनीतिक संस्था होइन विशुद्ध सामाजिक संस्था हो र विदेशमा रहेका ८० लाख नेपालीको आस्थाको विश्वासको, इमानदारिताको संस्था हो ।”

उक्त अवसरमा सरकारले गैरआवासीय नेपाली नागरिकता दिएपनि पूर्ण कार्यान्वयन नहुँदा नेपालमा लगानी लैजान आफूहरुलाई कठिन भइरहेको भन्दै अध्यक्ष डा केसीले सरकारको ध्यानाकर्षण गराए ।विदेशमा रहेका नेपालीहरु विभिन्न क्षेत्रमा सफल भइरहँदा मुलुक पनि सफल भइरहेको उनकाे भनाई थियो । “एउटा व्यक्तिको सफलताले देशलाई पनि सफल बनाउन सके मात्रै त्यो वास्तविक सफलता हुन्छ अन्यथा त्यसको कुनै अर्थ रहँदैन  । उनले भने, “सन् २००३ मा मुश्किलले ५ लाख नेपाली बाहिर थिए होला आज त्यो संख्या ८० लाख पुगिसकेको छ । धेरै परिवर्तनले बनेको हो एनआरएनए अभियान । यहाँ व्यक्तिको मात्रै सफलता गौण छ, व्यक्तिको सफलताको मुलुकलाई पनि सफल बनाउन सक्नुपर्छ ।”

फरक प्रसंगमा अध्यक्ष डा केसीले आगामी अक्टोबरमै १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन हुने भएकोले मे महिनामा महाधिवेशन गर्ने भन्दै तयारी गरिरहेको पूर्व अध्यक्ष शेष घले नेतृत्वको समितिलाई प्राविधिक रुपमा पनि मे महिनामा महाधिवेशन गर्न नमिल्ने र ९० वटै एनसीसीको कार्यतालिका प्रभावित हुने भएकोले अक्टोबरमैमहाधिवेशनका लागि हातेमालो गर्न आग्रह गरे  । उनले भने, ’एनसीसी हाम्रा पिल्लर हुन्, उनीहरुलाई अप्ठेरोमा पार्ने काम हामीबाट हुनु हुन्न ।ʼ
 
सामाजिक सञ्जालमा छरपष्ट भएजस्तो खराब अवस्था एनआरएनएमा छैन :  डा हेमराज शर्मा, उपाध्यक्ष
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा हेमराज शर्माले सामाजिक सञ्जालमा छरपष्ट रुपमा फैलाइएको नकारात्मकता जस्तो अवस्था एनआरएनएभित्र नरहेको स्पष्ट पारेका छन्  ।  शनिबारबाट थाइल्याण्डको बैंककमा सुरु दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सम्बोधन गर्दै डा शर्माले सामाजिक सञ्जाल हरेर एनआरएनएप्रति धारणा नबनाउन आग्रह गरे । 

“सामाजिक सञ्जालको  नकारात्मक प्रभावका कारण एनआरएनए र यसका क्रियाकलापमाथि गलत धारणा बनाउने काम भइरहेको छ, उनले भने, “सामाजिक सञ्जाल हेरेर एनआरएनएप्रति निर्णय नगरौं, हाम्रो संगठन सशक्त र सकारात्मक दिशामा अघि बढिरहेको छ मात्रै केही सानातिना समस्या छन् जसलाई समाधान गर्ने प्रयासमा हामी छौँ, एनआरएनए सिधिहाल्यो, खराब भयो भन्ने अवस्था छैन ।”

एनआरएनएकै कारण आफू जस्ता प्राज्ञिक वर्ग पनि नेपालको समृद्धिका लागि जोडिन पाएको उल्लेख गरे । “एनआरएनएले विज्ञ र विज्ञतालाई पनि नेपालसँग जोडिरहेको छ, उनले भने, “फलस्वरुप ३ पटकसम्म विश्व ज्ञान सम्मेलनको आयोजना र त्यसको संयोजकत्व म आफैँले गर्ने सौभाग्य पनि पाएँ ।” विदेशमा रहेका युवा र दोस्रो पुस्तालाई नेपालसँग जोड्न पनि सम्मेलनले सहयोग गर्ने विश्वास उनलेव्यक्त गरे ।

किस्तावन्दीमा नागरिकता कहिलेसम्म ?:  उपाध्यक्ष रामशरण सिम्खडा
गैरआवासीय नेपली संघका उपाध्यक्ष एवं नागरिकता तथा पीएनओज् विभागका इन्चार्ज  रामशरण सिम्खडाले  सरकारले  संविधानमै भएको प्रावधानलाई पनि किस्ताबन्दीमा दिइरहेको बताएका छन् । गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनलेउक्त धारणा राखेका हुन्  ।

पछिल्लो समय दोस्रो विश्वयुद्धपछि थाइल्याण्ड, म्यानमार, फिजी लगायत देशमा पुगेका नेपालीहरुका सन्ततीलाई आफूहरुलाई नेपाली भनि परिचय दिइओस् भन्दै पहिचानको लागिसंघर्ष गर्नुपरेको उनकाे भनाई थियो । उनले भने, “२००३ देखि नागरिकताको मुद्दा पैरवी गर्दै आएका हामी एनआरएनले किस्ताबन्दीमा अधिकार पाइरहँदा पीएनओका मुद्दामा अझ कति समय लाग्छ भनेर सोध्दा के जवाफ दिन सकौँला ?” सरकारले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र पीएनओजको मुद्दालाई सकेसम्म चाँडो टुँग्याउनुपर्नेमा उनलेजोड दिए ।

पीएनओज्को मुद्दामा सरकारसँग हामी निरन्तर संवादमा छौँ : महिला उपाध्यक्ष रोजिना प्रधान राई
सन् २००३ मा स्थापना भएदेखि नै गैरआवासीय नेपाली संघले परिवर्तनशील समय र सन्दर्भमा आफुलाई अद्यावधिक गर्दै आएको, बताए । हालसम्म ९० देशमा औपचारिक सञ्जाल स्थापना गर्दै एनआरएनएले विभिन्न देशमा छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्न सफल भएको  र नेपालीका लागि नेपाली भन्ने मूल मन्त्रले हामीलाई सधैं प्रेरित गरेको उनकाे भनाई थियो ।  

विश्वभर रहेका नेपालीलाई एकताबद्ध गर्दै, उनीहरूको ज्ञान, सीप, र पुँजीलाई प्रयोग गरी मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा योगदान पु¥याउने र सम्मेलनमार्फत पनि विदेशमा रहेका युवा महिला तथा दोस्रो पुस्तालाई नेपालसँग जोड्ने प्रयास निरन्तर रहीरहने उनलेउल्लेख गर्नुभयो । युवा, महिला अनि दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई पनि अपनत्व महसुस गराई मातृभूमिसँग जोड्नु वर्तमान अपरिहार्यता भएको उनलेबताए । दोस्रो विश्वयुद्ध पछि बर्मा, थाइल्याण्ड, मलेसिया, सिंगापुर, फिजी र मोरिसस जस्ता देशहरूमा सातौँ लाख नेपाली मूलका युवाहरू पहिचानको खोजी गर्दै नेपालको समृद्धिमा पुस्तौँदेखि जोडिन खोजिरहेका नेपालीहरुको लागि आफूहरु निरन्तर सरकारसँग संम्वादमा रहेको उनकाे भनाई थियो ।
 
 


प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए बुधबार, कात्तिक १२, २०८२
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना बुधबार, कात्तिक १२, २०८२
निरन्तर हिमपाले आन्तरिक  तथा बाह्य पर्यटक समस्यामा
निरन्तर हिमपाले आन्तरिक तथा बाह्य पर्यटक समस्यामा बुधबार, कात्तिक १२, २०८२
मुस्ताङमा भारी हिमपात
मुस्ताङमा भारी हिमपात बुधबार, कात्तिक १२, २०८२
हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव
हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव बुधबार, कात्तिक १२, २०८२
गाइघाटमा झरनामा ‘कायाकिङ’
गाइघाटमा झरनामा ‘कायाकिङ’ बुधबार, कात्तिक १२, २०८२
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP