Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • गायक बम्जनलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’ 
गायक बम्जनलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २६, २०८१

काठमाडौं– गायक तथा संगीतकार जीवन बम्जन ‘योगिता मोक्तान प्रतिभा पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । गायिका मोक्तानको १४औं स्मृति दिवसको अवसरमा सोमबार एक समारोहबीच बम्जनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

नेपाल तामाङ कलाकार संघले गायिका मोक्तानको सम्झनामा स्थापना गरेको यो पुरस्कार २० हजार रुपैयाँ राशिको रहेको छ । संघले प्रत्येक वर्ष एक जना युवा प्रतिभालाई पुरस्कार प्रदान गर्दै आएको संघका अध्यक्ष विशाल काल्तानले बताए ।

सोमबार सम्मानित भएका बम्जन गायन, संगीतसँगै शब्द रचनामा पनि सक्रिय रहँदै आएका छन् । उनका ‘खुकुरी हैन कर्दाको’, ‘ज्यान मैच्याङ’, ‘आङीकी छोरी’, ‘हाम्रो त आखे’, ‘सैलुङ मेला’, ‘ल्होछार खाजी’लगायत दर्जनौं सेलो गीत श्रोता/दर्शकमाझ लोकप्रिय बनेका छन् । बम्जनले सेलो गीत संगीतलाई प्रवर्द्धन गर्न पुर्‍याउँदै आएको योगदानको मूल्यांकन गर्दै योगिता मोक्तान प्रतिभा पुरस्कार प्रदान गरिएको संघका महासचिव खेम मोक्तानले जानकारी दिए ।

Hardik health

Yogita-Moktan-Prize2-1741616646.jpg
स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङले बम्जनलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा वरिष्ठ गायिका इन्दिरा गोले, वरिष्ठ गायक प्रेम लोप्चन, स्वर्गीय गायिका मोक्तानकी आमा निरुकुमारी गुरुङलगायत तामाङ कलाकारहरुको उपस्थिति रहेको थियो ।

संघका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार विश्व दोङले स्वर्गीय गायिका मोक्तानले तामाङ तथा नेपाली गीत संगीतको क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रमका वक्ताहरुलेसमेत गायिका मोक्तानलाई सम्झिएका थिए ।

पाँच सयभन्दा बढी गीतमा स्वर दिएकी मोक्तानको २०६७ फागुनमा असामयिक निधन भएको थियो । उनका ‘हेर न हेर’, ‘कहिले त पूर्वको’, ‘डम्फु बजाऊ तम्बा दाइ’, ‘होइ डोल्मो होइ पाल्मो’लगायत दर्जनौं सेलो गीत चर्चित छन् । मोक्तानले दर्जनौं जनवादी गीतमासमेत स्वर दिएकी थिइन् ।


प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २०:०६
#योगिता_मोक्तान #पुरस्कार #तामाङ_कलाकार
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चलचित्र ए मेरो हजुर-५ को छायांकन बडीमालिकाबाट शुरु गर्ने
चलचित्र ए मेरो हजुर-५ को छायांकन बडीमालिकाबाट शुरु गर्ने सोमबार, साउन १८, २०८३
मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकाललाई
मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकाललाई आइतबार, साउन १७, २०८३
फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउँदै
फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउँदै शुक्रबार, साउन १५, २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
‘गौँथली’ले पार गर्‍यो १० करोडको आंकडा
‘गौँथली’ले पार गर्‍यो १० करोडको आंकडा बिहीबार, साउन १४, २०८३
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन बुधबार, साउन १३, २०८३
मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ : कशिश सुब्बा लिम्बु
मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ : कशिश सुब्बा लिम्बु आइतबार, साउन १०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP