Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नाट्टाको ६०औं वार्षिकोत्सव समारोह सम्पन्न
नाट्टाको ६०औं वार्षिकोत्सव समारोह सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २७, २०८१

काठमाडौं - नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आफ्नो ६०औं वार्षिकोत्सव (हिरक जयन्ती) को उद्घाटन समारोह आज राजधानीको होटल मनास्लु, लाजिम्पाटमा आयोजित विशेष कार्यक्रमको औपचारिक उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. विनोद प्रकाश सिंह, नाट्टा पूर्व अध्यक्ष परिषद्का सयोंजक भोला विक्रम थापा, समारोहका तथा नाट्टा अध्यक्ष कुमार मणि थपलियाज्यूले संयूक्त रुपमा गरेको छ ।

वि.सं २०२२ फाल्गुन २७ गते नेपाल सरकारको सम्बन्धित निकायमा विधिवत रूपमा दर्ता भई पर्यटन क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको नाट्टा, नेपालको अग्रणी पर्यटन संस्था हो । मुलुकभर ११०० भन्दा बढी टूर तथा ट्राभल व्यवसायी कम्पनीहरूको प्रतिनिधित्व गर्दै नाट्टाले विगत ६ दशकदेखि नेपालको पर्यटन प्रवद्र्धन, विकास, र नीति निर्माणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।

नाट्टाले नेपालमा पर्यटन व्यवसायलाई संस्थागत गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली पर्यटनलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण कार्य गर्दै, समयानुकूल नीति निर्माण, पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरू, विभिन्न अन्तर्राष्ट्रिय मेलामा सहभागिता, सरोकारवालासँग सहकार्य, तथा पर्यटन व्यवसायको समग्र हितमा विशेष पहलहरू गर्नुका साथै, पर्यटन प्रवद्र्धनका लागि नाट्टाले सरकारसँग सहकार्य गर्दै व्यवसाय अनुकूल नीति निर्माणका लागि निरन्तर पैरवी गर्दै आएको छ ।

नाट्टाले नेपाललाई विश्व पर्यटन मानचित्रमा उभ्याउन महत्वपूर्ण भुमिका खेल्ने, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने, पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकारसँग सहकार्य गर्ने, तथा व्यवसायीहरूका लागि अनुकूल वातावरण सिर्जना गर्ने कार्यमा नाट्टा सक्रिय रहँदै आएको छ । नेपालमा वार्षिक रूपमा आउने पर्यटकहरूको सङ्ख्या वृद्धिमा नाट्टाको प्रत्यक्ष भूमिका रहेको छ, जस अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा नेपाललाई प्रवद्र्धन गर्ने, सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी पर्यटकीय पूर्वाधार विकासमा जोड दिने तथा पर्यटन व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्न पहल गर्ने कार्यहरू नाट्टाले गर्दै आएको छ ।

Hardik health

हाल नाट्टा सातवटै प्रदेश संघ र विभिन्न क्षेत्रीय च्याप्टरहरू गठन गरी नेपालभर पर्यटन व्यवसायको विस्तार र प्रवद्र्धनमा सक्रिय छ । ट्राभल तथा टूर व्यवसायीहरूका हकहित संरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको नाट्टाले पछिल्ला वर्षहरूमा डिजिटल प्रविधि र नविनतम रणनीतिहरूलाई अंगाल्दै नेपालको पर्यटन व्यवसायलाई आधुनिकिकरण गर्नेतर्फ समेत अग्रसरता देखाएको छ । साथै, कोभिड–१९ महामारी पछिको पर्यटन पुनरुत्थानका लागि विशेष योजना बनाएर कार्यान्वयन गरिरहेको छ ।


आज नाट्टाले आफ्नो गौरवशाली यात्रा पूरा गर्दै ६०औं वार्षिकोत्सव भव्य रूपमा मनाउँने क्रममा संस्थाले विगत ६ दशकको यात्राको स्मरण गर्दै आगामी दिनहरूमा पर्यटन क्षेत्रको विकासका लागि नवीन रणनीतिहरू अवलम्बन गर्ने प्रतिवद्धता जनाएको छ ।कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै नाट्टाका वर्तमान अध्यक्ष कुमार मणि थपलियाले “नाट्टाको ६० वर्षे यात्राले नेपाली पर्यटन क्षेत्रमा पु¥याएको अभूतपूर्व योगदानको स्मरण गर्दै नेपालको व्यवसायिक पर्यटन क्षेत्रमा पहलकामी कदम सहित नेपालको पर्यटन क्षेत्रको सर्वाङ्गीण विकास एवं प्रवद्र्धनमा आफ्नो अबिरल यात्रा गर्दै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन मञ्चमा स्थापित गरेको बताए । विगत देखि नै पर्यटन व्यवसायलाई सशक्त बनाउने प्रयास गर्दै आज पनि यो अभियान निरन्तर जारी रहेको र आगामी दिनहरूमा नाट्टा अझ प्रभावकारी रूपमा अघि बढ्दै नेपाली पर्यटनलाई नयाँ उचाइमा पुर्याउने संकल्प लिएको समेत बताए ।

पर्यटन व्यवसायीहरूको हकहित संरक्षण गर्दै, नवीनतम प्रविधिहरूको प्रयोगद्वारा सेवा सुधार गर्दै, र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि थप सक्रिय रहँदै नाट्टा अघि बढ्ने जनाउँदै कार्यक्रममा पाल्नु भएका प्रमुख अतिथि, अतिथि लगायत सम्पूर्ण सहभागिहरुलाई उनले स्वागत गरे ।

उक्त अवसरमा नाट्टा कार्यसमिति, पूर्व अध्यक्ष परिषद् पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, सरकारी अधिकारीहरू, सरोकारवाला संघसंस्थाहरूका अध्यक्षज्यूहरु, तथा अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । समारोहमा शुभकामना आदान प्रदान, ६० वर्षको स्मरण वृत्तचित्र, हिरक जयन्ति विशेष नारा एवं लोगो तथा यस सम्बन्धि वार्षिक कार्यक्रम योजना सार्वजनिक गरिएको थियो ।

समारोहमा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. बिनोद प्रकाश सिंहले नाट्टाको ६० वर्षको योगदानलाई उच्च मूल्याङ्कन गर्दै संस्थाले नेपाल पर्यटन उद्योगको समृद्धि र विकासमा निरन्तर महत्वपूर्ण भूमिका निभाइरहेको बताए।

नाट्टाको ६०औं वार्षिकोत्सव केवल एउटा उत्सव मात्र नभई नेपालको पर्यटन क्षेत्रको उज्ज्वल भविष्यतर्फ अघि बढ्ने प्रतिबद्धता पनि हो । संस्थाले विगतका उपलब्धिहरूलाई आत्मसात गर्दै आगामी वर्षहरूमा अझ प्रभावकारी ढंगले कार्य गर्दै जाने विश्वास व्यक्त गरेको छ । नाट्टाले नेपाल सरकार, पर्यटन मन्त्रालय, निजी क्षेत्र, तथा अन्य सरोकारवाला निकायहरूसँग हातेमालो गर्दै नेपालको पर्यटन उद्योगलाई समृद्ध पार्ने दिशामा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जाहेर गरिएको छ ।
 


 


प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  २१:५६
#नाट्टा #NATTA
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल शुक्रबार, साउन २९, २०८३
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध शुक्रबार, साउन २९, २०८३
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु बुधबार, साउन २७, २०८३
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर आइतबार, साउन २४, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP