Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • ‘नगरकोट भ्रमण वर्ष –२०८२’ चार नगरपालिकाको लागि सुनको कचौरा 
‘नगरकोट भ्रमण वर्ष –२०८२’ चार नगरपालिकाको लागि सुनको कचौरा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २८, २०८१

काठमाडौं – ‘नगरकोट भ्रमण वर्ष –२०८२’ चार नगरपालिकाको लागि सुनको कचौरा हुने भएको छ । पर्यटकीय नगरी नगरकोटको पर्यटन प्रवर्धन गर्नेे उद्देश्यले गर्न लागिएको नगरकोट भ्रमण वर्ष सफल पार्न भक्तपुरको चाँगुनारायण नगरपालिकाले आज पर्यटन व्यवसायी र सञ्चारकर्मीसँग एक अन्तरक्रियात्मक छलफल गरेको छ । 

‘कृषि, पर्यटन र सामाजिक पूर्वाधारः समृद्ध चाँगुनारायणको मुल आधार’ नाराका साथ नयाँ वर्ष २०८२ को वैशाख १ गतेदेखि भ्रमण वर्षको औपचारिक सुरुवात हुँदैछ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को तयारीलाई तीव्रता दिएको छ । काभ्रे, काठमाडौं र भक्तपुर गरि तीन जिल्ला र काठमाडौंको शंखरापुर नगरपालिका, काभ्रेको बनेपा नगरपालिका र मन्डन देउपुर नगरपालिका तथा भक्तपुरको चाँगुनारायण नगरपालिका नगरकोटसँग सीमा जोडिएको छ ।पर्यटकीय नगरी नगरकोटसँग जोडिएका पालिका प्रमुखहरूले नगरकोट भ्रमण वर्ष २०८२ सफल बनाउन सामूहिक ऐक्यबद्धता जनाए अनुसार बजेट पनि विनियोजन गरेका छन् तर बजेटको निकासामा चार पालिकाले नै पहल गर्नुपर्नेमा जोड गरे  । 

उक्त कार्यक्रममा व्यवसायी र सञ्चारकर्मीहरुको साथ र सहयोगले नै यो भ्रमण वर्षले सार्थकता दिने चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बताएका छन् । तयारीस्वरूप हाल नगरपालिकाका १ देखि ९ वटै वडामा वडास्तरीय भ्रमण वर्ष तयारी समितिले तीव्र रूपमा काम अघि बढाइएको उनले बताए । भ्रमण वर्षका क्रममा वर्षभर विभिन्न सांस्कृतिक, पर्यटकीय र आर्थिक गतिविधि हुने भएकाले व्यवसायी र सञ्चारकर्मीसँगको सहकार्यले चार नगरपालिकाकोे स्थानीय आर्थिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा पनि गरेको उनले बताए । 

Hardik health

उनले भने ,‘यहाँ आएका पर्यटकहरुका लागि खेल्नुपर्ने जिम्मेवारी प्रत्येक नागरिकले लिनुपर्ने हुन्छ ।’ उनले स्वागत सत्कारमा लापरवाही भयो भने त्यसले देशभरी नै प्रभाव पार्ने भएकाले यहाँ आएका पर्यटकहरुको सुरक्षा गर्न चनाखो भएर होटल व्यवसायीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । घुम्नका लागि यहाँ बस्ने ठाउँहरु, प्राकृतिक विभिन्न मनोरम स्थानहरु,धार्मिक स्थलहरु छन् भन्ने जानकारी गर्न सञ्चारमाध्यमले ठूलो भूमिका खेल्ने उनले बताए । चाँगुनारायण नगरपालिकाका प्रमुख खत्रीले भने ‘यो पर्यटन वर्ष सफलतापूर्वक सम्पन्न गर्न सकिएमा भविष्यमा हाम्रो यहाँका चारवटै नगरपालिकाको नागरिकहरु,व्यवसायी,युवा,उधमी,कोही पनि अन्त भौतारिनु पर्दैन ।  यो सुनको कचौरा हो,यही कचौरामा बेचेर हामीले हाम्रो जीवन सुन्दर बनाउन सक्छौँ । ’समितिका संयोजक एवं वडा अध्यक्ष धनबहादुर लामाले भ्रमण वर्षमा हुने पर्यटन गतिविधिले नगरकोटको मात्र नभई सम्पूर्ण चाँगुनारायण क्षेत्रको आर्थिक समृद्धिमा टेवा पु‍र्याउने बताए ।

नयाँ वर्ष २०८२ को वैशाख १ गतेदेखि भ्रमण वर्ष औपचारिक रूपमा प्रारम्भ हुनेछ । यस अवधिमा वडाहरूले विभिन्न कार्यक्रम आयोजना गरी नगरपालिकाको पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउने लक्ष्य लिएका छन् । सो क्षेत्रमा हुने पर्यटन वर्षलाई सफल बनाउन स्थानीय पनि उत्साहित भएका छन् । प्रवद्र्धनका साथै पर्यटन विकासका लागि घोषणाले समग्र नगरकोटको समृद्धि हुने अपेक्षा गरिएको छ ।

नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ तयारीका लागि १ करोड २५ लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको पन्ध्रौं अधिवेशनले नगरकोट भ्रमण वर्ष २०८२ घोषणा गरि आवश्यक पूर्वाधार निर्माण तथा अन्य पर्यटन गतिविधि गर्न रकम विनियोजन गरेको हो । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँ बजेट विनियोजन पनि गरेको छ ।


 


प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित 
बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित  सोमबार, पुस २८, २०८२
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण सोमबार, पुस २८, २०८२
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी आइतबार, पुस २७, २०८२
स्थिर र स्पष्ट पर्यटन ऐन बन्नुपर्नेमा जोड
स्थिर र स्पष्ट पर्यटन ऐन बन्नुपर्नेमा जोड बिहीबार, पुस २४, २०८२
कञ्‍जनजंघा आधार शिविर सुनसान
कञ्‍जनजंघा आधार शिविर सुनसान बिहीबार, पुस २४, २०८२
पर्यटक बढेसँगै ठोरीमा होटल तथा रिसोर्ट खुल्न थाले
पर्यटक बढेसँगै ठोरीमा होटल तथा रिसोर्ट खुल्न थाले सोमबार, पुस २१, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP