Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  •  ‘बेरोजगारी समस्या, विदेसिनु बाध्यता’
 ‘बेरोजगारी समस्या, विदेसिनु बाध्यता’
राधिका बुढाथोकी / रासस
राधिका बुढाथोकी / रासस मंगलबार, फागुन २७, २०८१

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ । बसपार्क सडक छेवैका चिया पसलहरुमा भने चहलपहल देखिन्छ । गाउँ सुनसान पारेर सहरमा उज्यालो भविष्य खोज्न हिँडेका केही युवाहरु हतारोमा छन्, कोही गफमा मस्त । यहीँ एउटा कुनामा एक्लै चिया पिउँदै हुनुहुन्छ, पुजन बस्नेत ।

 पुजन सिन्धुलीको तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा हुनुहुन्छ । २२ वर्ष पुगेका यी युवाले सूचना तथा प्रविधि (आइटी) मा स्नातक गर्नुभएको छ । उहाँसँग वेबसाइट बनाउने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ । तर, सीप र सङ्र्घषअनुसारको कमाई छैन । 

पुजन जिल्लामै केही गर्ने सोचले अघि बढ्न खोज्नुभयो । आफ्ना साथीसँग मिलेर स्थानीय रूपमा केही काम गर्ने प्रयास गर्नुभयो । तर, लगानीको अभाव भयो । बैङ्कहरूले कर्जा पत्याएनन्, परिवारको आर्थिक कमजोर थियो । “तपार्इंसँग सीप छ, आफ्नै व्यवसाय थाल्न सक्नुहुन्छ नि !” उहाँले मुस्कुराउँदै भन्नुभयो, “लगानी छैन । बिना धितो बैङ्कले कर्जा दिँदैन । विदेश गएर पैसा कमाउँछु, अनि फर्केर व्यवसाय गर्छु ।” 

रोजगारीका लागि विदेसिनु उहाँको रहर नभएर बाध्यता बन्यो । उहाँले देशमै रोजगारीको प्रयास नगर्नु भएको कहाँ हो र ! स्थानीय तहमा आइटी अफिसरका लागि आवेदन दिनुभयो । १५ पटक परीक्षा दिनुभयो । लिखितमा नाम निस्कियो, तर मौखिकमा भने जति पैसा बुझाउन नसक्दा अनुत्तीर्ण गराइयो । “एक पटक होइन, पटक–पटक पैसा मागियो । एउटा पालिकामा आठ लाखसम्म मागियो । मैले कहाँबाट ल्याउनु त्यति पैसा ?” उहाँले चियाको चुस्की लिँदै भन्नुभयो, “त्यसैले अब विदेश जाँदैछु ।” जगिरमा लाग्न शक्तिमा भएकाहरुको सिफारिस वा घूस चाहिने तीतो अनुभव पुजनले निराश हुँदै सुनाउनुभयो । 

Hardik health

हुन त, पुजनले जिल्लास्थित एक संस्थामा सीपअनुसारको काम गरिराख्नुभएको छ । तर श्रमअनुसारको पारिश्रमिक नपाउँदा उहाँमा नैराश्यता भित्रिएको छ । श्रम बिहानदेखि रातिसम्म गर्नुपर्छ । तोकिएको रु १० हजार मासिक तलब पनि समयमा पाइँदैन । यसले आफ्नो व्यक्तिगत जीविका गुजार्नसमेत उहाँलाई धौधौ हुन्छ । 

पुजनका धेरैजसो साथीहरू पहिल्यै विदेश गइसकेका छन् । कोही अस्ट्रेलिया, कोही अमेरिका, कोही खाडी मुलुकमा छन् । पुजनले पनि विदेश जाने प्रक्रिया पूरा गरिसक्नुभएको छ । उहाँ अब केही दिनमै इटाली जाँदै हुनुहुन्छ । सीप भएका, केही गर्ने जोस भएका तर अवसर नपाएका पुजनजस्तै युवाहरू जिल्लाभित्र कम छैनन् । देशभित्र अवसर खोज्न धाइरहेका छन् तर जब भ्रष्टाचार, सिफारिस र राजनीतिक चलखेलको सामना गर्नुपर्छ, उनीहरू हार खाएर विदेसिन बाध्य हुन्छन् । 

यो केवल एकजना युवाको कथा होइन, यो लाखौँ युवाको साझा व्यथा हो । यसैका कारण विशेषगरी जिल्लाको ग्रामीण क्षेत्रमा बिहानै खोल्सामा पानी भर्ने, खेतबारीमा जाने, गाउँलाई उज्यालो बनाउने, बिरामी पर्दा बुबाआमाको स्याहार गर्ने युवाहरु देखिँदैनन् । सुनसान देखिन्छन् गल्लीहरू । सहरको उज्यालो सपना बोक्ने युवाहरु यहाँ भेटिँदैनन् । कोही पढ्न हिँडेका छन्, कोही रोजगारीको खोजीमा छन्, कोही भने भोलिका अनिश्चित यात्राबारे सोचिरहेका भेटिन्छन् । 

एक्काइस वर्षीया सविना दनुवार पनि यस्तै यात्राको दोबाटोमा उभिनुभएको छ । अहिले बिबिएस दोस्रो वर्षमा अध्ययन गर्दै हुनुहुन्छ तर उहाँको पढाइ निरन्तर रहने कि अधुरै छोड्ने भन्ने अन्योल उस्तै छ । “घरको अवस्था दयनीय छ । जागिर छैन । दैनिक खर्च चलाउन गाह्रो छ । अब पढाइ छोडेर विदेश जाने सोच्दैछु,” सविनाले सुनाउनुभयो । 

सविनाका साथीहरूमध्ये कोही अस्ट्रेलिया गइसके, कोही दुबई । उनीहरूसँग बेलाबेला कुराकानी हुन्छ । “विदेश गएर दुःख गरे पनि यहाँभन्दा कमाई राम्रै छ,” भन्ने उनीहरूको भनाइले सविनालाई पनि त्यही बाटो रोज्न बाध्य बनाइरहेको छ । “सिन्धुलीमा जागिरका अवसर सीमित छन् । जहाँ अवसर छ, त्यहाँ सिफारिस चाहिन्छ, घूस चाहिन्छ । मसँग न त बलियो स्रोत छ, न त पैसा,” सविनाले भन्नुभयो ।

आफ्नो ठाउँमा आयआर्जन गर्ने अवसर नभेट्नुभएकी सविनालाई परिवारले विवाह गर्न दबाब दिइरहेका छन् । तर उहाँलाई आफ्नो खुट्टामा आफैँ उभिएर त्यो निर्णयमा पुग्ने सोच्च छ । पढ्दै, कमाउँदै गर्न कठिन सङ्घर्ष गरिरहनु भएकी सविना अब विदेश जाने तयारीमा हुनुहुन्छ । पुजन र सविना त यस कथाका प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लामा सञ्चालित कन्सलटेन्सीमा विद्यार्थीको भीडभाड हेर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ की जिल्लाका थुप्रै युवा रोजगारीको खोजीमा विदेश जाने तरखरमा छन् । 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट पाँच वर्षको अवधिमा २८ हजार ६५२ जना युवाले राहदानी बनाएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७७ देखि २०८१ माघ १३ सम्म उक्त सङ्ख्यामा राहदानी बनाएका हुन् । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सूचना, परामर्श, सीप विकास, कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्दै आएको सुरक्षित आप्रवासन परियोजना, सिन्धुलीका संयोजक विजय दाहालका अनुसार गएको दुई वर्षयता बर्सेनि १० हजार युवा जिल्लाबाट विदेश गइरहेका छन् । 

   वैदेशिक रोजगार र पढाइको सिलसिलामा विदेश गएका युवाको आकलन तथ्याङ्क जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन केन्द्रमा हुने गरेको भए पनि फर्किएकाहरुको तथ्याङ्क सम्बन्धित निकायसँग छैन । सुरक्षित आप्रवासन केन्द्र, सिन्धुलीका अनुसार १६ वर्षयता रोजगारीका लागि विदेश गएकाहरुमध्ये १५१ जनाको विभिन्न कारणले उतैै मृत्यु भएको छ । एघार वर्षयता ५१ जना बिरामी र काम गर्ने सिलसिलामा अङ्गभङ्ग भएर फर्किएका छन् । यसरी फर्किनेहरुमा विदेश जाँदा लागेको ऋणसमेत तिर्न नसकेकाहरु रहेको पाइएको छ । 

नेपालमा सरकारले रोजगारी सिर्जना गर्न नसक्दा युवा विदेसिन बाध्य छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मुकेश घिमिरेका अनुसार सरकारले सीप भएकाहरुलाई समेत उचित अवसर प्रदान गर्न सकेको छैन । उत्पादनमूलक क्षेत्र सीमित हुनाका साथै उद्योग, कलकारखाना, व्यापार–व्यवसायलाई तथा निजी क्षेत्र प्रोत्साहित गर्ने नीति प्रभावकारी ढङ्गले लागू गर्न नसक्दा रोजगारीको अभाव झन् चर्किएको छ । स्थानीय सरकारले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नका लागि विशेष खालका कार्यक्रमहरु गरेको पाइँदैन । “सरकारले निजी क्षेत्रलाई आवश्यक सहजीकरण र प्रोत्साहन दिएको भए देशभित्रै रोजगारीको अवसर वृद्धि हुने थियो । तर त्यसो हुन नसक्दा, रोजगारी नपाएर नेपाली युवाहरू विदेसिन बाध्य छन्,” युवानेता घिमिरेले भन्नुभयो ।

देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उहाँको बुझाइ छ । उत्पादनमूलक उद्योगहरू स्थापना गरी रोजगारी सिर्जना गर्न सके सीप भएका युवा विदेसिने बाध्यता कम हुने उहाँले बताउनुभयो । हालै तीनपाटन गाउँपालिका–१ बेलघारीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेर बेलुका सिन्धुलीमाडी आइपुग्नुभएका कांग्रेस महामन्त्री गगनकुमार थापाले समय सान्दर्भिक विषयमा युवाहरुसँग संवाद गर्नुभयो । युवाहरुले बढ्दो बेरोजगारीका कारण देश छाड्ने युवा बढिरहेका र समाजमा देखापरेका समस्याहरुका बारेमा सुनाएका थिए । 

महामन्त्री थापाले बेरोजगारी समस्याले युवाहरु विदेसिनु बाध्यता रहेका कुरालाई केन्द्रमा राखेर कांग्रेसले अब एक वर्षसम्म ‘मिसन रोजगारी’ अभियान सञ्चालन गर्ने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै क्षेत्रसँग बहस चलाउने कांग्रेसको योजना छ । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुनेछ । राजनीतिक छलफल, संसद् वा अन्य स्थानमा रोजगार केन्द्रित बहस हुन नसकेका बेला कांग्रेसले मिसन रोजगारी अभियान चलाउँदैछ ।”

रोजगारी सिर्जना गर्न सकिने माध्यम र समस्याका बारेमा पार्टीकै तर्फबाट अध्ययन र अनुसन्धान गरिने कांग्रेसको योजना छ । संवादका लागि छुट्याइएका विषयमा रोजगारीको अर्थ राजनीति, वैश्विक परिदृश्य, उत्पादकत्वको समस्या, सीपको समस्या, व्यावसायिक सुरक्षा, श्रम र रोजगारीको भविष्य लगायत छन् ।

महामन्त्री थापाले नेपालमा रोजगारी छैन भनिरहँदा किन प्राप्त हुन सकिरहेको छैन भन्नेबारे अध्ययन नभएको बताउनुभयो । गत आइतबार नै कांग्रेसले ‘मिसन रोजगारी’ अभियान औपचारिक रुपमा सुरु भएको उद्घोष गरेको छ । के कांग्रेसको यो अभियानले माथिको कथाका प्रतिनिधि पात्रहरु पुजन र सविना जस्ता युवाहरु विदेसिनुको बाध्यता, बेरोजगारी र यसले समाजमा देखिएका समस्याहरुलाई सम्बोधन गर्न सक्ला त ? भन्नेको जवाफको खोजीमा धेरै युवा पर्खिएका छन् । 


प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा मंगलबार, फागुन १२, २०८२
पोलेको मकैको व्यापार फस्टाउँदै
पोलेको मकैको व्यापार फस्टाउँदै मंगलबार, फागुन ५, २०८२
लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल
लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल सोमबार, फागुन ४, २०८२
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र सोमबार, फागुन ४, २०८२
मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार
मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार बिहीबार, माघ २२, २०८२
माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी
माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP