Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • नसर्ने रोगका विरामीको पहिचान गर्दै ‘पौवादुङमा’
नसर्ने रोगका विरामीको पहिचान गर्दै ‘पौवादुङमा’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २८, २०८१

भोजपुर -  जिल्लाको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ । अस्वास्थ्य खानपान तथा जीवनशैलाका कारण नसर्ने रोग बढ्ने सम्भावनालाई ध्यानमा राख्दै रोगको न्यूनिकरण तथा रोकथामको लागि गाउँपालिकाले खोजी थालेको हो ।

गाउँपालिकाले अहिले कार्यक्रम नै सञ्चालन गरेर स्थानीयको घर÷घरमा पुगेर दीर्घरागीको खोजीसँगै पहिचान गरिरहेको पौवादुङमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्ययले जानकारी दिए । गाउँपालिकाका ३० वर्ष माथीका सम्पूर्ण नागरिकको स्वास्थ्य परिक्षण भइरहेको उनले बताए । हालसम्म सात सय जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको उहाँको भनाइ छ ।

“हामीले नसर्ने रोगहरुको पहिचान तथा खोजी गरिरहेका छ” शाखा प्रमुख दाहालले भने,“तीन वटा वडाका सात सय जनाको स्वास्थ्य परिक्षण सम्पन्न गरेका छौँ । यहाँका ३० वर्ष माथीका एक हजार सात सय जनाको स्वास्थ्य परिक्षण गरेर रोगको खोजी गर्ने हाम्रो लक्ष्य छ ।” हालसम्मको परिक्षणमा यहाँका करिव १५ प्रतिशत नागरिक नसर्ने दीर्घरोगको जोखिममा देखिएको उनले जानकारी दिए ।

Hardik health

परीक्षणका क्रममा १० जनामा मिगौला समस्या र १५ जनामा महुमेहको लक्ष्य देखिएकाले उनीलाई उपचारको लागि बाहिरका अस्पतालमा पठाइएको शाखा प्रमुख दाहालले बताए । कार्यक्रममार्फत उच्चरक्त चाप, मिर्गौला, मधुमेह, मोटोपनका कारण लाग्ने रोगका लागि उचाई अनुसारको तौलको परिक्षण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । विशेषज्ञ डाक्टररुको उपस्थितिमा ल्याव परिक्षण गरेर नै नागरिकको स्वास्थ्य जाँच भईरहेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

“नसर्ने रोगका कारण मावन स्वास्थ्यमा पु¥याउने क्षतिको न्यूनिकरणको लागि हामीले त्यस्ता रोगीहरुको खोजी गरिरहेका छौँ” उनले भने,“हामीले सानो सावधानी अपनाउन सकेको खण्डमा यस्ता रोगबाट बच्न सकिन्छ । नागरिकलाई सचेतनासँगै नसर्ने रोगको अवस्थाको जानकारी लिन रोगीहरुको खोजी थालेका हौँ । कतिपय मानिसहरुले रोग लुकाएर बस्दा अकालमा ज्यान पनि जान सक्छ । समयमा नै रोग पहिचान, उपचार पद्धती र सजक गराउनका लागि यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।” अस्वास्थ्यकर खानपिन र जीवनशैलीका कारण वषेर्नी नसर्ने दिर्घरोगको विरामी बढ्दै गएकाले समयमा नै रोगको पहिचान, रोगथाम तथा बच्ने उपायको विषयमा नागरिकलाई सचेत गराउने उद्धेश्यले कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

योजनाबद्ध रुपमा स्वास्थ्यका अन्य नियमित कार्यक्रम सञ्चालन भईरहेको भएपनि नसर्ने दिर्घरोगको रोकथाम तथा न्यूनिकरणको लागि नागरिकको स्वास्थ्य परिक्षणको काम भईरहेको अध्यक्ष राईले जानकारी दिए । “मानवको स्वास्थ्य नै धन हो”उहाँ भने,“हाम्रो सानो अवसावधिका कारण ठूलो रोगको सिकार बन्नु परेको अवस्था पनि छ । नसर्ने रोगको तत्काल लक्षण नदेखिने भएकाले बेलैमा रोगको पहिचान र उपचारको प्रक्रिया अघि बढाउन विरामीको खोजी थालेका हौँ । समयमा नै दिर्घ रोगको पहिचान गरेर रोकथाम तथा बच्ने उपायको विषय जानकारी गराउन अभियान सञ्चालन गरेका हौँ ।”

नागरिकलाई स्वास्थ्य खानपानमा जोड्न आयातित पेय पदार्थको विक्री वितरणमा कडाई गरिएको अध्यक्ष राईले बताए । गाउँपालिकाले नागरिकलाई पोषणुयक्त खानपानमा प्रोत्साहन गर्न उन्नत जातका गाई, भैंसी वितरण गरिरहेकोसमेत अध्यक्ष राईले बताए । गाउँघरमा पाउने अर्गानिक बस्तुको खानपिन तथा नियमित व्यामले नागरिकलाई स्वास्थ्य रहन मद्धत गर्ने उहाँको भनाइ छ । “हामीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”अध्यक्ष राईले भने,“मानव स्वास्थ्यमा असर गर्ने खालका पेय पदार्थको बिक्री वितरणमा कडाई गरिरहेका छौँ । बाह्य पेय पदार्थको विकल्पमा दहि,महि प्रयोग गर्न नागरिकलाई आग्रह गरिरहेका छौँ । पोषणसँगै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले स्थानीय कृषकलाई यो वर्ष मात्र ८० वटा उन्नत जात गाई वितरण गरेका छौँ ।”

बालवालिका, गर्भवती, सुत्केरी तथा बृद्धाबृद्धको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँपालिकाले पोषण तथा स्वास्थ्यको क्षेत्रमा विभिन्न खालका काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । नागरिकलाई अर्गानिक(जैविक) खेती प्रणालीमा जोड्न महिला विकास वोर्डमार्फत गड्यौला बनाउने, प्राङगारिक मल बनाउनेलगायतका कार्यक्रमसमेत सञ्चालन भइरहेको उपाध्यक्ष राईले जानकारी दिए । “हामीले स्वास्थ्यकर कृषि उत्पादनमा जोड दिएका छौँ”उनले भने,“रसायनिक मलको प्रयोगका कारण पनि धेरै किसिमका रोग लाग्ने भएकोले स्वास्थ्यकर कृषि उत्पादनमा जोड दिएका हौँ । कृषकलाई जैविक खेती प्रणाली लाग्न आवश्यक प्रोत्साहनसँगै सचेनाका कार्यसमेत गरिरहेका छौँ ।


प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
हृदय-सम्बन्धी रोग रोकथाममा सिंगापुरको नयाँ प्रविधि
हृदय-सम्बन्धी रोग रोकथाममा सिंगापुरको नयाँ प्रविधि शुक्रबार, फागुन २२, २०८२
नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित
नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित बिहीबार, फागुन २१, २०८२
अस्पतालमा ‘दु्रत प्रतिकार्य टोली’ गठन
अस्पतालमा ‘दु्रत प्रतिकार्य टोली’ गठन बुधबार, फागुन २०, २०८२
वीर अस्पतालमा द्रुत कार्यदल गठन
वीर अस्पतालमा द्रुत कार्यदल गठन मंगलबार, फागुन १९, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्ने :मन्त्रालय
प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्ने :मन्त्रालय बिहीबार, फागुन १४, २०८२
कैलाली-कञ्चनपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
कैलाली-कञ्चनपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह बिहीबार, फागुन १४, २०८२
बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो
बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो बुधबार, फागुन १३, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP