Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै
नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ३, २०८१

काठमाडौं - उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा. लि. ले नेपालमै पहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु बीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिताको आयोजना गर्दैछ । २०८२ साल वैशाख १५ गते देखी १७ गते सम्म काठमाडौंमा पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुने भएको हो ।

नेपालको कुनैपनि युनिभर्सटीबाट सिभिल तथा आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगितामा सामेल हुन चाहने विद्यार्थीहरुले कन्सेप्ट पेपर पेस गर्नु पर्नेछ । उत्कृष्ट १० वटा कन्सेप्ट पेपर छनौट गरी प्रतिस्पर्धामा सहभागी गराईने आयोजक एलिसन हस्पिटालिटीका अध्यक्ष एलिना मगरले बताउनु भयो । सहभागीले निःशुल्क प्रवेश गरी प्रतियोगितामा सामेल हुन पाउने छन् ।

‘कोसी प्रदेशको जुनसुकै पर्यटकीयस्थल वा नवस्थललाई आफ्नो प्रोजेक्टको टार्गेट स्थलका रूपमा लिएर भूगोल परिवेशअनुसार पर्यटन लक्षित प्रोजेक्ट निर्माण गर्नुपर्ने हुन्छ । सो प्रोजेक्ट निर्माणका लागि प्रतिस्पर्धीले अनिवार्य स्थलगत अध्ययन गर्नुपर्ने र स्थलगत अध्ययन पश्चात सो प्रोजेक्टको ड्रइङ्ग, थ्री डी, प्रोजेक्टको डमी, प्रोजेक्ट प्रेजेन्टेशन तयार गर्नु पर्दछ ।’ प्रतिस्पर्धात्मक प्रतिभा देखाउने यो अवसर विद्यार्थीहरूलाई आफ्नो रचनात्मक सोच प्रस्तुत गर्न तथा व्यावसायिक रुपमा अगाडि बढ्न प्रेरित गर्ने बताइएको छ ।

Hardik health

नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न, नवीन संरचना तथा अवधारणाहरू विकास गर्न, तथा स्थानीय समुदायको उत्थानमा योगदान पुर्याउन प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष मगरले जिकीर गर्नुभयो । विशेष गरी, इन्जिनियरिङ (सिभिल तथा आर्किटेक्चर) विषयका विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हुनेछ । उनीहरूले आवश्यकतानुसार टीममा मेनेजमेन्ट वा आइटीका विद्यार्थीलाई पनि सामेल गराउन सक्नेछ । टीममा अधिकतम ५ जना हुनुपर्नेछ ।

प्रतियोगिताका प्रमुख उद्देश्य नवीन तथा दिगो पर्यटन संरचना तथा योजना विकास गर्ने, स्थानीय सम्पदाको प्रवर्द्धन गर्ने,  पर्यटन व्यवसाय प्रवर्द्धनमा नयाँ उपायहरूको खोजी गरी विद्यार्थीहरूलाई व्यवसायिक स्तरमा अवसर प्रदान गर्ने रहेको छ ।प्रतिस्पर्धीले तयार गरेका प्रोजेक्ट नव वर्ष सो प्रदर्शनीमा सङ्घीय सरकार, प्रदेश सरकार, स्थनीय निकाय, योजना आयोग, एनआरन, उद्योग वाणिज्य संघ, लगानी बोर्ड, पर्यटन बोर्ड, वित्तीय संस्था, विद्यार्थी लगायतलाई अवलोकनमा निमन्त्रणा गरिनेछ ।

साथै विद्यार्थीले तयार गरेको प्रोजेक्टलाई लगानीकर्ता सँग जोड्ने पुलको कार्य गरिने बताइएको छ ।प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख, द्वितियलाई नगद पचास हजार, तृतियलाई पच्चीस हजार र सहभागी सम्पूर्ण टिमले दश हजार साथै प्रमाणपत्र, एवम् आकर्षक गिफ्ट ह्याम्परहरू पाउनेछन् । प्रतियोगितालाई प्राबिधिक सहयोग नेपाल ईन्जिनियर्स एसोसिएसन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टले गर्नेछन् । कार्यक्रमको व्यवस्थापन काफल इभेन्टले गर्नेछ । 
 


प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध सोमबार, चैत १६, २०८२
पर्यटकीय आकर्षणको केन्द्र बन्दै वृन्दावन वनस्पति उद्यान
पर्यटकीय आकर्षणको केन्द्र बन्दै वृन्दावन वनस्पति उद्यान सोमबार, चैत १६, २०८२
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवर्द्धन गरिँदै
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवर्द्धन गरिँदै आइतबार, चैत १५, २०८२
पर्यटकको रोजाइमा रास ताल
पर्यटकको रोजाइमा रास ताल आइतबार, चैत १५, २०८२
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन आइतबार, चैत १५, २०८२
कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन
कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन बिहीबार, चैत १२, २०८२
पर्यटकीय क्षेत्र चखेवामा ‘रैथाने खाना महोत्सव’
पर्यटकीय क्षेत्र चखेवामा ‘रैथाने खाना महोत्सव’ बिहीबार, चैत १२, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP