Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • गायक बम्जनलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’ 
गायक बम्जनलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २६, २०८१

काठमाडौं– गायक तथा संगीतकार जीवन बम्जन ‘योगिता मोक्तान प्रतिभा पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । गायिका मोक्तानको १४औं स्मृति दिवसको अवसरमा सोमबार एक समारोहबीच बम्जनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

नेपाल तामाङ कलाकार संघले गायिका मोक्तानको सम्झनामा स्थापना गरेको यो पुरस्कार २० हजार रुपैयाँ राशिको रहेको छ । संघले प्रत्येक वर्ष एक जना युवा प्रतिभालाई पुरस्कार प्रदान गर्दै आएको संघका अध्यक्ष विशाल काल्तानले बताए ।

सोमबार सम्मानित भएका बम्जन गायन, संगीतसँगै शब्द रचनामा पनि सक्रिय रहँदै आएका छन् । उनका ‘खुकुरी हैन कर्दाको’, ‘ज्यान मैच्याङ’, ‘आङीकी छोरी’, ‘हाम्रो त आखे’, ‘सैलुङ मेला’, ‘ल्होछार खाजी’लगायत दर्जनौं सेलो गीत श्रोता/दर्शकमाझ लोकप्रिय बनेका छन् । बम्जनले सेलो गीत संगीतलाई प्रवर्द्धन गर्न पुर्‍याउँदै आएको योगदानको मूल्यांकन गर्दै योगिता मोक्तान प्रतिभा पुरस्कार प्रदान गरिएको संघका महासचिव खेम मोक्तानले जानकारी दिए ।

Hardik health

Yogita-Moktan-Prize2-1741616646.jpg
स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङले बम्जनलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा वरिष्ठ गायिका इन्दिरा गोले, वरिष्ठ गायक प्रेम लोप्चन, स्वर्गीय गायिका मोक्तानकी आमा निरुकुमारी गुरुङलगायत तामाङ कलाकारहरुको उपस्थिति रहेको थियो ।

संघका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार विश्व दोङले स्वर्गीय गायिका मोक्तानले तामाङ तथा नेपाली गीत संगीतको क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रमका वक्ताहरुलेसमेत गायिका मोक्तानलाई सम्झिएका थिए ।

पाँच सयभन्दा बढी गीतमा स्वर दिएकी मोक्तानको २०६७ फागुनमा असामयिक निधन भएको थियो । उनका ‘हेर न हेर’, ‘कहिले त पूर्वको’, ‘डम्फु बजाऊ तम्बा दाइ’, ‘होइ डोल्मो होइ पाल्मो’लगायत दर्जनौं सेलो गीत चर्चित छन् । मोक्तानले दर्जनौं जनवादी गीतमासमेत स्वर दिएकी थिइन् ।


प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २०:०६
#योगिता_मोक्तान #पुरस्कार #तामाङ_कलाकार
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चन्द्र जयपाल राईको शब्दमा ‘ उधौली र उभौली’ सार्वजनिक
चन्द्र जयपाल राईको शब्दमा ‘ उधौली र उभौली’ सार्वजनिक सोमबार, माघ ५, २०८२
चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक
चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक शुक्रबार, माघ २, २०८२
एकसाथ तीन चलचित्र प्रदर्शनमा
एकसाथ तीन चलचित्र प्रदर्शनमा बिहीबार, माघ १, २०८२
चलचित्र ‘हन्टर’ को छायांकन ४५ दिनमा सम्पन्न
चलचित्र ‘हन्टर’ को छायांकन ४५ दिनमा सम्पन्न बुधबार, पुस ३०, २०८२
बंगलादेशमा डब्बुको ‘द चेन्ज’ र केपीको ‘तान्त्रिक डान्स’ले पायो अवार्ड
बंगलादेशमा डब्बुको ‘द चेन्ज’ र केपीको ‘तान्त्रिक डान्स’ले पायो अवार्ड मंगलबार, पुस २९, २०८२
‘गाह्रो छ हो’ सिरियलमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रि
‘गाह्रो छ हो’ सिरियलमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रि सोमबार, पुस २८, २०८२
गायक भरतचन्द्र गुरुङको लोक रक गीत ‘छ सलाम मायालाई’ सार्वजनिक
गायक भरतचन्द्र गुरुङको लोक रक गीत ‘छ सलाम मायालाई’ सार्वजनिक सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP